कञ्चनपुरमा सोमबारबाट दन्त चिकित्सा र एक्स–रे सेवा सुचारु कञ्चनपुर भाद्र ४ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित प्राथमिक स्वास्थ्य उपच...
कञ्चनपुरमा सोमबारबाट दन्त चिकित्सा र एक्स–रे सेवा सुचारु
कञ्चनपुर भाद्र ४ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्र कञ्चनपुरमा सोमबारबाट दन्त चिकित्सा र एक्स–रे सेवा सुचारु भएको छ । कञ्चनरुप नपाका प्रमुख वसन्तकुमार मिश्राले एक कार्यक्रम बीच उक्त दुवै सेवाको उद्घाटन गरेका थिए ।![]() |
कञ्चनरुप नपाका प्रमुख वसन्तकुमार मिश्राले एक कार्यक्रम बीच उक्त दुवै सेवाको उद्घाटन गर्दै |
नगरपालिकाले तलब खुवाउने गरी डेन्टल सर्जन डा. संजय साह लाई नियुक्ति गरी सेवालाई निरतरता दिने बताइएको छ । दाँत उपचारसंगै एक्स–रे सेवा समेत सुचारु गरिएको छ । यसअघि स्वास्थ्य केन्द्रमा एक्स–रे सुविधा उपलब्ध थिएन ।कञ्चनरुप नगरपालिकाले नीति तथा कार्यक्रममा नै जनताको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन केन्द्रमा स्वास्थ्य सेवा विस्तार गर्ने उल्लेख गरेको थियो । कञ्चनरुपका नगरप्रमुख वसन्तकुमार मिश्राले नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरीरहेको बताए ।
‘प्रदेश २मा पछि मात्र चुनाव भएकोले जति काम गर्न सक्नु पर्ने हो,त्यो समयको अभावले गर्ने सकेनौं ।’ प्राथमिक उपचार केन्द्रमा नै कसरी बढीभन्दा बढी सुविधा दिने त्यसतर्फ स्वास्थ्यकर्मी,जनप्रतिनिधि सबै लागि रहेको नगरप्रमुख मिश्रले बताए ।
‘लामो समयदेखी हामीहरुले २ ओटा काममा जोड दिएका थियौं। पहिलो, प्राथमिक स्वास्थ्य केन्द्रको स्तर वृद्धि गराएर अस्पताल बनाउने र दोस्रो विद्युतको समस्या धेरै भएकोले शाखा कार्यालय बनाउने । विद्युतको कार्यालय नाम मात्रको थियो । सम्मपूर्ण काम राजविराजबाट हुन्थ्यो । साउन २८ गतेको निर्णयबाट कञ्चनपुरमा शाखा कार्यालय भएको छ । अस्पताल बनाउने सोचमा अझै हामी लागिरहेका छौं ।’ नगरप्रमुख मिश्रले स्वय मसेविका देखी,स्वास्थ्यकर्मी र जनप्रतिनिधिसबै मिलेर स्वास्थ्य क्षेत्रबाट बढीभन्दा बढी सेवा दिन लागि परेको बताएका थिए ।
कार्यक्रमका अध्यक्षता गरेका प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर संजीव झाले सर्प दंशको उपचारका लागि धरानसंग समन्वय गरिरहेको जानकारी गराएका थिए । आकस्मिक सेवालाई दृढतापूर्वकसंचालनका लागि लागि परेको बताउँदै डाक्टर झाले भने ‘सेवा संचालनमा ल्याउनमा समस्या छैन । तर दिर्घकालिन रुपमा स्थापित गर्ने कुरा महत्वपूर्ण हो ।’ हप्ता दश दिन भित्र आँखा र कान उपचार पनि स्वास्थ्य केन्द्रबाट हुने डाक्टर झाले जानकारी गराएका थिए ।
कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष हरिकृष्ण महतो,जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख निरंजन यादब,स्वास्थ्य चौकी बदगामाका कमलप्रसाद चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।
उद्देश्य वारे प्रकास पार्दै कार्यक्रमको संचालन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक डम्बर गुप्ताले गरेका थिए ।
COMMENTS