कञ्चनपुर,पुस २९ । दलित सरोकार मञ्च नेपाल सप्तरीको तेश्रो साधारणसभा तथा पहिलो अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनबाट पुण ः युक्तिलाल...
कञ्चनपुर,पुस २९ ।
शनिवार कार्यालयको प्राङ्गनमा मञ्चको पहिलो अधिवेशनबाट युत्तिलाल मरिकलाई पुणः अध्यक्ष पदमा चयन भएको छ । सो मञ्चको उपाध्यक्षमा शिवकुमार मण्डल,सचिवमा सुसिन्द्र पासवान र कोषाध्यक्षमा प्रमिला कुमारी पासवान रहेका छन् ।
दलित सरोकार मञ्च नेपाल सप्तरीको तेश्रो साधारणसभा तथा पहिलो अधिवेशन शनिवार सम्पन्न भएको छ ।
अधिवेशनबाट पुण ः युक्तिलाल मरिक अध्यक्ष पदमा सर्वसम्मतले चयन भएको छ ।

सो मञ्चको सदस्यहरुमा सोविता कुमारी सरदार,रमानन्द राम र मुनेश्वर पासवान रहेका छन् ।
उक्त अधिवेशनमा मञ्चका कार्यकारी निर्देशक भोला पासवानले हालै प्रदेश सरकारले जारी गरेको प्रहरी ऐन तथा दलित सशक्तिकरण विधेयक २०७५ लाई दलितमैत्री ऐन बनाउन वकाल तथा संघिय सरकारले बनाएको दलित सम्बन्धि कानुनमा त्रुटीलाई सच्यिाउने लगायतका कुराहरु बताएका छन .
सो अधिवेशनबाट आर्थिक बर्ष २०७४÷०७५को बार्षिक प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन २०७५,दलित सरोकार मञ्चको विधान २०७२ को विभिन्न परिच्छेदको दफा÷उपदफा तथा अनुसुचि लगायतका विषयहरु पारित गरिएको छ ।
COMMENTS