डम्बर राई कञ्चनपुर,पुष २५ । सप्तरीको सदरमुकाम राजविराजदेखि कञ्चनपुरसम्मको हुलाकी मार्ग सडकखण्डको मर्मत सम्भारकार्यको प्रारम्भ भएको छ ।...
डम्बर राई
कञ्चनपुर,पुष २५ ।
सप्तरीको सदरमुकाम राजविराजदेखि कञ्चनपुरसम्मको हुलाकी मार्ग सडकखण्डको मर्मत सम्भारकार्यको प्रारम्भ भएको छ ।
![]() |
चन्द्रनहर ः फाईल फोटो |
चन्द्र नहरको डिल भएर निर्माण भएको यो सडकले पुर्णता कहिले पाउला भनेर प्रतिक्षा गर्नेको संख्यामा पनि धेरै देखिन थालेको छ । पहिला पहिला गाडीघोडाको सुविधा कमहुन्थ्यो अनि त्यसबेला सदरमुकामबाट गनैपर्ने अड्डा अदालत लगायतका सरकारी कामकाजका लागी हिडेरै राजविराज पुग्नुपथ्र्याे कञ्चनरुप १२ का दिलिप भटराईलृ बिगतलाई कोटयाए । उनले भने–त्यत्तिबेला यहिमार्ग भएर आवत जावत गथ्र्याै,रुपनी भएर जादा आउदा दिनभरी लाग्थ्यो । त्यत्तिवेला को मार्ग प्रयोगकर्ताहरुको भनाई अनुसार योमार्ग बैकल्पिक रुपमा निर्माण भएको हो । दुइपाग्रे सम्मको घरघरमा सवारी साधनको सुविधा भएको अवस्थामा जो कोहिलाई पनि सुविधापुग्छ,यसमार्गभएर सदरमुकामजान अतिछिटो र सजिलोहुने कञ्चारुप ८का समाजसेवी बच्चु सरवरीयाको कथन छ । कञ्चनपुरबाट पुर्वपश्चिम लोकमार्ग भएर राजविराज जान डेढघण्टासम्म लाग्छ तर यो हुलाकीमार्ग पिचभएको हवस्थामा आधा घण्टामै पुगिने उनको अडकल छ । यस मार्गको कालोपत्रे ढिलैभएपनि विस्तारक्रमको कार्य आझेलमै परेका ेहो की भन्नेसम्मको चिन्तामा थियौ तर चन्द्रनहरको पूर्वी माटमा फैलावट र माटो फिलिग गरेको देख्दा खुशीलागेको छ कञ्चनरुप ७ का बच्चु सरदारले बताए । नेपालकै पहिलो चन्द्रनहरको सुब्यवस्थित बनाउन सरकारले दोहोरो भुमिका खेल्न यस हुलाकी मार्गको निर्माणकार्य सम्पन्न हुनु अति आवश्यक रहेको स्थानीयहरुको भनाइरहेको छ । नहरको जिर्णता र ठाउ ठाउमा अतिक्रमण समेतको सामना भोग्दैहाएका नहरको सिमांकन तथा मापदण्डलाई पुन कायम गनृुपर्ने देखिन्छ ।
COMMENTS