कञ्चनपुर,१ भाद्र । सप्तरीका ५ जनाले राहत रकम अझै लिएको छैन कञ्चनपुर,साउन २९ । कोशी टप्पु वन्यजन्तु आरक्षका जनावरबाट पिडीत परिवारले ५० ल...
कञ्चनपुर,१ भाद्र ।
सप्तरीका ५ जनाले राहत रकम अझै लिएको छैन कञ्चनपुर,साउन २९ । कोशी टप्पु वन्यजन्तु आरक्षका जनावरबाट पिडीत परिवारले ५० लाख १३ हजार ४ सय ८० रुपैया पाउने भएका छन् । कञ्चनरुप – १०का पूmलियादेवी यादबको परिवारले समेत १० लाख रकम पाउने भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा सुनसरीका रेञ्जर लक्ष्मी राईका अनुसार ३ जना मृतकका लागि ३० लाख,१२ जना घाईतेका लागि ९ लाख ६० हजार ९ सय ८० रुपैया र १२४ जना घरगोठ क्षतिपूर्तिका लागि १० लाख ५२ हजार ५सय रुपैया आएको बताइन् । रेञ्जर राईका अनुसार गत मंसिर १२ गते हात्ती आक्रमणबाट मारिएकी कञ्चनरुप १०की पूmलियादेवी यादबको परिवारले समेत राहत स्वरुप पाउने १० लाख लिन बाँकी रहेको रेञ्जर राईले बताइन् । उनले भनिन् ‘ हामीले मृतक परिवारलाई सम्पर्क गरी सकेका छौं,एक दुई दिन भित्रै रकम लैजान्छ ।’

हात्ती आक्रमणबाटै मारिएकी सुनसरीको बराह नगरपालिका ९का रविलाल उराब र कोशी गाउँपालिका ४की सहजादी खातुनका परिवार जनले १०र१० लाख राहत रकम पाइसकेका छन् ।
आरक्षका जनावरबाट घाईतेमध्ये सप्तकोशी नगरपालिका ११का महेश कुमार खंगका लागि आएको ७ हजार ८ सय ९८ रुपैया,सो नपा वडा नं.१०का लिलदेवी यादबले पाउने ४९ हजार ९ सय २२ रुपैया लिन बाँकी छ । सप्तकोशी नपा १० कै सहदेव यादब र इन्द्रदेव यादब समेतले घाईते भए वापत पाउने रकम लिन बाँकी रहेको छ । त्यस्तै कञ्चनरुप नगरपालिका ४की रम्बा कुमारी चोधरीले समेत घाईते भएपछि पाउने राहत रकम लिएकी छैनन् ।
आरक्षबाट निस्केका जनावरको आक्रमणबाट मारिएको परिवाले १० लाख,गम्भिर घाईते बनाएको अवस्थामा उपचार खर्च २ लाखसम्म र समान्य घाईते बनाएको अवस्थामा एकलाखसम्म उपचार खर्च दिने व्यवस्था छ । त्यस्तै आरक्षबाट आएका जनावरले घरगोठ क्षति गरेको खण्डमा १० हजारसम्म राहत दिने व्यवस्था छ ।
प्रकाशित मिति ः २०७५ भाद्र १ गते
समय ः१ ः २५
COMMENTS