महोत्तरी वाकओभरको आघारमा सेमीफाईलमा फाइनलमा राजकुमार पासवान कञ्चनपुर मंसिर १९ गते । हिरोज स्पोटिङ क्लब बरमझियामा जारी प्...
महोत्तरी वाकओभरको आघारमा सेमीफाईलमा फाइनलमा
राजकुमार पासवान
कञ्चनपुर मंसिर १९ गते ।

हिरोज स्पोटिङ क्लब बरमझियामा जारी प्रदेशस्तरिय “हिरो कप” फुटवल प्रतियोगिता वाकओभर पाई महोत्तरी ११ सेमीफाइलनमा प्रवेश गरेको छ ।
मंगलवार बारा र महोत्तरी बीच हुने तय रहेको खेलमा निर्धारित समयसम्म बारा टिम नआएपछि महोत्तरी–११ लाई विजयी घोषित गरिएको रेफ्रि प्रभात मण्डलले बताए । वाकओभर पाएसँगै महोत्तरी–११ सोझै सेमीफाइलनमा प्रवेश पाएको छ ।
कुनै कारण बस बारा टिम समयमै उपस्थित हुन नसकेपछि निर्णायक समितिको निर्णय अनुसार अर्का प्रतिस्पर्धी टिम महोत्तरी–११ लाई वाक ओभर प्रदान गरिएको छ । आयोजक समितिका अध्यक्ष विजय कुमार चौधरीले भने । प्रतियोगिता अन्तर्गत आज खेल घरेलु टिम हिरोज स्पोटिङ क्लब बरमझिया–११ सप्तरी र सर्लाही ११ बीच हुने प्रतियोगिता आयोजक समितिले जानकारी दिए ।
COMMENTS