बालकको अपहरणपछि हत्या

हरीपुर गाविस ३ बस्ने रामगोबिन्द साहका ८ वर्षीय छोरा दुर्गानन्द साहको शव उनकै छिमेकी पन्नालाल साहको शौचालयकालागि सिमेन्टले बनाइएको हबबाट बराम...

हरीपुर गाविस ३ बस्ने रामगोबिन्द साहका ८ वर्षीय छोरा दुर्गानन्द साहको शव उनकै छिमेकी पन्नालाल साहको शौचालयकालागि सिमेन्टले बनाइएको हबबाट बरामद गरेको छ ।
प्रहरीले हत्यामा संलग्न दुई जनासहित तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
छिमेकी चुडामणि ठाकुर र रामबाबु गुप्ता साहले दुर्गानन्दको अपहरण गरेर हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । उनीहरुलाई सिमकार्ड दिएर सहयोग गर्ने देउरी गाविसका कपिलदेव दासलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
बालकको शव सडेको अवस्थामा भेटिएको छ । उनको शवलाई परीक्षणका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । हत्या गरिएका बालक रामगोबिन्द साहको कान्छी पत्नी ममताका छोरा हुन् ।
गत मंसिर ११ गते बालक अपहरणमा परेका थिए । उनको त्यही रात हत्या भएको पाइएको छ । मृतक बालकको गाउँमा खरायो आउने गरेको र खरायोलाई नै भेटाउने नाममा बालकलाई बोलाएर ठाकुर र साहले अपहरण गरेको देखिएको जिल्ला प्रहरी प्रमुख एसपी दिवेश लोहनीले बताए ।
गाउँमा खरायो आएपछि ठाकुर र साहले दुर्गानन्दलाई उतैतिर लगेका थिए । दुबैले खरायोले मान्छेको मुख हेरे भाग्ने गरेकाले मुखमा कपडा बाँधेर जान भनेका थिए । उनीहरुले स्वयं पनि मुखमा कपडा बाँधी बालकलाई बाँध्न लगाएका थिए ।
मुख र आँखा समेतमा कपडा बाँधेपछि बालकलाई कसैले नदेख्ने ठाउँमा लगेका थिए । फिरौति लिएर छाडेपनि बालकले चिन्ने र पछि समस्या हुने भन्दै उनीहरुले मंसिर ११ को राति नै हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ । ‘बालकको घाँटी थिचेर मारेको उनीहरुले स्वीकारेका छन्,’ एसपी लोहनीले भने, ‘हत्यापछि पन्नालाल साहको शौचालयको हब खोलेर हवभित्र शव फालेका रहेछन् ।’
हत्यापछि फिरौती माग
बालक वेपत्ता भएपछि परिवारजन खोजीमा लागेको थियो । मंसिर १२ गते नै प्रहरीलाई जानकारी दिए । बालकको खोजी भइरहेको समयमा मंसिर १६ गते आएको सूचनाले उनको परिवारलाई झनै त्रसित बनायो । बालककी आमा ममताको मोवाइलमा हिन्दी भाषामा लेखिएको एसएमएस आयो, जसमा ‘आपका बच्चा हमारे कब्जेमे है । जल्दसे पाँच लाख नेपाली रुपैयाँका इन्तजाम करो । पुलिसको खबर किया तो बच्चाका लाश भी नहि मिलेगा’ लेखिएको थियो ।
बिहान ८ बजेर ४२ मिनेटमा आएको यो एसएमएसको दुई मिनेटमै अर्को एसएमएस आयो, ‘चलाखी करनेका कोसिस नहि करना ।’
यस्तो एसएमएसपछि परिवारले प्रहरीलाई जानकारी गराइयो । यसपछि वेपत्ता बालकको खोजी गर्ने क्रममा रहेको सप्तरी प्रहरीको अनुसन्धान मोडियो ।
एकदमै चलाखीपूर्ण कार्य
अपहरणकाजी ठाकुर र साहले मोवाइलमार्फत बालकको परिवारलाई एसएमएस पठाएपछि त्यो सिम कार्ड बन्द गरे ।
सिम प्रयोग भएको मोवाइल पनि फोडे । प्रयोग भएको सिमलाई खाटको मुनी लुकाएर राखे । सिम समेत बन्द भएपछि प्रहरी पनि अन्यौलमा पर्‍यो । ‘कसरी पत्ता लगाउने भन्ने योजनामा लाग्यौं,’ प्रहरी नायव निरीक्षक दानबहादुर कार्कीले भने, ‘त्यसपछि त्यो मोवाइल कसको नाममा छ भन्ने कुरा पत्ता लगाउन खोज्दा समेत लागेन । कारण त्यो सिमकार्ड कसैको नाममै थिएन् ।’
बालकको अवस्था के छ रु, कहाँ छ रु भन्ने कुराको पत्ता लगाउने क्रममा प्रहरीले राजविराज ५ मा मनिषा कम्युनिकेशन एण्ड मोवाइल रिपेयरिङ पसल गरी बस्ने सप्तरी देउरी २ बस्ने कपिलदेव दासले बिना कुनै रेकर्ड सिमकार्ड बेच्ने गरेको पत्ता लगाए ।
यसपछि दासले नै ठाकुर र साहलाई १० वटा सिम बिना नागरिकता दिएको पत्ता लाग्यो । ‘यति मात्र होइन तँ यही नम्बरबाट फिरौती माग, जे पर्छ म सम्हाल्छु भनेर हौस्याउने काम समेत दासले गरेको देखिन्छ,’ नायव उपरीक्षक कार्कीले भने, ‘तीन साताको विशेष अनुसन्धान मार्फत घटनाको नजिकसम्म पुगेका छौं ।’
फिरौतीले ट्याक्टर किन्ने योजना
मृतक बालकका दाइ वैदेशिक रोजगारमा छन् । बालकको दुई घर उत्तर मात्रै घर रहेका ठाकुरलाई यसको जानकारी नहुने कुरै भएन । सौतेली दाइ भएपनि मृतक दुर्गानन्दलाई एकदमै माया गर्ने भएकाले बालकको अपहरण गरेमा उनको दाइले भने बमोजिमको रकम पठाइदिने योजना बनाउँदै बालकको अपहरण गरे ।
उनले फिरौती वापत आउने रकमले ट्याक्टर खरिद गर्ने योजना बनाएका थिए । हुन त ठाकुर पनि वैदेशिक रोजगारमा गएका थिए, कमाएर ट्याक्टर किन्ने योजना बनाएरै ।
तर, उनले कमाएर ल्याएको रकम यताउतीमै खर्च गरेपछि सपना पूरा हुन सकेको थिएन । ‘एक्कासी उनको दिमागले बालककै अपहरण गरेर फिरौती लिई ट्याक्टर किन्ने योजनासहित बालकको अपहरण गरेको देखिएको छ,’ एसपी लोहनीले भने ।

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: बालकको अपहरणपछि हत्या
बालकको अपहरणपछि हत्या
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6rnfFYJARgCv-wYi_tah6ZHOKfz7F6jbjjdEOw_ZSd4XjMjcUpibSLZKUe4WZZA_OSjyrqostrZ7pA6SRDFeHEZTsVOZrL9ej_yP8ccNLnH68jjoY8o-8d4vaSRchO-E9TUk0S1IfPBc/s320/durgananda-murder1.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6rnfFYJARgCv-wYi_tah6ZHOKfz7F6jbjjdEOw_ZSd4XjMjcUpibSLZKUe4WZZA_OSjyrqostrZ7pA6SRDFeHEZTsVOZrL9ej_yP8ccNLnH68jjoY8o-8d4vaSRchO-E9TUk0S1IfPBc/s72-c/durgananda-murder1.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2016/12/blog-post_15.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2016/12/blog-post_15.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy