३ दिन तिन जनाको मृत्यु , बदगामा बेलुका आठ बजे काक्रमण, हात्ती र अर्ना आंतक कायमै, ७ वर्षमा १७ जनाको मृत्यु

राजकुमार पासवान कञ्चनपुर,१ ४ मंसिर  । सप्तरी कञ्चनरुप न.पा. १० स्थित बदगामामा मंगलवार राती ६५ बर्षीय फुलुवा देवी यादवनी हात्ती आक्रमणबाट ...

राजकुमार पासवान
कञ्चनपुर,१ ४ मंसिर  ।
सप्तरी कञ्चनरुप न.पा. १० स्थित बदगामामा मंगलवार राती ६५ बर्षीय फुलुवा देवी यादवनी हात्ती आक्रमणबाट मृत्यु भएको छ । 
राती आन्दाजी ७ ः४५ बजे सप्तरीको बदगामा ३ हाल कञ्चनरुप न.पा. १० की ६५ बर्षीय फुलुवा देवी यादवनी हात्ती आक्रमणबाट मृत्यु भएको छ । फुलुवा देवीका छोरा कोविन्द्र यादवका अनुसार मंगलवार राति करिब ८ बजे आएको हात्तीले आगँनमा राखिएको धान खान आएको अनुमान गरेको थियो,तर हातिलाई पस्ने ठाउँ नभएको र हातिलाई धपाउन गएको थिए । हाति मलाई नै समाएको थियो । मेरो आमाले छोरालाई के भयो भनेर आयो हातिले मलाई  छाडेर आमालाई समातेर कुल्चिए । म त्यही बेहोश भए । 
कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको हात्ती र अर्नाको आक्रमणमा विगत ७ वर्षमा १७ जनाको ज्यान गएको छ । वितेको ७ वर्षमा हात्तीको आक्रमणबाट १२ जना र अर्नाको आक्रमणबाट ५ जना गरि १७ जनाको मृत्यु भएको कोशी टप्पु वन्य जन्तु आरक्ष कार्यालय कुशहा सुनसरीका वार्डेन श्यामकुमार साहले जानकारी गराउनु भएको छ ।
आरक्ष क्षेत्रका सर्वसाधरण जनता आरक्षबाट आउने हात्ती,अर्ना,बदेल र भैसीबाट पीडित भइरहँदा कञ्चनरुप न.पा.  जनप्रतिनीधिहरुले अल्पकालिन तथा दिर्धकालिन रुपमा समस्या समाधान गर्ने तर्फ वृहत्त छलफल गरेको थियो । चुनावका समयमा भोट माग्न आउँदा कोशी टप्पुको जमिन नै दर्ता गरिदिनेसम्मको प्रलोभन दिएर भोट लिएका नेताहरु वर्षौदेखी दैनिक रुपमा हजारौं जनता पीडित हुँदा मौन रहेको स्थानीयहरु भनाई रहेको छ ।
पछिल्लो पटक मंसिर ११ गते सोमवार कोशी गाउँपालिका,३ सुनशरीका ५५ बर्षीया बेचनी देवी सरदार,४५ बर्षीय सेविया देवी सरदारको मृत्यु भएका छन् भन्ने मंगलवार राती आन्दाजी ७ ः४५ बजे सप्तरीको बदगामा ३ हाल कञ्चनरुप न.पा. १० की ६५ बर्षीय फुलुवा देवी यादवनी हात्ती आक्रमणबाट मृत्यु भएको

छ । प्रत्यक्षदर्शी फुलुवा देवीका छोरा कोविन्द्र यादवका अनुसार मंगलवार राति करिब ८ बजे आएको हात्तीले आगँनमा राखिएको धान खान आएको अनुमान गरेको थियो,तर हातिलाई पस्ने ठाउँ नभएको र हातिलाई धपाउनगएको थिए । हाति मलाई नै समाएको थियो । मेरो आमाले छोरालाई के भयो भनेर आयो हातिले मलाई छोडेर आमालाई समातेर कुल्चियो ।
हातिको आक्रमणबाट मृत्यु भएका स्व.फुलुवा देवी यादवनीको छोरा कोविन्द्र तैथवार यादवलाई कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत श्याम कुमार साहको उपस्थितीमा कोशी टप्पु मध्यवर्ती व्यवस्थापन समितिका पूर्व अध्यक्ष रेणु साह मार्फत तत्काल काज क्रिया खर्च बापत ५० हजार नगर प्रदान गरिएको छ ।
अर्को तिर कोशी पिडित र कोशी टप्पु वन्यजन्तु आरक्ष आरक्ष सुनशरीका संरक्षण अधिकृत श्याम कुमार साह बीच ५ बुदैं सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्भौंता पत्रमा कोशी टप्पु हारक्ष वरिपरी बेलुका ७ बजे देखि विहान ४ बजे सम्म दोहोरो गस्ती गर्ने,हाति वा जङ्गली जनावरहरु गाउँघर तिर पस्यो भने त्यसको सूचना अविलम गाउँ घर तिर जानकारी दिने,पिडित पक्षलाई क्षतिपूर्ति एक महिना भित्र दिलाउन,ेस्थाइक्याम्पमा हाति तथा अन्य जनावर गाउँ घर तिर पसन्न नदिन अविलम्ब पहल गर्ने लगायतको उक्त सम्भौंता पत्रमा उल्लेख गरिएको छ । 
उक्त ५ बुदैं सम्झौता पत्रमा कोशी टप्पु वन्यजन्तु आरक्ष आरक्ष सुनशरीका संरक्षण अधिकृत श्याम कुमार साह, कोशी टप्पु मध्यवर्ती व्यवस्थापन समितिका पूर्व अध्यक्ष रेणु साह,कोशी टप्पु मध्यवर्ती व्यवस्थापन घोघनपुर,पिप्रापूर्व अध्यक्ष बच्चुलाल चौधरी,कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्र,नि वर्तमान सांसद मानपुर चौधरी तथा स्व.फुलुवा देवी यादवनीका छोरा कोविन्द तैथवार यादव समेत हस्ताक्षर रहेका छन ।  नाजिर तैथबार यादवले भने–“हामी किसानहरु साहु सँग बिउ र मल उधारो ल्याउँछौं र धान रोप्छौं पछि धान थन्क्याए पछि ब्याज सहित साहुको ऋण तिर्नु पर्छ तर हात्तिहरु बर्षेनी आएर हाम्रो सबै धान नष्ट गरिदिन्छ ,कसरी तिर्नु  हामीले साहुको  ऋण ? कसरी पाल्नु बालबच्चा र श्रीमती ? के सरकारले मान्छे मार्दा मात्र पैसा दिने ? हाम्रो बर्षेनी बिघौं बिगाहा धान नष्ट भइरहेको छ खोइ हामीलाई क्षतिपूर्ति र राहत ?  कसले लिने यत्रो क्षती को जिम्मेवारी ?” उनले भने ।  
यता कोशी टप्पु बन्यजन्तु आरक्ष सुनसरीका संरक्षर अधिकृत(वार्डेन) श्याम कुमार साहले कोशी टप्पु बन्य जन्तु आरक्षलाई घेरा वेरा नगर्दासम्म वा अरु कुनै विकल्प सोच्नु पर्ने अनि मात्र समस्या समाधान नहुने बताए । संरक्षण अधिकृत साहले भने, “यस कोशी टप्पु क्षेत्र जनावरहरुलाई व्यवस्थापन गर्न क्षेत्रका सांसद तथा केन्द्रिय नेताहरुले चासो दिनुपर्ने सुझाब दिनु भएको छ ।”
क्र.स. मृतकको नाम ठेगाना घटना मिति
१. संगिता यादव कमलपुर ४ सप्तरी २०७२ असाढ ३० गते
२. पे्रम बहादुर मगर हरिपुर ५ सुनशरी २०७२ बैशाख ७ गते
३. भेलवी देवी मुखिया हरिपुर ३ सुनशरी २०६९ माघ १६ गते
४. विन्देश्वर चौधरी घोघनपुर १ सप्तरी २०६९ चैत्र १६
५. कोकिला श्रेष्ठ तपेश्वरी १ उदयपुर २०६६ माघ २ गते
६. अलाउदिन खाँ  बैरवा ८ सप्तरी २०७३ कार्तिक २५ गते
७ रोगनाथ खंग भारदह,सप्तरी २०७३ पुष १० गते
८. लालु मण्डल पश्चिम कुशाहा,सुनशरी २०७३ चैत्र ७ गते
९. उतिमलाल मण्डल पश्चिम कुशाहा,सुनशरी २०७४ असाढ २०
१०. बेचनी देवी सरदार कोशी गाउँपालिका,३ सुनशरी २०७४ मंसिर ११ गते
११. सेविया देवी सरदार कोशी गाउँपालिका,३ सुनशरी २०७४ मंसिर ११ गते
१२. फुलुवा देवी यादवनी कञ्चनरुप न.पा. १० सप्तरी २०७४ मंसिर १२

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: ३ दिन तिन जनाको मृत्यु , बदगामा बेलुका आठ बजे काक्रमण, हात्ती र अर्ना आंतक कायमै, ७ वर्षमा १७ जनाको मृत्यु
३ दिन तिन जनाको मृत्यु , बदगामा बेलुका आठ बजे काक्रमण, हात्ती र अर्ना आंतक कायमै, ७ वर्षमा १७ जनाको मृत्यु
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEibkinpI53GnaPI7uOG2QfDHM6Uvdpq9XgjDFlTZ2pCdxVGEnG77qpS3lHrnxwVxGAmarttkaLrqLtS8031Ch9RFVmhsJ-oTmd2tusxIo8vVwFmp7Dv5vbgU_52ayP8nBOMODnF5X-xu8g/s320/koshi-tappu-hati-arna-aatank-367x260.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEibkinpI53GnaPI7uOG2QfDHM6Uvdpq9XgjDFlTZ2pCdxVGEnG77qpS3lHrnxwVxGAmarttkaLrqLtS8031Ch9RFVmhsJ-oTmd2tusxIo8vVwFmp7Dv5vbgU_52ayP8nBOMODnF5X-xu8g/s72-c/koshi-tappu-hati-arna-aatank-367x260.png
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2017/11/blog-post_30.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2017/11/blog-post_30.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy