भोला पासवान कंचनपुर । सप्तरीको कंचनरुप स्थित एक निजी विद्यालयको लार्पावाहीका कारण १० जना विद्यार्थी यो वर्ष एसएलसी परीक्षा दिनबाट वञ्चित ...
भोला पासवान
कंचनपुर । सप्तरीको कंचनरुप स्थित एक निजी विद्यालयको लार्पावाहीका कारण १० जना विद्यार्थी यो वर्ष एसएलसी परीक्षा दिनबाट वञ्चित भएका छन् । विद्यालय र अभिभावकको लापार्वाहीका कारण विद्यालर्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । परीक्षा दिनबाट वञ्चित विद्यार्थीहरुले अब पुन ः कक्षा ९बाट नै अध्ययन गर्न बाध्य भएका छन् ।
एसएलसी दिनबाट वञ्चित विद्यार्थी तथा अभिभावक मानसिक रुपमा तनावमा परेका छन् । कंचनपुर बेरियर स्थित चिल्ड्रेन मोडेल इङ्ग्लिश स्कुलमा अध्ययनरत १० जना विद्यार्थीको रजिेष्टे«शन फारम नभरिएकोले ती विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका हुन् । विद्यार्थीहरु एसएलसी परीक्षामा सहभागी हुन कक्षा ९ मा नै रजिष्ट्रेशन फारम भर्नु पर्ने हुन्छ । कक्षा ९मा रजिष्टेशन गरेका विद्यार्थीहरुले पुनः कक्षा १०मा एसएलसी फारम भरेपछि मात्रै अब तेस्रो वर्ष परीक्षामा सहभागी हुन पाउँनेछन् ।
तर चिल्ड्रेन मोडेल इङ्ग्लिश स्कुलले कक्षा ९मा अध्ययनरत विद्यार्थीहरुको रजिष्टेशन फारम नभरेकाले उनीहरु परीक्षा दिनबाट बञ्चित भएका हुन् । परीक्षा दिनबाट बञ्चित ती विद्यार्थीहरुले अव एसएलसी दिन तीन वर्ष कुर्नुपर्ने हुन्छ ।
परीक्षा दिनबाट वञ्चित भएका विद्यार्थीका एक अभिभावकले भने “ परिक्षा दिनबाट वञ्चित भएको दिनदेखी छोरोले खाना खान छोडेको छ ।” गाउँ टोलका संगैका साथीहरुले परीक्षा दिए पनि आपूm परीक्षा दिनबाट वञ्चित भएपछि विद्यार्थीहरुको मानसिकतमा धेरै असर परेको अभिभावकहरुले बताएका छन् । बरमझियाका एक अभिभावकले भने “ छोरो परीक्षा दिनबाट बञ्चित भएको खवर पाएको दिनदेखी,हामी सबैको भोक निद्रा हराएको छ , म आफै कति पटक बेहोस भइसकँे ।”
कंचनरुप ५का बसन्त साहले दुई वर्ष अघि निकै तामझामका साथ एमपिएस नामक स्कुल संचालन गरेका थिए । विना दर्ता कक्षा १० सम्म विद्यालय संचालन गरेका साहले विद्यालय दर्ता गर्न अनेक प्रयास गर्दा पनि नसकेपछि गत शैक्षिक सत्रदेखी चिल्ड्रेन मोडेल इङ्ग्लिश स्कुलमा गाभेका थिए ।
नियम विपरीत निजी विद्यालयहरुले अनुमति पाएको भन्दा माथिल्लो तहका कक्षासम्म कक्षा संचालन गरी सरकारी विद्यालयमा परीक्षा दिन लगाएर फर्जी काम गर्दै आइरहेका छन् । एमपीएसले एक कक्षा पनि संचालन नगरी कक्षा १० सम्मको विद्यार्थी भर्ना गरेको थियो । तर सरकारी विद्यालयमा रजिष्ट्रेशन गरेन । बसन्त साहले एमपिएसलाई चिल्ड्रेन मोडेल इङ्ग्लिश स्कुलसंग गाभेपछि विद्यार्थीहरुलाई वैरवा स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयबाट रजिष्टे«श्न गराईदिने व्यवस्था मिलाएका थिए । तर समयमा आवश्यक कागजात र प्रधानध्यापकलाई कमिशन नदिएका कारण ती विद्यार्थीहरुको रजिष्टे«शन छुटेको बताइएको छ ।
परिक्षा दिन जादा प्रवेश पत्र नपाएपछि....
चिल्ड्रेन मोडेल इङ्ग्लिश स्कुलमा १३ जना विद्यार्थी अध्ययनरत थिए । त्यसमध्ये ३ जना विद्यार्थीका अभिभावकले आफै पैरवी गरेर एक जनाले सर्वोदय माध्यमिक विद्यालय,एक जनाले वैरवा स्थित लक्ष्मीनारायण मावि र एक जनाले सुब्बाटोल स्थित शंकर माध्यमिक विद्यालयबाट रजिष्टेशन गरी परीक्षा दिएका थिए । ती विद्यार्थीहरुको भर्खर टेष्ट परीक्षा समाप्त भएको छ ।
तर अहिले परीक्षा दिनबाट वञ्चित भएका विद्यार्थीहरुका अभिभावकलाई विद्यालय संचालक बसन्त साहले विद्यार्थीहरुको परीक्षा तथा रजिष्टे«शन फारम भरिसकेकोले चिन्ता नगर्नु भन्दै आएकाले विद्यार्थी तथा अभिभावक ढुक्क थिए ।
माघ २३ गते एसएलसीको टेष्ट परीक्षा सुरु भएको दिन अन्य विद्यार्थीहरुसंगै ती विद्यार्थीहरु परीक्षा दिन वैरवा स्थित लक्ष्मीनारायण मावि गएका थिए । विद्यालय पुगेपछि मात्रै विद्यार्थीहरुले परीक्षा तथा रजिष्टे«शन फारम नै नभरिएको थाह पाएका थिए । विद्यार्थीहरु परीक्षा दिन नपाउने थाह पाएपछि विद्यालयबाटै रुँदै घर फर्केका थिए ।
साता वितिसक्यो विद्यार्थीहरु ओछ्यानबाट उठन सकेका छैनन् । एक अभिभावकले भने “हामी त छाँगाबाट खसे जस्तै भएका छौं ।” विद्यालय संचालकहरुले कक्षा ९मा रजिष्टे«शन जसरी पनि गर्ने भनेर दुई दिनको समय सीमा लिएकोले त्यसदिन सम्म कुर्ने र त्यसपछि आवश्यक कानुनी प्रक्रियामा जाने अभिभावकहरुले बताएका छन् ।
जे भयो ठिक भयो ः जिशिअ पाण्डे
सप्तरीका जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेसँग परीक्षा दिनबाट वञ्चित बिद्यार्थीबारे जिज्ञसा राख्दा उहाँले दर्ता नै नभएका विद्यालयमा अभिभावकहरुले जानी जानी पढाउने भएकोले यसको सम्मपूर्ण दोष स्वयम अभिभावककै भएको बताउनु भयो ।
“म यसमा केही कार्यवाही गर्न सक्दिन । दर्ता भएका विद्यालयले लापार्वाही गरेर विद्यार्थीहरुलाई एसएलसी दिनबाट वञ्चित गराएको भए म कार्यवाही गर्थे तर यो त दर्ता भएको विद्यालय नै होइन ,यसमा म केही गर्न सक्दिन ।”
“जे हनु पर्ने थियो त्यही भयो,यस्तो घटना भएपछि मात्रै अभिभावकहरु सचेत हुन्छन् । यस विषयमा जिल्ला शिक्षा कार्यालयले केही कार्यवाही गर्न सक्दैन ” जिशिअ पाण्डेले बताउनु भयो । “चालु शैक्षिक सत्रमा कुनै पनि हालतमा ती विद्यार्थीहरुको रजिष्टे«शन हँुदैन ।” जिशिअ पाण्डले भन्नुभयो “रजिष्टेशनको लागि सरकारले निश्चित समय सीमा तोकेको छ,त्यसभित्र राजश्व जम्मा गर्नुपर्ने हुन्छ,त्यो अब सम्भव छैन ।”
शैक्षिक सत्रको अन्तिममा आएर त म केही गर्दिन तर आउदो शैक्षिक सत्रबाट निजी विद्यालयमा पढिरहेका तर सरकारीबाट रजिष्टे«शन गर्ने विद्यालयका प्रअहरुलाई दाँयाबाँया केही नहेरी सिधै कार्यवाही गर्नेछु ।”
“जिशिअ पाण्डले आपूm जवाफदेही निकायको जिम्मेबार व्यक्ति रहे पनि त्यस्ता विद्यालयलाई कार्यवाही गर्न नसक्ने बताउनु दुभाग्र्यपूर्ण हो । विना दर्ता कक्षा १० सम्म विद्यालय संचालन भइरहँदा जिशिकाका स्रोत व्यक्ति,विनी र जिशिअ के गाँजा खाएर सुतिरहेका थिए” ? एक अभिभावकले भने ।
संचालक साह दिल्ली फरार ः
विद्यालय संचालक मध्येका एक बसन्त साह बिद्यार्थीहरुको समस्या समाधान गर्ने भन्दै काठमाडौं गएका थिए । तर उतैबाट दिल्ली पुगेको स्रोतले बताएको छ । बिद्यार्थीहरुलाई कक्षा १० सम्म निःशुल्क पढाउने र कक्षा ९मा जसरी पनि रजिष्टे«शन गर्न लगाउने भन्दै काठमाण्डौं गएका साह उतैबाट फरार भएका हुन् । चालु शैक्षिक सत्रमा कुनै पनि हालतमा कक्षा ९को रजिष्टेशन नहने भएपछि अभिभावकहरुको आक्रोशको शिकार हुनुपर्ने डरले साह फरार भएका हुन ।

COMMENTS