राजकुमार पासवान कञ्चनपुर,पुस २९ । कञ्चनरुप नगरपालिकामा पहिलो पटक सूचनाको हक प्रयोग गर्दै शुक्रबार तीन जना नागरिकले सूचना माँग गरेको छ । ...
राजकुमार पासवान
कञ्चनपुर,पुस २९ । कञ्चनरुप नगरपालिकामा पहिलो पटक सूचनाको हक प्रयोग गर्दै शुक्रबार तीन जना नागरिकले सूचना माँग गरेको छ ।
सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ अनुसार ती सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन कञ्चनरुप नपा ९का रामसुन्दर यादब,कञ्चनरुप ८ का तेजनारायण यादब र अरुण कुमार यादबले सूचा माँग गरेका छन् । तीनै जनाले राष्ट्रिय सुचना आयोग रामशाह पथ, काठमाण्डौलाई समेत बोधार्थमा निवेदन पठाएको छ ।
निवेदक मध्येका एक रामसुन्दर यादबका अनुसार नगरपालिकाले जनताले थाह पाउनु पर्ने सूचना समेत लुकाउने गरेकोले सर्वसाधरण जनतालाई संविधानले दिएको अधिकार प्रयोग गरी निवेदन दिएको बताए । सहज तरिकाले सूचना नपाए कानुनी लडाईबाट सूचना लिने समेत यादबले बताए ।
कस्ले के सूचना माँग गरे ः
राम सुन्दर यादव ः
१. कंचनरुप न.पा.ले नियुक्ति गरेको सल्लाहाकारहरुको नमावली, कार्यदेश, सेवा सुविधा र गत आर्थिक वर्षमा कुन शिर्षकमा कति रकम न.पा.वाट भुक्तानी लिएको सोको विवरण
२. निर्वाचित जनप्रतिनिधि आईसके पछि न.पा.मा कुन विधि र प्रक्रियावाट कति जना नियुक्ती भयो त्यसको पद तलब र नियुक्ती गर्ने समितिको निर्णयको प्रतिलिपी समेत ।
तेजनारायण यादव ः
१. आर्थिक बर्ष २०७४।२०७५ मा यस नपावाट वितरण गरिएको कृषि सामग्री (विउ,मल,खाध) विवरण र पाउने व्यक्तिहरुको (किसान) नमावली
२.पशुसेवा कार्यालयवाट तथा नगरपालीकावाट वितरण गरिएको बाख्रा सुंगुर पाउने व्यक्तीको नामावली
३. आर्थिक वर्ष २०७४।०७५ मा नगरपालिकावाट अनुदान पाउने कृषकहरुको नामावली र अनुदान रकम सहीत
अरुण कुमार यादव ः
१. गत आर्थिक बर्ष २०७४।०७५ मा कंचनरुप न.पा. मा सुचिकृत निर्माण व्यवसायिहरुको नामावली,काम गरेको निर्माण व्यवसायहरुको नामावली (योजना बजेट) समेत
२. चालु आर्थिक वर्षमा कञ्चनरुप न.पा.ले घर भाडा कार्यालय प्रयोजनका लागि र कर्मचारी अवासको लागि कुन विधि र प्रक्रियावाट वार्षिक कति रकम दिइने गरी घर घाडा लिएको त्यसको निर्णयको प्रतिलिपी
३. गत आर्थिक वर्ष नपावाट इन्धन शिर्षकमा कति खर्च भएको र नगरपालिकाको स्वामित्व तथा कर्मचारीको गाडी मर्मत वापत भएको खर्चको विस्तृत विवरण लगायतका नगरपालिकावाट भएको गतिविधि वारे समेत माँग गरिएको छ ।

COMMENTS