डोम समुदायको अहिले पनि दयनिय अवस्था डम्बर राई कञ्चनपुर,पुस २५ गते । दुइ बर्षअघि खुल्लादिसा मुक्त क्षेत्र घोषित कञ्चनरुप नगरपालिकाको क...
डोम समुदायको अहिले पनि दयनिय अवस्था
डम्बर राई
कञ्चनपुर,पुस २५ गते । दुइ बर्षअघि खुल्लादिसा मुक्त क्षेत्र घोषित कञ्चनरुप नगरपालिकाको कार्यालय परीसरकै लितवस्तीमा शौचालय छैन ।

वडा नम्वर ८ स्थित हटियापूर्व तिन पुस्तादेखी बस्दै आएका न्युनस्तरका यी दलितलाई जग्गाधनी मो फरीद मियाले चारबर्ष पहिला हटाएपछि नहरको जग्गामा बस्दैआएकाछन । ढाकी, चमेरा, कुनिया, दौरा लगायतका चोयाका सामान बिक्री हुदा केहीसहजबाट खाइन्छ नत्र आधापेटमै बस्नुपनि पर्छ शत्रुघनले भने(यो शीपको विकल्प नै छैन । लगन, कुनैचाडपर्वमा मात्र बढी बिक्रीहुन्छ, कुनैदिन त एकरुपैया पनि आम्दानी हुदैन यो बाहेक अर्काे पेसा अपनाउनु सीपछैन आफुसंग छ जनाको परीवारको दिनचर्या
लाई ठुलोकष्ट भएको मरीकको दुखेसो छ ।
दुई छोरा दुइ छोरीको वुवा ३५ वर्षीय मरीकले यस पेसाको विकल्प खोजी बाहिर कमाइको सिलसीलामा जान आफु तत्पर रहेपनि आर्थिकका कारणले नसकेको बताउछ । पाचवटा सन्तानका अर्का वुवा अशोक मरीकको पनि समस्या उस्तै छ । छोराछोरीहरुको लेखाइ पढाइको कुरै नगरौ हामीजस्तो तल्लो स्तरका दलितलाई जुनसुकै ब्यवस्था आवस तर केही हुदैन, कसैले हाम्रो कुरापनि सुनिदिदैन उनले गुनासो गरे । नहरको डिलमुनी स साना झुरुप्प परेको घरहरु अनि घरैको अगाडीछेउमै सँुगुरको खोर यस्ता बस्तीको मुहार नजिकै नगरपालिकाका कार्यालय रहेको छ ।
यहाको वातावरण दैनिक नगरपालिकाका कर्मचारीलाई थाहाहुन्छ तर त्यहासम्म गएर समस्या बुझने गरिदैन । यतिसम्म पक्षपात गरेको छकी नगरपालिकाले दलितहरुको नाममा आएको बाख्रा र नगद १० हजार हामीलाई दिइएन, छिमेकी मुसहरी टोलमा भने सबैले पायो रमेश मरीकले गुनासो पोखे । दलितमध्ये न्युनवर्गका अल्पसंख्यक डोम समुदाय प्रति स्थानीय सरकारको हेर्नेदृष्टि अरुभन्दा भिन्नता रहेको बताउदै मरीकले भने(धेरै पल्ट समस्या नगर प्रमुखलाई नै राख्यौ तर आश्वासन बाहेक आएरपनि हेर्दैन ।
महिला तथा बालवालिकाको लागी सरकारद्धारा दिनेगरेको सुविधा लगायत अन्य तालिम, सीपजन्य क्षेत्रमा डोम समुदाय नपर्ने गरेको मुनु मरीकले बताइन । उनले भनिन(दुइ महिना अगाडी सुत्केरी भएकी रञ्जु मरीकले सुत्केरी वापत पाउने भत्ता पाइनन । रञ्जु स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा सुत्केरी भएकी थिइन ।
COMMENTS