राजकुमार पासवान बरमझिया(सप्तरी) ३१ असार । कञ्चनरुप नगरपालिकाको सहयोगमा मेची पोलिटेक्निकल इन्ष्टिच्युत प्रा.लि. दमक, झापा ( शाखा कार्यालय...
राजकुमार पासवान
बरमझिया(सप्तरी) ३१ असार ।
तालिम अवधीभर आयोजक संस्थाले खाजा वापत समेत पैसा दिने भनिए तालिम समापनको अन्तिम दिन कोही पनि प्रतिनिधि नआएपछि अपाङ्गहरुको बिच्चली भएको थियो । तालिम अवधीभर नगरपालिकाको एक जना पनि व्यक्ति अनुगमन गर्न नआएको र तालिममा सहभागी वापत दैनिक यातायात भत्ता र खाजा भत्ता समेत नदिएको तालिममा सहभागी सुरदासले बताए ।
कार्यक्रम समापनको दिन अपाङ्गहरुले नगरप्रमुख वसन्तकुमार मिश्रालाई तालिम स्थलमा आउन आग्रह गर्दा ‘ कार्यापालिकाको बैठकमा व्यस्त छु,आउन सक्दिन भन्यो– तर एक घण्टा नबित्दै बरमझिया स्थित अधारभूत विद्यालयमा अर्को तालिम उद्घाटन गर्न आएपछि अपाङ्गहरुले नगरप्रमुखलाई घेरेका थिए ।
बरमझिया(सप्तरी) ३१ असार ।
कञ्चनरुप नगरपालिकाको सहयोगमा मेची पोलिटेक्निकल इन्ष्टिच्युत प्रा.लि. दमक, झापा ( शाखा कार्यालय विराटनगरले आयोजना गरेको १५ दिने अपाङ्ग उत्थानका लागी कार्यक्रम व्यसायिक अचार बनाउने तालिममा व्यापक अनियमिता भएको आरोप सहभागीहरुले लगाएको छ ।

तालिमका लागि १ लाख ५० हजार बजेट विनयोजन भएपनि तालिममा सहभागी अपाङ्गहरुलाई यातायात सुविधा छैन भन्दै दिइएन । ‘ हामीले नगरपालिका र आयोजकसंस्थाबीच भएको सहमतिमा के छ ? त्यो हेर्न दिनुपर्ने माँग गर्दा समेत नगरपालिकाका मेयरले मलाई नै थाह छैन भन्दै पन्छिएको आरोप तालिममा सहभागी प्रमिला साहले बताइन । ‘ हामी नगरपालिकासम्म सम्झौता हेर्न पाउनु पर्छ भनेर पग्यौं,तर सूचनाको अधिकार विपरीत हामीले त्यो हेर्न पनि दिइएन र एक हजार भन्दा बढी रकम नपाउने उल्टै धम्की दिइयो ।

अपाङ्गहरुले घेरेपछि मात्रै मेयर नगरपालिकामा फोन गरेर एक एक हजार रुपैया तत्काल व्यवस्था गर्न लगाएका थिए । कार्यक्रममा सहभागी अपाङ्गहरु समक्ष नगरप्रमुख मिश्राले आपूmलाई सम्झौताबारे थाह नभएको र नगरपालिको चेकमा समेत आफ्नो हस्ताक्षर नहुने भएकोले केही गर्न नसक्ने लचार र गैर जिम्मेबार अभिव्यक्ति दिएको थियो ।
कार्यक्रममा सहभागी अपाङ्गहरुले नगरपालिकाले ४० प्रतिशत कमिशनमा बाहिरको संस्थालाई कार्यक्रम दिएको आरोप लगाए । ‘एक लाख ५० हजारमा सहभागीलाई २३ हजार मात्र दिएको र अचार बनाउन मुश्किलले १० हजार खर्च तथा तालिम दिनेलाई १५ हजार गरेर जम्मा ५० हजार खर्च गरेर एक लाख रुपैया भन्दा बढी रकम अनियमिता भएको सहभागीहरुको आरोप छ ।
COMMENTS