प्रेस काउन्सिल नेपालले मुल्याङ्गकन गरियो, कञ्चनरुप साप्ताहिक (ख) वर्गमा वर्गिकृत

राजकुमार पासवान कञ्चनपुर,२६ साउन । प्रेस काउन्सिल नेपालले पछिल्लो पत्रपत्रिका वितरण संपरिक्षण नतिजा विहिवार सार्वजनिक गरेअनुसार सप्तरीबाट...

राजकुमार पासवान
कञ्चनपुर,२६ साउन ।
प्रेस काउन्सिल नेपालले पछिल्लो पत्रपत्रिका वितरण संपरिक्षण नतिजा विहिवार सार्वजनिक गरेअनुसार सप्तरीबाट प्रकाशित तीन ओटा दैनिक (क) वर्गमा परेका छन् । 
सप्तरीबाट प्रकाशित १२ वटा दैनिक मध्ये राजविराज दैनिक,ताजा समाचार दैनिक र पुर्व प्रभात दैनिक स्थानीय पत्रिका( क) वर्गमा परेको छ । 
स्थानीय पत्रिका कञ्चनरुप साप्ताहिक (ख) वर्गमा  
प्रेस काउन्सिल नेपालले सार्वजनिक गरिएको नतिजामा पहिलो पल्टमा स्थानीय पत्रिका कञ्चनरुप साप्ताहिक (ख) वर्गमा परेको छ । सप्तरीको सदरमुकाम बाहिर कञ्चनरुप नगरपालिकाबाट प्रकाशित कञ्चनरुप साप्ताहिक पहिलो पल्टै ख वर्गमा पर्न सफल भएको हो ।
सप्तकोशी नगरपालिबाट प्रकाशित जनता टाइम्स साप्ताहिक स्थानीय पत्रिका दोश्रो पल्ट र क्षेत्रीय पत्रिका सगरमाथा आवाज (ख) वर्गमा परेको प्रेस काउन्सिल नेपालले जनाएको छ । 
क्षेत्रीय पत्रिका न्युज टुडे दैनिक(ख),स्थानीय पत्रिका ग्रिन मधेश दैनिक,नटखट दैनिक,राजविराज टुडे दैनिक पत्रिका (ख) वर्गमा बर्गिकृत भएको छ । सप्तरीबाट अन्य साप्ताहिक २८ वटा स्थानीय पत्रिका(ख) वर्गमा रहेका छन् । राष्ट्रिय पत्रिका सत्यापन साप्ताहिक तथा क्षेत्रीय पत्रिका कृष्णा दैनिक,आजको वातावरण दैनिक (ग) र कल्याण पोष्ट दैनिक (घ) वर्गमा परेको छ । 
सप्तरीको राजविराजबाट प्रकाशित आजको जनपुकार दैनिक,विलोचन,साप्ताहिक,सप्तरी पोष्ट साप्ताहिक,लोकसमीक्षा साप्ताहिक,श्री जनता साप्ताहिक,रिपोर्टस आवाज साप्ताहिक,गोरेटो ,तराई उजागर साप्ताहिक,सप्तरी टाइम्स साप्ताहिक र सूचना दिग्दर्शन साप्ताहिक हुवहुमा परेका छन् ।
आव २०७२
७३ र २०७३÷७४ को पत्रपत्रिका वर्गीकरणको प्रतिवेदन पत्रपत्रिका वितरण सम्परीक्षण समितिबाट काउन्सिलमा पेश भएकोमा सो प्रतिवेदन अध्ययन एवं थप मूल्यांकन समेतका आधारमा काउन्सिलले आर्थिक वर्षको वर्गीकरणको नतिजा स्वीकृत गरेकोले सोही अनुसार यो नतिजा सार्वजनिक गरिएको हो । नतिजा अनुसार आव २०७२÷०७३ मा वर्गीकरणको लागि आवेदन गर्ने ९१३ पत्रपत्रिकामध्ये ८२६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले ८७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।
त्यस्तै आव २०७३÷७४ मा आवेदन गर्ने ९५३ पत्रपत्रिकामध्ये ८१६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले १३७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् । उल्लेखित नतिजा उपर पुनरावलोकनको लागि १५ दिन र दोब्बर दस्तुरमा थप ७ दिनको समयमा आधार प्रमाणसहित काउन्सिलमा निवेदन दिन सकिने व्यवस्था गरिएको काउन्सिलले जनाएको छ ।

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: प्रेस काउन्सिल नेपालले मुल्याङ्गकन गरियो, कञ्चनरुप साप्ताहिक (ख) वर्गमा वर्गिकृत
प्रेस काउन्सिल नेपालले मुल्याङ्गकन गरियो, कञ्चनरुप साप्ताहिक (ख) वर्गमा वर्गिकृत
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgVOqV-S5EXLu79DtT43lUYXVNOuOOYnhWIWRk10iRYdx1NDl_vz2s8dYYzmIOxeTMmroSxwO5pYJEp2gD5LOMxi_BwUumisAAmsTuehNbWAHjEofMuouoOvmnD_46Il6LMYfyEz-l0a88/s640/Kanchanroop+photo.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgVOqV-S5EXLu79DtT43lUYXVNOuOOYnhWIWRk10iRYdx1NDl_vz2s8dYYzmIOxeTMmroSxwO5pYJEp2gD5LOMxi_BwUumisAAmsTuehNbWAHjEofMuouoOvmnD_46Il6LMYfyEz-l0a88/s72-c/Kanchanroop+photo.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/08/press-council.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/08/press-council.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy