हलेशी सहकारीको छेठौं साधारणसभा सम्पन्न कञ्चनपुर,मंसिर २३ । जित बहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति कञ्चनरुप नगरपालिका १२ र...
हलेशी सहकारीको छेठौं साधारणसभा सम्पन्न
कञ्चनपुर,मंसिर २३ ।
![]() |
जित बहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति |
कञ्चनरुप नगरपालिका १२ रुपनगर स्थित हलेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छेठौं साधारणसभाबाट जित बहादुर श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
शनिवार धर्मेश्वरको धारापानीमा छेठौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ । सो कार्यसमितिको उपाध्यक्षमा ओमशंकर गुप्ता,कोषाध्यक्षमा राजेश कुमार गुप्ता र सचिव कृष्णहरी ढकाल रहेका छन् भने सदस्यहरुमा अशोक श्रेष्ठ(दिलिप)रेणु आचार्य र मोहनराज श्रेष्ठ रहेका छन् ।
शेयर सदस्य अमर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समिति गठन गरिएको छ । उक्त लेखा समितिको सदस्यहरुमा शिवप्रसाद साह र देवनारायण श्रेष्ठ रहेका छन् । सोही साधारणसभाबाट बरिष्ठ सल्लाहकार ललन प्रसाद गुप्ता,सल्लाहकारमा शशि स्वर्णकार र जोगेन्द्र पासवान चयन गरिएको संसथाका कोषाध्यक्ष राजेश कुमार गुप्ताले बताए ।
संस्थाका संस्थापक अध्यक्ष ललन प्रसाद गुप्ताको अध्यक्षता तथा समाजसेवी नारायण बहादुर मिश्रको प्रमुख अतिथिमा छेठौं साधारणसभा सम्पन्न भएका छन् ।
COMMENTS