कञ्चनपुर,१९ फागुन । सर्वोदय माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चार जना सदस्य सर्वसहमतिले छनोट भएको छ । विद्यालयमा बुधबार भएको अभिभाव...
कञ्चनपुर,१९ फागुन ।
सर्वोदय माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चार जना सदस्य सर्वसहमतिले छनोट भएको छ ।
विद्यालयमा बुधबार भएको अभिभावहरुको भेलाले दुई जना महिला सहित चार जना सदस्यहरु सर्वसहमतिले छनोट गरेको छ । व्यवस्थापन समितिका सदस्य हुन पाँच दर्जन भन्दा बढी अभिभावक तथा गैर अभिभावहरुले नाम दर्ता गराएपनि चार जना सदस्य छनोट भएको हो ।
अभिभावहरुले सदस्यमा शोभा पासवान, सरितादेवी परियार, शकुन्तला कुमारी चौधरी,र सूर्यानारायण यादबलाई छनोट गरेका छन् । विद्यालयको रेखदेख,संचालन तथा व्यवस्थापन गर्न शिक्षा ऐन २०२८ को आठौं संसोधन सहित ऐनको दफा १२को उपदफा एक बमोजिम विद्यालय व्यवस्थापन समिति छनोट गरिएको विद्यालयले जनाएको छ ।अब विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि,चन्दा दात्ता ,शिक्षा प्रेमी र सम्बन्धीत वडाका वडा अध्यक्षलाई सदस्यको रुपमा चयन गरिनेछ । हाल स्थानीय निकाय जनप्रतिनिधि विहीन रहेकोले अव शिक्षक प्रतिनिधि,चन्दा दात्ता र शिक्षा प्रेमी गरि थप ३ जना छनोट गरिनेछ । विद्यालयका प्रअ व्यवस्थापन समितिको पदेन सदस्य सचिव हुने कानुनी व्यवस्था छ ।
समितिको अगामी बैठकबाट चन्दा दाता लगायत अन्य सदस्यहरु मनोनित हुने नव गठित विद्यालय व्यवस्थापन समितिका सदस्य शोभा पासवानले जानकारी गराउनु भएको छ ।
अध्यक्ष हुन आ–आफ्नै दाउ
अब विघालय व्यबस्थापन समितिका चार जना सदस्य छनोट भएपनि अब अध्यक्ष को हुनेमा विभिन्न स्वार्थ समूहहरुले आ(अफ्नो दाउमा लागेका छन् ।
विद्यालयका सत्ता पक्ष अवकाश प्राप्त शिक्षक बुद्धिसागर चौधरीलाई शिक्षा प्रेमी कोटामा मनोनित गरि उसैलाई अध्यक्ष बनाएर आफनो सत्ता टिकाई राख्ने दाउमा लागेको स्रोतले बताएको छ ।
यता विद्यालयमा आर्थिक स्रोतमा दुरुपयोग गरी जीवीका चलाउने विद्यालय व्यवस्थापन समितिका दुई जना पूर्व पदाधिकारीहरु जुन सुकै मूल्य चुकाएर भएपनि शिक्षा प्रेमी कोटामा मनोनित हुने र अध्यक्ष हुन नाइटोदेखीको बल लगाएको स्रोतले जनाएको छ ।
विद्यालयबाट राम्र्रै आय आर्जन गर्न सकिन्छ भनेर केही व्यक्तिहरु निमयले नमिलेपनि नगरपालिकाबाट सिफारिस लिएर वडा अध्यक्षको ठाउँमा आपूmलाई मनोनित गर्न विद्यालयका निप्रअ तारानन्द मल्लिकलाई दबाब दिइरहेको स्रोतको दावी छ । तर सांसद मानपुर चौधरी विद्यालयका सत्तापक्षका शिक्षकहरुलाई साथ दिनेभएकोले अवकाश प्राप्त शिक्षक बुद्धिसागर चौधरी समितिमा शिक्षा प्रेमीको रुपमा मनोनित हुदैँ अध्यक्ष हुने प्रवल सम्भावना रहेको छ ।
विद्यालयमा कार्यरत रहदाँ तत्कालिन निप्रअ महेन्द्र कुमार यादबलाई खेद्ने अभियन्ता समेत रहेका चौधरी अवकाश हुने वर्ष समयमा एकै वर्षमा दुई पटक पोसाक भत्ता लिएर आर्थिक दुरुपयोग गरेको लेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा शिक्षक चौधरीलाई नियम विपरीत एकै वर्षमा दुई पटक पोशाक भत्ता दिइएकोले एक वर्षको पोसाक भत्ता रकम फिर्ता गरी विद्यालयको खातामा जम्मा गर्न उल्लेख गरेको थियो ।
COMMENTS