कञ्चनपुर,१९ जेठ । स्थानीय तहको चुनावको दलितले प्रमुख पदमा समेत उम्मेदबारी दिनु पर्नेमा एक कार्यक्रमका वक्तालेहरुले बताएका छन् । दलित सरोक...
कञ्चनपुर,१९ जेठ ।
स्थानीय तहको चुनावको दलितले प्रमुख पदमा समेत उम्मेदबारी दिनु पर्नेमा एक कार्यक्रमका वक्तालेहरुले बताएका छन् ।
दलित सरोकार मञ्च नेपाल सप्तरीले शुत्रवार तिलाठीमा आयोजित ‘ स्थानीय तहको चुनावमा दलित प्रतिनिधित्व’ विषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा दलित अगुवाहरुले राजनीतिक दलले दलितलाई वडामा महिला सदस्यमा सिमित गर्न खोजेको भन्दै त्यसको विरुद्ध दलित एक जुट हुनुपर्नेमा जोड दिएका छन् । दलित अगुवा सानो देवी रामले भन्नीन् “स्थानीय तहमा अब दलित महिला सुनिश्चित भएकाले दलितको लागि आएको बजेट सहि सदुपयोग हुने बताई्न । ” नेपाल दलित कर्मचारी मिलन केन्द्रका केन्द्रिय अध्यक्ष समेत रहेका शिक्षक सुकदेव रामले साविक तिलाठी दलित थोरै भए पनि तिलाठी कोईलाडी गाउँपालिकाका भरिमा दलित समुदायको २५ प्रतिशत भन्दा मतदता संख्या बढी भएकाले ठुला पार्टीले उपमेयर तथा वडा अध्यक्षमा दलित महिलालाई उम्मेदवार बनाउनु पर्ने बताए ।
अन्तक्रिया कार्यक्रममा एमालेका दिवानन्द मिश्रले यस गाउँपालकामा दलित समुदायहरु एकजुट भएर आए भने उपाध्यक्ष लगायत अन्य पदमा समानुपाति सहभागिता हुने सरकारले जुन निर्वाचन ऐनमा दलित महिला,अल्पसंख्यक वा दलित हक अधिकार दिएको त्यसलाई उपयोग गर्न आग्रह गरिएको छ । अर्का दलित नेता हरिदेव रामले दलितहरु पनि पढेलेखेको र क्षमतावान भइसकेकोले उपमेयरमा दावी गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांगे्रसका प्रतिनिधि मुगांलाल ठाकुर,मधेशी जनअधिकार फोरम लोकतान्त्रिका लक्षमी नारायण ठाकुर,प्र.अ.प्रविण कुमार कर्ण,दलित अगुवा बेचन राम र दलित महिला मञ्जु देवी राम लगायतले दलितहरु एकजुट भएर अध्यक्ष तथा उपाध्यक्ष पदमा दावी गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा भोला पासवानले तिलाठी कोईलाडी गाउँपालिका ८ वटा वडामा कुल मतदाता र ती वडामा दलितहरुको अवस्था विश्लेषण गरि तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा स्थानीय तहको चुनावमा दलित प्रतिनिधित्व सम्बन्धी कानुनी व्यवस्था र दलितको लागि स्थानीय तहको चुनावको आवश्कता र महत्ववारे उल्लेख गर्नुभएको थियो ।
पासवानका अनुसार सप्तरीको ९ वटा नगरपालिकामध्ये दलितको सबभन्दा बढी १८ प्रतिशत जनसंख्या तिलाठी कोईलाडी गाउँपालिकामा छ ।
कार्यक्रमको दलित सरोकार मञ्च नेपाल सप्तरीका अध्यक्ष युक्तिलाल मरिकको अध्यक्षता तथा मञ्च जिल्ला संयोजक राजकुमार पासवानले सञ्चालन गरिएको थियो ।

COMMENTS