स्वास्थ्य परिक्षणवापतको खर्च रकम उपलब्ध भएन राजकुमार पासवान कञ्चनपुर, पुस २५ गते । कञ्चनरुप नगरपालिकाले गत भदौ महिनामा फैलिएको मौसमी...
स्वास्थ्य परिक्षणवापतको खर्च रकम उपलब्ध भएन
राजकुमार पासवान
कञ्चनपुर, पुस २५ गते । कञ्चनरुप नगरपालिकाले गत भदौ महिनामा फैलिएको मौसमी रुघाखाकीको नि शुल्क स्वास्थ्य परिक्षण शिविर चलाइए वापतको खर्च रकम पाएको छैन ।
![]() |
गत भदौ फैलिएको मौसमी रुघाखाकीको स्वास्थ्य शिविर ः फाईल फोटो |
प्रदेश सरकारले मौसमी रुघाखाकी विरामीहरुलाई उपचारमा लाग्ने औषधी र प्राविधिक तथा अनुगमन लगायतका खर्च वापत रु १५ लाख दिने घोषणा गरेको थियो । नगरभित्रब्यापक स्वायनफलुको माहामारीले तीन वालक र एकजना महिलाको मृत्यु हुनुको साथै सैयौ जीउजन विरामीले ग्रस्त भएका थिए ।
यसरी माहामारी चलेपछि नियन्त्रणका लागी स्वास्थ्य परीक्ष्ण तथा शिविरको कार्यकम चलाउन प्रदेश सरकारको आव्हानमा नगरपालिकाले भदौ २४ गतेदेखि असोज १२ गतेसम्म शिविर चलाइएको थिथो । शिविरमा नगरपालिकाका १२ वटै वडाहरुमा गरी एक हजार पाच सयजनालाई स्वास्थ्य परीक्षण गरीएको तत्काल स्वास्थ्य शाखाले जानकारी दिइएको थियो । यस कार्यक्रम सञ्ंचालन गरेवापतको घोषित रकम प्रदेश सरकारले अझै उपलब्ध नगराएको भन्दै सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ जनकपुरलाई नगरकार्यपालिकाले पत्राचार गरेको छ । नगरपालिकाको मंसीर २३ , चलानी नम्बर १०११ को पत्रमा जिल्ला जनस्वास्थ्य कार्यालय राजविराजबाट एक लाख रुपैया मात्र निकासा भएको र त्यस रकमले भएको खर्चको ब्यहोर्न नसक्ने उल्लेख गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयको पत्र संलग्न राखी प्रदेश सरकारलाई पठाइएको उल्लेख छ । स्वास्थ्य शिविरमा स्वास्थ्यकर्मीहरुको प्राश्रमिक,खाना खर्च,खाजा खर्च लगायत सम्पुर्ण खर्च अपुग भएको कञ्चनरुप नगरपालिकाले जनाएका छन् ।
साथै स्वस्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौ र मुख्यमन्त्रीको कार्यालय प्रदेश नं २ जनकपुरधामलाई बोधार्थ समेत पठाइएको छ ।
COMMENTS