शिव प्रसाद आचार्य फत्तेपुर भाद्र ५ । सप्तकोशी नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६को बजेट सार्वजानिकिकरण कार्यक्रमको प्रमुख अतिथि कंञ्चनरुप...
शिव प्रसाद आचार्य
फत्तेपुर भाद्र ५ ।
फत्तेपुर भाद्र ५ ।
सप्तकोशी नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६को बजेट सार्वजानिकिकरण कार्यक्रमको प्रमुख अतिथि कंञ्चनरुप नगरपालिकाका मेयर वसन्त मिश्रले विकासको खर्च पारदर्शी हुनुपर्ने बताएका छन् ।नगरप्रमुख मिश्रले नगरको विकासमा सवैको चासो हुने भन्दै विकास गर्दा बजेट दुरुपयोग हुन नदिन सवैमा आग्रह गरे । उनले नदि नियन्त्रण, जंगली जनावर नियन्त्रण लगायत शिक्षा स्वास्थ्य क्षेत्रमा सुधार, वन विनास रोकथाम गर्न सवैले प्रयत्न गर्नुपर्ने बताए । आफु छिमेकीनगरपालिकाको प्रमुख भएको हैसियतले आवश्यक परेको खण्डमा सहयोग गर्न तयार रहेको समेत मिश्रले बताए ।
![]() |
सप्तकोसी नगरपालिका बजेट सार्वजनिकिकरण कार्यक्रममा सो कुरा बोल्दै ःनगर प्रमुख मिश्र |
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट व्यक्ति ने.क.पा.का नेता मुरारी कार्कीले नगरले अव विकासमा फडको मार्ने वताए । त्यस्तै कार्यक्रममा बोल्दै ने.क.पा.युवा नेता सन्तोष खतिवडाले जनताको बलिदानीबाट स्थापित गणतन्त्र र त्यसपछिको निर्मित स्थानिय सरकारले अव जनताले महसुस हुने गरी काम गर्न प्रोत्सान गरेका थिए । उनले करमा ज्यादै वृद्धि नगरेकोमा नगर सभालाई धन्यावाद दिदै अव विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने वताए । कार्यक्रमा ने.का.का नगर सभापति रमेश कार्कीले नगरको सर्वोपरी विकासमा आफ्नो पार्टीले सदैव सहयोग गर्ने बताए । संघिय समाजवादीका नगर संयोजक रामकुमार यादवले नगरविकासमा नगरपालिका गलत गरे पार्टिले सधै खवरदारी गर्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला वन महाँसंघका अध्यक्ष अशोक चौधरीले वनका समस्यामा नगरपालिकाले ध्यान नदिएको बताए ।
बजेट सार्वजनिकिकरण कार्यक्रममा बोल्दै गो.वै.ज. माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रशेखर चौधरीले शिक्षा समितिले गरेका कामहरु चित्त नबुझदो भएको बताए । कार्यक्रममा संघसंस्थाका प्रतिनिधि पार्टी प्रतिनिधी वडा अध्यक्षहरु, वडा सदस्यहरु कार्यापालिकाका सदस्यहरुको सहभागिता रहेको थियो । सप्तकोशी नगरपालिकाका मेयर उत्तम गौतमको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा उपमेयर आशा चौधरीले स्वागत मन्तव्य दिएको थिइन । कार्यक्रम वडा सदस्य कालुराम विष्टले सन्चालन गरेका थिए ।
COMMENTS