निलम्बित प्रअ गुप्ताद्धारा नगरप्रमुख, वडाअध्यक्ष,निप्रअ र मुखिया माथि गरे मुद्दा दायर कञ्चनपुर,चैत्र १२ गते । कञ्चनरुप नगरपालिका ३ सुब्ब...
निलम्बित प्रअ गुप्ताद्धारा नगरप्रमुख, वडाअध्यक्ष,निप्रअ र मुखिया माथि गरे मुद्दा दायर
कञ्चनपुर,चैत्र १२ गते । कञ्चनरुप नगरपालिका ३ सुब्बाटोल स्थित शंकर माध्यमिक विद्यालयका निलम्बित प्रधानाध्यापक दिलिपकुमार गुप्ताले उच्च अदालत जनकपुर राजविराजमा अन्तरिम आदेश सहित निषेधाज्ञाको आदेश जारी गर्न मुद्दा दर्ता गरेको छ ।
प्रअ गुप्ताले कञ्चनरुप नगरपालिका प्रमुख बसन्त कुमार मिश्र, विद्यालयका निम्ति प्रअ सुर्यनारायण यादब,मुखिया श्रवण कुमार चौधरी र वडा नम्बर ३ का वडाअध्यक्ष सत्यनारायण साहलाई विपक्षी बनाउँदै गत चैत्र ६ गते मुद्दा दायर गरेको हो । मुद्दाको पहिलो सुनवाई चैत्र १५ गते हुदैँछ । विद्यालय व्यवस्थापन समितिद्धारा निलम्बित प्रअ गुप्ताले आपूm विरामी भएर नोबले हस्पिटलमा उपचार गराईरहेको बेलामा विपक्षीहरु षडयन्त्र गरेको आरोप लगाएका छन् ।
प्रअ गुप्ता माथि ३० लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप लागेको छ । पछिल्लो पटक शिक्षक भर्नाका लागि आएका ७ लाख ३२ हजार रकम समेत अनियमितता गरेपछि प्रअ गुप्तामाथि विद्यालय व्यवस्थापन समितिले छानविन गर्दा त्यस्तो तथ्य खुलेको छ । प्रअ गुप्ताले आर्थिक वर्ष २०७१÷०७२ देखी हालसम्म बैंक स्टेटमेन्ट अध्ययन गर्दा शिर्षक खुलेको २५ लाख ७० हजार चार सय ९८ र शिर्षक नखुलेको झण्डै ५ लाख रकम हिनामिना गरेको पाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणधिरचौधरी बताए ।
COMMENTS