कञ्चनरुप सम्वाददाता कञ्चनपुर,१७ असार । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले चेकजाचको क्रममा बिहीबार भरुवा बन्दुक सहित एक जनाल...
कञ्चनरुप सम्वाददाता
कञ्चनपुर,१७ असार ।
कञ्चनपुर,१७ असार ।
सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले चेकजाचको क्रममा बिहीबार भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको चेकजाँचको क्रममा जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका –
२ वस्ने २६ वर्षीय दिनेश गिरी काँकडभिटाबाट धनगढी जाँदै गरेको ना.५ ख १२२६ नम्बरको मितेरी यातायातमा सबार भई आईरहेको अवस्थामा इलाका प्रहरी कार्यालय कञ्चनपुरको अगाडी उक्त बसबाट गिरीलाई पक्राउ गरिएको थियो ।
पक्राउ गरिएको गिरीको साथबाट भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने ५५ ग्राम कच्चा पदार्थ, ५ थान टर्च लाईट बरामद गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रतिक विष्टले बताउनुभयो ।
पक्राउ गरिएको गिरीलाई हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको निरिक्षक विष्टले बताए ।
COMMENTS