तानाशाही बन्दै जनप्रतिनिधि,सूचना माग्न जादा थुनामा

कञ्चनपुर भाद्र २१ ।  कञ्चनरुप नगरपालिका वडा ३ बरमझिया स्थित एक मात्र खेल मैदानको जग्गा अतिक्रमण गरेर अवैध तरिकाले भइरहेको भवन निमार्ण कार्...

कञ्चनपुर भाद्र २१ । 
कञ्चनरुप नगरपालिका वडा ३ बरमझिया स्थित एक मात्र खेल मैदानको जग्गा अतिक्रमण गरेर अवैध तरिकाले भइरहेको भवन निमार्ण कार्यको सूचना माग्न जादा एक जना थुनिएका छन् ।
खैलमैदान संरक्षण गर्ने निवेदक स्थानीय राजकुमार साह 
कञ्चनरुप नगरपालिकाको ३ नं.वडा कार्यालयमा बिहीबार सूचना माग्न जादा स्थानीय राजकुमार साहलाई वडाअध्यक्ष र वडा सचिवले वडाकार्यालयमै थुनेर पछि प्रहरीलाई जिम्मा लगाएका छन् । साहले अवैध तरिकाले निमार्ण भइरहेको उक्त समितिमा रहेको व्यक्तिहरुको नामावली  उपलब्ध गराई दिन भन्दै सूचना माग्न वडा कार्यालय गएका थिए । तर वडाअध्यक्ष सत्यनारायण साह,वडा सचिव नागेश्वर साह र वडा सदस्य ओमप्रकाश साहले निमार्णधिन योग भवनको काम रोकेको भन्दै तथानाम गाली गर्दै वडाकार्यालयमा २ घण्टा थुनेर पछि प्रहरी बोलाएर जिम्मा लगाएको कुरा प्रहरी थुनामा रहेका राजकुमार साहले बताएका छन् ।
‘मैले निवेदन दर्ता   गरिदिनुस्,जुन दिन बोलाउँनु हुन्छ त्यहीदिन सूचना लिन आउँछु,भन्दा वडाअध्यक्षले यहाँ योग भवन निमार्ण समितिको कुनै सूचना छैन भन्दै हकारे ।’ साहले भने ‘ के कति कारणले सूचना दिनुहुन्न त्यो भएपनि लेखेर दिनुस् भन्दा मलाई वडा कार्यालयको बरण्डामा थुनेर राखियो र पछि प्रहरी बोलाएर जिम्मा लगाइयो ।’  साहले भने ‘ म झगडा गर्न गएको भए समूहमा जान्थे,वितेको ६ महिनादेखी कानूनी लडाई लडदै छु । सूचना माग्न जाँदा थुनिनु पर्यो यो कस्तो दरबार आयो गाउँमा ।’ वडा कार्यालयलले उपभोक्ता समिति निमार्ण गरी १० लाख रकम समेत खातामा ल्याइसकेको    थियो ।
मैले काम रोक्न निवेदन दिएपछि समितिको खाताबाट पैसा फिर्ता भयो । केही जनप्रतिनिधि उक्त उपभोक्ता समितिबाट पैसा कमाउने दाउमा   थिए । वडाअध्यक्षकै संलगन्तामा समिति बनेको र खातामा पैसा आएर फिर्ता भएको अवस्थामा रेर्कड छैन भन्न  मिल्छ ? साहले भने ‘मैले के कति  करणले सूचना दिन सक्नुहुन भन्दा वडाअध्यक्ष र वडासचिवले आक्रोसित भएर थुने र प्रहरीलाई जिम्मा लगाए,तर म हरेश खाने व्यक्ति होइन । हाम्रो कानूनी लडाई जारी रहन्छ ।’ वडाअध्यक्ष सत्यनारायण साहले योग भवन समितिबारे रेर्कड नभएकाले सूचना छैन भन्दा आक्रोसित भएर साहले चुप भन्दै मुख नजिक हात लगेपछि वडा सचिव र वडा सदस्यले थुनेर प्रहरीलाई जिम्मा लगाएको बताए । वडाअध्यक्ष साहले भने घरमै आएर राजकुमारले धम्काएको आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतिक बिष्टले वडाअध्यक्ष साहले कार्यकक्षमा दुरव्यहार गरेको भन्दै आवश्यक कार्यवाहीको लागि निवेदन दिएकोले राजकुमार साहलाई थुनामा   राखेको बताए ।
  स्थानीय राजकुमार साहले वडा कार्यालयमा हालिएको निवेदन  
के हो विवाद ः राजमार्गसगै जोडिएको कञ्चनरुप नगरपालिका ३ बरमझिया स्थित खेल मैदानलाई नै प्रभावित   हुनेगरी योग समितिले दुई वर्षअघि योग भवन निमार्ण सुरु गरेको थियो । योग भवनको जग(कुर्सी)सम्म निमार्ण कार्य भएको थियो । कञ्चनरुप नगरपालिकाको वडा नं. ३ ले आर्थिक वर्ष २०७४÷०७५ मा उक्त भवन पुरा गर्न १० लाख रकम विनयोजन गरेको थियो । खेल मैदानलाई नै मास्नेगरी योग भवन निमार्ण भइरहेको थाहपाए पछि राजकुमार साहले २०७४ फाल्गुन २१ गते नगरपालिकामा उक्त निमार्ण कार्य रोक्न निवेदन दिएका थिए । नगरपालिकाले २०७५ असार २४ गते वडा कार्यालयलाई चिठी लेखेरउक्त निमार्ण कार्य रोक्न निर्देशन दिएको    थियो । तर निर्देशनलाई अवज्ञा गर्दै निमार्ण कार्य जारी राखेपछि राजकुमार साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयमा ०७५ साउन १० गते उजुरी गरेका    थिए । अख्तियारले समेत उक्त भवन निमार्ण रोक्का गर्न नगरपालिकालाई पत्राचार गरेको थियो । योग भवन निमार्णमा वडासचिव नागेश्वर साह समेत सलंग्न रहेका छन् ।
स्थानीय चुनाव अधि योग भवन निमार्णको शुरुवात  
खेलमैदान नमास्न खेलाडीहरु माग ः १५० वर्षको इतिहास बोकेको खेलमैदानमा भइरहेको अतिक्रमण   रोक्न हिरोज स्पोटिङ्ग क्लबले २०७५ साउन २ गते कञ्चनरुप नगरपालिकालाई ध्यानार्षण गराएको थियो ।नगरपालिका भित्र एक मात्र खेल मैदानको जग्गा नगरपालिकाकै संलग्नतामा अतिक्रमण गरी मास्न  खोजेपछि खेलाडीहरु आक्रोशित भएका छन् । साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित शाखा कार्यालयमा दिएको निवेदनमा विगत ५ महिनादेखी उक्त अवैध भवन निमार्ण कार्य रोक्का गर्न कञ्चनरुप नगरपालिकाका निवेदन दिएपनि आवश्यक कार्यवाही नगरेको भन्दै तत्काल छानविन गर्न निवेदन दिएका थिए । निवेदनमा साहले आर्थिक चलखेलका आधारमा नगरपालिकाले कार्यवाही अघि नबढाएको उल्लेख  गरेका छन् । 
नगरपालिका र वडा कार्यालयलाई टेरेन योग समिति ः कञ्चनरुप नगरपालिकाको कार्यालयले गत असार २४ गते वडा नम्बर ३ लाई निमार्ण कार्य रोक्का गरी जानकारी गराउन पत्राचार गरेको थियो । ‘लोकमार्गको पश्चिम रहेको सार्वजनिक खेलकुद मैदानमा अवैध रुपले योग भवन निमार्ण भइरहेकोले नयाँ संरचना निमार्ण गर्नका लागि नियमअनुसार नक्सा पास गराई निमार्ण ईजाजत लिएर मात्र गर्नुपर्नेमा त्यसो नगरी वडा कार्यालय नजिकै  रहेको उक्त सार्वजनिक जग्गामा कानून विपरीत पक्की भनव कसले कुनै श्रोतबाट निमार्ण गरेको भएता पनि तत्कालै  रोक्नुपर्नेमा हालसम्म सो भवन निमार्ण कार्य नरोकिएको हुदाँ निमार्ण कार्य रोक्का गरी जानकारी दिनहुन भनि नगरपालिकाले अनुरोध थियो ।
हालको योग भवन
नगरपालिकाले लेखेको पत्रमामा भनिएको छ । नगरपालिकाले पत्राचार गरेपछि वडा कार्यालयले साउन १ गते योग भवन निमार्ण समितिलाई निमार्ण कार्य रोक्का राख्न पत्राचार  गरेको थियो । तर योग भवन निमार्ण समितिले नगरपालिका र वडा कार्यालयको पत्रलाई अटेरी गर्दै निमार्ण कार्य जारी राखेको छ । वडा कार्यालय नजिकै नगरपालिका मातहतका कर्मचारी समेतको मिलोमतोमा निमार्ण कार्यभइहेको र पत्राचार गरेर विधि मात्रै पु¥याउने काम गरेपछि बाध्य भएर अख्तियारमा जानु परेको स्थानीय राजकुमार साहले बताएका छन् ।

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: तानाशाही बन्दै जनप्रतिनिधि,सूचना माग्न जादा थुनामा
तानाशाही बन्दै जनप्रतिनिधि,सूचना माग्न जादा थुनामा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgbfJqbKj3Opxiu9bvBXYvkc0Iv3pK2mjnDEmU4g2NomqliA8bgP0XXrU5lx4ShpOh9hzwfVNZ7SCbGHLnlHlJkJmPk68pbTr45ZOuLp1hI0o_zkjyje6Ith2oCReh6TsOa9bl3d5h2aCE/s640/26165482_750120701840794_3100919502138962673_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgbfJqbKj3Opxiu9bvBXYvkc0Iv3pK2mjnDEmU4g2NomqliA8bgP0XXrU5lx4ShpOh9hzwfVNZ7SCbGHLnlHlJkJmPk68pbTr45ZOuLp1hI0o_zkjyje6Ith2oCReh6TsOa9bl3d5h2aCE/s72-c/26165482_750120701840794_3100919502138962673_n.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/09/Society.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/09/Society.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy