कञ्चनरुप नपाले पनि कारवाही गर्ने कञ्चनपुर,२८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीमा गैर कानुनी रुपमा संचालनमा रहेको १४३ ओटा...
कञ्चनरुप नपाले पनि कारवाही गर्ने
कञ्चनपुर,२८ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीमा गैर कानुनी रुपमा संचालनमा रहेको १४३ ओटा विद्यालय बन्द गर्न पत्राचार गरेको छ ।
![]() |
शिक्षा मन्त्रालयले निजी विघालयलाई पत्रचार |
मन्त्रालयका उप–सचिव ढुण्डीराज अर्यालले हस्ताक्षर गरेको परि–पत्रमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त मिसिल नं. १९६९ अनुसार उक्त मिसिलमा उल्लेखित निर्णय प्रमुख जिल्ला अधिकारीसंग समेत समन्वय गरी सो निर्णय कार्यान्वयन गरी गराई १५ दिनभित्र यस शाखामा जानकारी दिनहुन निर्देशन अनुसार अनुरोध छ ।’ उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी जिल्लामा गैर कानूनी रुपमा सञ्चालित १४३ निजी विद्यालयहरुलाई पटक पटक विद्यालय बन्द गर्न चेतावनी दिँदा पनि नमानी अटेर गरेकोले कानून बमोजिम हदैसमम सजाय समेत गरी गैर कानुनी रुपमा संचालित विद्यालयहरुलाई बन्द गर्ने व्यवस्था मिलाई दिनुहुन अख्तियारले पठाएको मिशिलमा उल्लेख छ ।
अख्तियारले मन्त्रालयलाई पत्र काटेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शासकीय सुधार तथा निरीक्षण शाखाले असार ७ गते शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीलाई पत्राचार गरेर अनुमति नलिई संचालनमा रहेको विद्यालय बन्द गर्न परिपत्र गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग अनुगमन तथा तामेली महाशाखा टंगाल,काठमाण्डौं र शिक्षा विभाग,सानोठिमी,भक्तपुरलाई अनुगमन गरी सहजीकरण गर्नहुन पत्रमा उल्लेख छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख शंकर लुईटेलले सप्तरीका सबै स्रोत व्यक्तिहरुलाई कार्यरत रहेको नगर तथा गाउँपालिकामा गैर कानुनी रुपमा संचालित विद्यालयको सूचना संकलन गरी कार्यवाही अघि बढाउन पत्राचार गरेको बताए ।
अख्तियारले नै चासो लिएर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शासकीय सुधार तथा निरीक्षण शाखा मार्फत गैर कानुनी विद्यालय संचालकलाई हदैसम्मको कार्यवाही गर्न पत्राचार गरेको कारण यस पटक स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारी समेतको सहयोगमा गैरकानुनी विद्यालय बन्द गरिने प्रमुख लुईटेलले बताए ।
नगरपालिकाले पनि आपूmखुशी संचालन गरेको विद्यालयलाई कारवाही गर्ने ः कञ्चनरुप नगरपालिकाले आपूmले पाएको अधिकार समेत कार्यान्वय नगरेर सर्वसाधरण अविभावकलाई ठगीबाट जोगाउन कुनै भूमिका नखेलेको गुनासो संस्थागत विद्यालयका संचालकहरुले गर्दै आएका थिए । कञ्चनरुप नगरपालिकाले समेत सामुदायिक मा.वि. र आधारभुत विद्यालय, मदर्शा, संस्थागत विद्यालयहरु नियमानुसार दर्ता÷अनुमति लिएर मात्र संचालन गर्न र आपूmखुशी संचालन गरेको पाइएमा आवश्यक कारवाही गर्ने भन्दै ३५ दिने सूचना जारी गरेको छ ।
नगरपालिकाले जारी गरेको सार्वजनिक सूचनाको ३ नंम्बर बुद्याँमा विद्यालयहरु व्यवस्थित र अनुशासितरुपमा संचालन गर्न सम्बन्धित विद्यालय जवाफदेहि र जिम्मेवार हुनुपर्ने उल्लेख छ ।
COMMENTS