प्रेम बिवाह गर्दा प्रहरीको फन्दामा कविता र मनिष

राजकुमार पासवान  कञ्चनपुर,असोज १३ । गैर दलित केटासँग विवाह गरेका कारण असन्तुष्ट केटा बुवाले आफनै छोरा तथा आफु नौ महिनाकी गर्भवती रहेकी आब...

राजकुमार पासवान 
कञ्चनपुर,असोज १३ ।
गैर दलित केटासँग विवाह गरेका कारण असन्तुष्ट केटा बुवाले आफनै छोरा तथा आफु नौ महिनाकी गर्भवती रहेकी आबस्थामा प्रहरीको थुनामा परेकी बताईन् ।
कञ्चनरुप न.पा.९ रुपनगरका २० वर्षीय मनीष साह र कञ्चनरुप न.पा.९ धरमपुरकी १८ वर्षीया कविता रामलाई मनीषका बुवा शिवनारायणले जिल्ला प्रहरी कार्यालयमा थुनाएका हुन ्। २०७४ पुस २१ गते घरबाट भागेदेखि नै दुवैलाई छुटाउन मनीषका बुवाले प्रयास गर्दै आएका छन्। परिवारको सहमतिबिना सुनसरीको इनरुवामा घरजम गरेर बसेका मनीष र कविताले ठेगाना पत्ता लगाएर शिवनारायणले दुवैलाई अलग पनि गराए। अलग गराए पनि मनीष भागेर माइत विस्थापित कवितासँगै बस्न गए । कविताका बुवा विानेद राम, आमा शान्ति देवी रामविरुद्ध दिएको बन्दी प्रत्यक्षीकरण रिट अदालतले खारेज गरेपछि शिवनारायण साहले उच्च अदालत जनकपुर राजविराज इजलासबाट २०७५ भदौ २४ गते परमादेश गराई बिहीबार बालविवाहविरुद्ध उजुरी दर्ता गरेर थुनाएका हुन् ।
प्रहरी कार्यालयमा पटक(पटक भएको छलफलपछि विवाह गर्न कविताको उमेर नपुगेको भन्दै दुवैलाई २०७४ माघ २८ गते घरपरिवारको जिम्मा लगाइयो । तर, मनीष र कविताले गत २०७४ फागुन १ गते हनुमाननगर कंकालिनी १ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेर पुनः सँगै बस्न थालेपछि साह पक्षले कञ्चनरुप नगरपालिकाको न्यायिक समितिमा छलफलकै क्रममा कुटपिट र डर(त्रास देखाएर छुट्टियाउन प्रयास गरेका थिए ।
दुवै छुट्टिन नमानेपछि केटाका बुवाले कविताका बुवा विनोद रामविरुद्ध अदालतमा अपहरण तथा शरीर बन्धकको मुद्दाका लागि बन्दीप्रत्यक्षीकरणको रिट दिए । कविता र मनीषलाई उनीहरूका अभिभावकले आ(आफ्नो जिम्मामा बुझी लगेको कागज देखाएपछि अदालतले २०७४ फागुन २८ गते सो रिट खारेज गरेको थियो । कविता र मनीष दुवैले आफूहरूले राजीखुसीले विवाह गरेको बयान दिँदै आएका छन्।मनिष र कविताले सँगै जिउने(मर्ने जोडीलाई अलग गर्ने उद्देश्यले शिवनारायणले कञ्चनरुप नगरपालिकाको न्यायिक समितिमा उजुरी समेत दिए मनीषले कवितासँगै जीवन बिताउने दोहो¥याएपछि कविताका परिवारजनमाथि कुटपिट र डर(त्रास देखाएको कवितााले बताईन् । न्यायिक समितिले समेत मनीष र कवितालाई चैत १३ गते आ(आफ्नो अभिभावकको जिम्मा लगाए पनि मनीष कवितासँग बस्दै आएका छन् ।
प्रहरी हिरासतमा कविता र मनिष
प्रहरी हिरासतमा कविता र मनिष 

प्रहरी हिरासतमा रहेकी कविताको स्वास्थ्य अवस्था बिग्रिएपछि उनको अहिले राजविराजस्थित अञ्चल अस्पताल उपचार भइरहेको छ । आफ्नो पेटमा नौ महिनाको बच्चा रहेको जानकारी दिँदै अस्पतालमा उपचाररत कविताले यस्तो बेलामा श्रीमानसँग शान्तिपूर्ण रूपमा बस्न पाउने र बच्चा जन्माउन पाउने अधिकारको गुहार लगाइन् । आफ्नो परिवार र गर्भमा स्वास्थ्य परामर्श र उपचारको आवश्यकता रहे पनि नौ महिनाकी गर्भवतीलाई प्रहरी हिरासतमा थुनेर गर्भको शिशुमाथि समेत अन्याय भएको भन्दै कविताकी बुवा विनोद रामले दलित भएकै कारण एकपछि अर्को मुद्दा आईपरेकोले सरोकारबाला निकाय तथा मानव अधिकारकर्मी समक्ष गुहारेका छन् ।   
रहेकी सन्तानको जीवनरक्षाका लागि याचना गर्दै कविताले भनिन्न,‘दलित भएकैले प्रेमविवाह गर्ने र सन्तान पाउने अधिकारमाथि एकपछि अर्को आक्रमण भइरहेको बताईन् ।’
यता प्रहरी हिरासतमा रहेका कविता र मनिषका परिवारलाई अधिवक्ता र मानव अधिकारकर्मीहरुको आग्रहमा विहिवार राती घर फर्किका छन ।  
गर्भवती कविता र मनिषको प्रेम 
नौ महिना अधि कविता र मनिष
मनिष र कविताका अनुसार उनीहरु ६ महिनादेखि प्रेममा थिए र नौं महिना अघि भागी बिहे गरेका हुन् । सुनसरीको इनरुवास्थित राधाकृष्ण मन्दिरमा विवाह गरेपछि कोठा भाडामा लिई दुई महिना सँगै बसे । यस क्रममा मनिषा गर्भवती पनि भइन् । 
छोराले दलित युवतीसँग विवाह गरेर भागेको थाहा पाएका शिबनाराययण उनको खोजी शुरु गरे । इनरुवामा रहेको थाहा पाएपछि उनी आफ्नो छोरालाई नियन्त्रणमा लिई करिब दुई साता सुनसरीमै आफन्तको घरमा राखे । कविताले सुनसरी र सप्तरीका प्रहरीलाई गुहारेकी थिइन् । मनिष जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थित भए । विवाहका लागि उमेर नपुगेपनि कविता गर्भवती रहेको भनेपछि दुबैलाई सँगै बस्न दिइयो । तर, मनिष आफ्नो घर गएनन् । बुबाले कुटपिट गर्ने गरेको भन्दै कविताकै घरमा बस्न थाले 
मनिषका पिता शिबनारायणले भने उच्च अदालत जनकपुर इजलास राजविराजमा आफ्नो छोराको अपहरण गरेको भन्दै कविताका परिवारबिरुद्व रिट दायर गरे । प्रतिउत्तर दिने क्रममा कविताको परिवारले अपहरण गरेको नभई राजीखुसी बिहे गरेको बताए । कविताले आफू गर्भवती पनि रहेको मेडिकल रिपोर्ट पनि पेश गरे ।
अदालतले अपहरणको दाबी अस्वीकार र्गयो । तर, शिबनारायणले अदालत प्राङ्गणमै छोरालाई कुटपिट गरेको भन्दै बिनोदले भने, ‘त्यहाँ उपस्थित भएकाहरुले बचाए ।’ मनिष र कवितालाई अलग पार्ने योजना विफल भएपछि शिवनारायणले नगरपालिकाको न्यायीक समितिमा पुगेका थिए । 
ईजलासको निर्णय ः अलगअलग राख्नू 
 कविता र कविताकी आमा शान्ति देवी राम 
मनिषका पिता शिबनारायणले उजुरी दिएपछि न्यायिक समितिले मनिष, उनका पिता शिवनारायण, कविता र उनका पिता बिनोद रामलाई पत्र काटेर बोलाइएको थियो । 
दुबै परिवार इजलास हाजिर भए । छलफलपछि इजलासले निर्णय सुनायो, ‘अहिले केटा र केटीको विवाह गर्ने उमेर नरहेकाले आ(आफ्नो परिवारको जिम्मा लगाउनू ।’ मनिषको उमेर १९ बर्ष र कविताको उमेर १६ बर्ष रहेको भन्दै न्यायिक समितिको इजलासले दुबैलाई परिवारजनले जिम्मा लिने फैसला सुनाएको छ । युवतीको उमेर विवाह योग्य भएपछि युवकको जिम्मा लगाउने निर्णय समितिको छ ।   
तर, मनिष र कविता यो निर्णय मान्न तयार छैनन् । तर, स्थानीय तहको न्यायिक समितिको आदेश नमानेको भन्दै मनिषलाई उनका बुबाले कुटपिट गरेका छन् । न्यायिक समितिको कार्य क्षेत्रमा समेत नपर्ने यो मुद्दा किन र कुन उद्देश्यले नगरपालिकाको न्यायिक समितिमा ल्याइयो भने विषयमा नगरपालिकाका जनप्रतिनिधिबीचमै पनि विवाद उत्पन्न भएको बताइएको छ । 
‘उनीहरुले हामी अलग भएर बस्न नसक्ने बताए लगत्तै मनिषका पिता शिवनारायणले इजलासकै समयमा छोरालाई कुट्न थाले’ कविताका पिता बिनादले भने, ‘आफ्नै छोरालाई छतबाट फ्याँक्न लाग्दा केहि व्यक्तिहरुले बचाएका थिए ।’ श्रीमान मनिषलाई बचाउन जाँदा आफूलाई पनि कुटपिट गरेको कविताले बताइन् । मनिषका पितासहितको समूहले आफूहरुलाई कुटपिट गर्दा पनि नगरपालिकाका पदाधिकारीहरुले रोक्ने प्रयास समेत नगरेको उनीहरुको भनाइ छ । ‘साँझतिर आएको प्रहरीको सहयोगमा आफूहरु घर जान सकें’ बिनोदले भने ।
प्रकाशित ः २०७५ असोज १३ 
समय ः २ ः००



COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: प्रेम बिवाह गर्दा प्रहरीको फन्दामा कविता र मनिष
प्रेम बिवाह गर्दा प्रहरीको फन्दामा कविता र मनिष
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiqhRzrKHeduz0DS-Kh795h39x983uyba0JNgP1RlK_QZQEWA3EnPFeDvTXdupSDjDf1f9Mag7tGd8If7HUhil8fLcImLbvVEwH1m3RILsNorKLDxxkxaioRmKCUe-9r0h-rZssrVLtHnc/s640/rajbiraj-dalit_.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiqhRzrKHeduz0DS-Kh795h39x983uyba0JNgP1RlK_QZQEWA3EnPFeDvTXdupSDjDf1f9Mag7tGd8If7HUhil8fLcImLbvVEwH1m3RILsNorKLDxxkxaioRmKCUe-9r0h-rZssrVLtHnc/s72-c/rajbiraj-dalit_.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/09/blog-post.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/09/blog-post.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy