राजकुमार पासवान कञ्चनपुर,१७ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियामा आज देखि प्रदेशस्तरीय फुटबल प्रतियोगिता शुरु हुने भएको छ । ...
राजकुमार पासवान
कञ्चनपुर,१७ मंसिर ।
सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियामा आज देखि प्रदेशस्तरीय फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।
हिरोज स्पोर्टिङ्ग क्लव सप्तरीको आयोजनामा मंसिर १७ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश २का ८ जिल्लाबाट क्लबहरुले भाग लिएका छन् । प्रतियोगिताका लागि खेल मैदान मिलाउने,गोल पोष्ट निमार्ण,खेलको
लागि मैदान निमार्णका कार्य सम्पन्न भएको बताइएको छ ।
कञ्चनपुर,१७ मंसिर ।
सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियामा आज देखि प्रदेशस्तरीय फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेलाई एक लाख तथा द्वितीयलाई ५१ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष विजय चौधरीले जनाएका छन् ।
अध्यक्ष चौधरीले दुई दशक देखी बरमझिया खेल मैदानमा प्रत्येक वर्ष जिल्लास्तरमा प्रतियोगिता हुने भए पनि यस पटक प्रदेशस्तरीय खेल हुन गइरहेकोले सम्पुर्ण नगरबासी,कर्मचारी,व्यापारी,समाजसेवी,राजनीति दलका प्रतिनिधि,स्थानीय युवा तथा खेल पे्रमीलाई सहयोग गर्न आग्रह समेत गरिएको छ ।
कुल आठ लाख रुपैयाँको लागतमा आयोजना गरिने प्रतियोगितामा प्रदेश २ का आठवटै जिल्लाका फुटबल क्लवलाई सहभागी गराइने आयोजकका अध्यक्ष विजय चौधरीले जानकारी दिएका छन् ।
आज प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।
आयोजक संस्थाका अध्यक्ष चौधरीले प्रदेशस्तरीय खेल संचालन गर्न बढी खर्च लाग्ने भएकोले आर्थिक सहयोगका साथै सबै जनसमुदायकालाई अपील गरेका छन् ।
आजको खेल प्रदेशस्तरीय फुटबल प्रतियोगिता तालिका अनुसार लहान–११ सिरहा र धनुषा–११ जनकपुर बिच हुने हुने आयोजक कमिटिले बताएका छन् ।
COMMENTS