बरमझिया खेलमैदानलाई संरक्षण गर्नुपर्ने राजकुमार पासवान कञ्चनपुर,मंसिर १८ गते । प्रदेश २ का सामाजिक विकास मन्त्रि नवलकिशोर साहले सप्त...
बरमझिया खेलमैदानलाई संरक्षण गर्नुपर्ने
राजकुमार पासवानकञ्चनपुर,मंसिर १८ गते ।
प्रदेश २ का सामाजिक विकास मन्त्रि नवलकिशोर साहले सप्तरीको बरमझिया स्थित एक मात्र खेलमैदान संरक्षण तथा समर््द्धधन गर्नुपर्ने बताए ।
![]() |
“१९ हिरो कप” फुटवल प्रतियोगितामा सामाजिक विकास मन्त्रि साहले रेफ्रिलाई बल हस्तान्तरण गरि प्रतियोगिताको खेल उद्घाटन गर्दै |
हिरोज स्पोटिङ क्लब बरमझियाको आयोजनामा प्रदेशस्तरिय “हिरो कप” फुटवल प्रतियोगिता सोमबार उद्घाटन क्रमा सो कुरा प्रमुख अतिथिको आसन्नबाट बताएका छन् ।
कंचनरुप नगरपालिका ३ स्थित बरमझिायाको खेल मैदानमा “१९ हिरो कप” फुटवल प्रतियोगितामा सामाजिक विकास मन्त्रि साहले रेफ्रिलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन थिए ।
सो अबसरमा सामाजिक विकास मन्त्री साहले भने बरमझिया खेलमैदान बरमझिया र कञ्चनरुप नगरपालिकाको मात्र नभई सप्तरी जिल्लाकै मार्यदा रहेको यस खेलमैदानलाई संरक्षण गर्न कञ्चनरुप नगरपालिकाका प्रमुख तथा वडाध्यक्षहरुलाई आग्रह गरिएको छ । मन्त्रि साहले खेलमैदानलाई विभिन्न बहानामा अतिक्रमण गरिएकोमा दुख व्यक्त समेत गरिएका छन् ।
धनुषा–११ जनकपुर सँग लहान–११ सिरहा प्रतिष्पर्धा गर्दे |
मन्त्री साहले खेलकुदको विकासका लागि भने, “यो सँगै प्रदेश २ का खेलाडीलाई देशकै १ नं. खेलाडी बनाउने पनि काम अघि बढ्छ ।” यसका लागी आफुले खेलकुदमा बजेट छुट्टियाउने बताउदैं कुने कसर बाँकी नराख्ने र बरमझिया खेल मैदानलाई व्यवस्थित गर्न पनि आफूले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
अत्यन्तै प्रतिष्पर्धात्मक उद्घाटन खेलमा निर्धारित समयसम्म दुबै टिमबाट गोल हुन नसकेपछि ट्राईबेकर प्रणालीद्वारा खेलको छिनोफानो गरिएको थियो । जसमा सिरहाले धनुषालाई हराउन सफल भयो । सुरुको ५÷५ प्यानेल्टीमा पनि खेल बराबरी भएपछि थपिएको ३÷३ प्यानेल्टीमा धनुषा–११ जनकपुर सँग लहान–११ सिरहाले बिजय भएका छन् । लहान–११ सिरहा जर्सी नं.१७ का एज्जल हामालको निर्णयक गोलले लहान जित हात पारेका थिए । धनुषा ११ जनकपुरका गोलकिपर विवेक मगर म्यानअपदि म्याच भएका छन् । गोलकिपर मगरलाई माँ दुर्गा ज्वलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथा स्थानीय नारायण मण्डलले दुई हजार एक सय रुपैंया सहयोग गरिएको छ ।
![]() |
प्रमुख अतिथिलाई स्वागत गर्दे खेलाडीहरु |
यसअघि आयोजक समितिका अध्यक्ष बिजय कुमार चौधरीको अध्यक्षमा आयोजित उद्घाटन समारोहमा क्लवका संस्थापक अध्यक्ष दिलिप चौधरीले प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथि तथा खेलाडीहरुलाई स्वागत गरिएकाृ थियो ।
फुटबल प्रतियोगितामा प्रदेश नं.का निती आयोगका सदस्य राजकुमार लेखी,कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्र र कञ्चनरुप नगरपालिकाका वडाध्यक्षहरुको समेत उपस्थिती रहेको थियो । प्रतियोगिता अन्तरगत आज खेल बारा–११ र महोतरी ११ बीच खेल हुनेछ । प्रतियोगितामा प्रदेश २ का सबै ८ वटै जिल्ला टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा बिजेता हुने टिमले हिरो कप सहित एक लाख रुँपैया प्राप्त गर्नेछन् भने उपबिजेता टिमले ५० हजार रुँपैया नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको मिडिया पार्टनरमा अवलोकित दैनिक रहेको छ ।
COMMENTS