कञ्चनरुप,भाद्र २० । कञ्चनरुप नगरपालिका ४ जगतपुर धनकट्टा स्थित दाह संस्कारको लागि निमार्ण गरिएको विश्रामस्थल( सेड)मा सांसद मानपुर चौधरीका ...
कञ्चनरुप,भाद्र २०
। कञ्चनरुप नगरपालिका ४ जगतपुर धनकट्टा स्थित दाह संस्कारको लागि निमार्ण गरिएको विश्रामस्थल( सेड)मा सांसद मानपुर चौधरीका दाहिने सचितानन्द यादबले अनियमिता गरेको आरोप लागेको छ । कञ्चनरुप नगरपालिकाले आर्थिक वर्ष २०७३÷०७४मा पाँच लाखको लागतमा निमार्ण गरिएको उक्त रकम उपभोक्ता समितिका अध्यक्ष यादबले सांसद चौधरीको आडमाकाम सकिएपछि हिसाब किताब गर्न आग्रह गर्दा समेत कुनै वास्ता गरिएन । २ लाख ५० हजार भन्दा बढी अनियमिता भएको छ । ’ समितिका सचिव यादबले भने ‘ हरहिसाब माग्न जाँदा जे मन लाग्छ गरे हुन्छ भन्ने जावफ आएपछि आपूmले नगरपालिकामा सूचना हक प्रयोग गर्दै खर्चको हिसाव किताब र बिल भर्पाई लिएको बताए ।अनियमिता गरेको हो । सेड निमार्णमा लागेको सबै ढुङ्गा कोशी टप्पुको बाँध(नज)प्रयोग गरिएको उपभोक्ता समितिका सचिव सूर्यानारायण यादबले कञ्चनरुपलाई बताए । ‘ काम गर्ने बेलामा पनि सोधीखोजी भएन ।
उपभोक्ता समितिका ७ मध्ये ५ जनाको हस्ताक्षर फर्जी
उक्त सेड निमार्णका लागि गठित ७ उपभोक्ता समितिमध्ये ५ जना सदस्यको फर्जी हस्ताक्षर गरेर रकम उठाएर हिनामिना गरेको हो । समितिका सचिव सूर्यानारायण यादब,सदस्य पूनम यादब,भागवत मल्लाह,रामगुलाम पासवान र वैजनाथ प्रसाद साहको हस्ताक्षर फर्जी रहेको छ । काम सम्मपन्न भएको बैठकमा उपस्थिती र माइन्यूटको अन्तिममा गरिएको हस्ताक्षर नै मिलेको छैन । सहजै फर्जी रहेको सहजै बुझन सकिन्छ । सचिव सूयानारायण यादबले समेत आपूmलाई बैठकबारे कुनै जानकारी नभएको बताए । सचिव यादबले भने ‘ भागवत मल्लाहको केही वर्षअघि पनि फर्जी हस्ताक्षर गरेकोले अदालतसम्म मुद्दा चलेको थियो । उक्त मुद्दामा भागवत निरिक्षर रहेको प्रमाणित भएको थियो । तर निरीक्षर भागवतको हस्ताक्षर फेरी पनि फर्जी गरेको छ ।’ उपभोक्ता समितिका सदस्य
रामगुलाम पासवानका अनुसार उपभोक्ता समिति निमार्ण गर्ने बेल झुकिएर पुगेकोले आपूmलाई समितिमा राखेको तर कुनै बैठकमा सहभागि नगराएको बताए । ‘ सेड निमार्ण हुने ठाउँमै सधै गाई चराउन जान्थे तर एकदिन पनि सोधीखोजी गरिएन । अहिले थाह पाउँदैछु कि मेरो पनि हस्ताक्षर फर्जी गरिएको रहेछ ।’ सदस्य पासवानले विकास निमार्णमा निमुखा दलित र गरिवहरुलाई सदस्य राखेर हुनेखानेले
बजेट दुरुपयोग गर्ने गरेकोलाई त्यस्तो व्यक्तिलाई कार्यवाही हुनु पर्नेमा जोड दिनुभयो । उपभोक्ता समितिका अध्यक्ष सचितानन्द यादबले पनि सेड निमार्णमा कोशी टाप्पुको बाँधको ढुङ्गा प्रयोग गरिएको स्वीकार गरेको छ । उपभोक्ता समितिका अध्यक्ष यादबले भने ‘ काम त भएको छ । म आफै सबै सदस्यलाई चिन्दिन । प्रक्रिया गलत भयो । फर्जी हस्तार भएको सही हो । ’ उपभोक्ता समितिका अध्यक्ष यादबले कोशी टप्पुबाट ढुङ्गा आपूmले भन्दा पनि समितिका कोषाध्यक्षका ससुरा दुर्गालाल चौधरी र मानपुरका निकटवर्ती देवन चौधरीले निकालेको जीकिर गर्नुभयो । ‘ म स्वयम् ढुङ्गा निकालेको होइन, मलाई समातेको भए कसले छाडाउन जान्थ्यो तर दुर्गालाल र देवनलाई पक्राउ गरेको भए सांसद चौधरी थियो उहाँ पीठमा । त्यसैले उनीहरुले नै ढुङ्गा निकाले प्रयोग गरेको हो ।’ उपभोक्ता समितिका अध्यक्ष यादबले खाली चेकमा सही गरेर काठमाडौं गएका थिए । काम गरेपछि चेकलिन नियमले अध्यक्ष,कोषाध्यक्ष र सचिवमध्ये कम्तिमा दुई जना उपस्थित हुनु पर्ने हो तर सांसद मानपुर चौधरीले
नगरपालिकाका कर्मचारीलाई बारम्बार फोन गरेर निकासा दिन दवाव दिएपछि सचिव सूर्यानारायणलाई समेत नबोई नगरपालिकाले कोषाध्यक्ष अनिता कुमारी चौधरीलाई चेक दिइएको बताइएको छ । निमार्णको सुरुमै अनियमिता ः सेड निमार्णको जमिनको काम सुरु भएपछि कञ्चनपुर बजार स्थित एकजनाको मृत्यु भएपछि कोशीमा मलामी गएकाहरुले उक्त सेडलाई लात्तिले छुदाँ फुटेको थियो । मुर्दाघरमा निमार्ण गरिएको सेडमा पनि व्यापक अनियमिता भएको भन्दै नगरपालिकामा उजुरी गरेको थियो । उजुरीपछि नगरपालिका निम्ति कार्यकारी अधिकृत धीरेन्द्र यादबको नेतृत्वमा प्राविधिक टोलीले कामको अनुगमन गरेको थियो । अनुगमन गर्दा जनता गुनासो गरेजस्तै काम गुणस्तरीयहीन भएको पाइएपछि नगर अधिकृत यादबले भत्काएर पुन ःनिमार्ण गर्न निर्देशन दिएको थियो । तर पुन ः निमार्ण गर्दा समेत करिब २ लाख ५० हजार रकम अनियमिता गरेर बाँडफाँड गरेको समितिकै सदस्यहरुले दावी गरेको छ । सचितान्न यादब अहिले सांसद चौधरीको सबभन्दा विश्वासको पात्र रहेको बताइएको छ ।
COMMENTS