सम्पादकीय

सम्पादकीय सरसफाई अभियानको चुनौती नगर स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति कञ्चनरुप नगरपालिकाले एक घर एक चर्पीको अभियानलाई सफल ...

सम्पादकीय
सरसफाई अभियानको चुनौती
नगर स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति कञ्चनरुप नगरपालिकाले एक घर एक चर्पीको अभियानलाई सफल बनाउन लागिथ परेको छ । जुन सकारात्मक कुरा हो ।
कञ्चनरुप नगरपालिका नगर स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीले अभियानलाई व्यापक रुपमा प्रचार प्रसार गर्दै खुल्ला दिशा मुक्त नगर घोषणा गर्ने अन्तिम तयारी गर्दै छन् । यो अभियानका लागि मात्रै युनिसेफको सहयोगमा करिब ६० लाख भन्दा बढी खर्च भएको छ ।
यस कञ्चनपुर गाविस हुदाँ पनि दिशा मुक्त गाविस घोषणा भएको थियो । तर पछि मात्रै थाह भयो कि १२ सय घरधुरीमध्ये करिब ४ सय घरधुरीले शौचालय बनाएको थिएन भनेर । अहिले फेरी नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अन्तिम तयारी हुदैँछ । तसर्थ फेरी पनि विगत नदोहरियोस् भनेर नागरिक समाज र स्थानीयहरु सचेत हुनु जरुरी छ ।
खुल्ला दिशा मुक्त नगर घोषणामा सबै मिलेर सहयोग गरौं । नगरपालिकाले खुल्ला दिशा मुक्त क्षेत्र भयो भने यसमा सबै नगरवासीको गर्व कुरा हुन्छ । तर पूर्णरुपमा दिशा मुक्त क्षेत्र नभएसम्म घोषणाको लागि मात्रै घोषणा नगरौं । खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेको बोर्डकै मुनी दिनहुँ दर्जनौले खुल्ला रुपमा दिशा गरिरहेको दृश्य देखियो भने यस नगरपालिकालको गौरव बढाउनको साटो घटाउँछ ।तसर्थ यसप्रति ध्यान दिनु जरुरी छ ।
नगरपालिकाले सक्ने सबै गरिब,दलितहरुले शौचालय निमार्ण गरि सकेको छ । तर हुनेखाने र बजार क्षेत्रका घर धनीहरुले अझै यो अभियानलाई सघाउने मानसिकतामा छैन जुन सरसफाई अर्थात खुल्ला दिशा मुक्त क्षेत्रको आजको सबभन्दा ठूलो चुनौतीको रुपमा सामुन्ने आएको छ ।
अभियानकर्मीहरुले पनि दिनहुँ गाडी लिएर गाउँ गाउँ डुलेर गरिबहरुलाई सचेत गराउनुको सट्टा ‘समाजसवी’ नामधारी र मासिक हजारौं रकम असुल्ने घरपट्टीहरुलाई सचेत गराउन अभियान केन्द्रित गर्नु पर्ने देखिन्छ ।  जब सम्म चौकमा घरपट्टीहरुले भाडामा बस्नेहरुलाई शौचालयको व्यवस्गा गर्दैनन् तबसम्म बास्तविक रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा असम्भव छ, तसर्थ नगरपालिकाको यसतर्फ ध्यान जान जरुरी छ ।
यस पटक फर्जी रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न खोज्यो भने घरको धान र चावल बेचेर शौचालय बनाउन बाध्य पारिएका गरिबहरु सशक्त विरोध गर्नपछि पर्नु हुन्न । नागरिक समाज र संचारकर्मीहरुको पनि यो अभियानलाई नजिकबाटै नियालीरहेका छन् । शौचालय गरिबहरुले मात्रै अनिवार्य बनाउने कि घरभाडाबाट मासिक हजारौं रकम उठाउने ‘समाजसवी’ नामधारी करोडपत्तिहरुले पनि ?

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: सम्पादकीय
सम्पादकीय
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJtLe9KW7ZkP5uwgNTeHyHXufh22_t5iVcJatET4IyoaI9wyd6wd0Z3uulZGKN92iEDcVLZHGvWHC21uK9F4fi8-M9zTRw5NQmw2_JsQlDcpV2KcJyK2l1eBmSCjmfeRxklX4WkZRFxXw/s1600/14470445_192403564527530_890321494811425838_n.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJtLe9KW7ZkP5uwgNTeHyHXufh22_t5iVcJatET4IyoaI9wyd6wd0Z3uulZGKN92iEDcVLZHGvWHC21uK9F4fi8-M9zTRw5NQmw2_JsQlDcpV2KcJyK2l1eBmSCjmfeRxklX4WkZRFxXw/s72-c/14470445_192403564527530_890321494811425838_n.png
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2016/12/blog-post_90.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2016/12/blog-post_90.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy