लागु औषध विरुद्ध विभिन्न कार्यक्रम

कञ्चनरुप सम्वाददाता  कञ्चनपुर,१७ असार । सप्ताह व्यापी कार्यक्रम अन्र्तगत मङ्गलवार लागूऔषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तर्राष्टिय ...

कञ्चनरुप सम्वाददाता 
कञ्चनपुर,१७ असार ।
सप्ताह व्यापी कार्यक्रम अन्र्तगत मङ्गलवार लागूऔषध दुरुपयोग तथा ओसारपोसार बिरुद्धको अन्तर्राष्टिय दिवस सप्तरीमा समेत मनाइएको छ ।
दिवसको अवसरमा राजविराजमा अन्तरक्रिया कार्यक्रम तथा प्रभातफेरीको  आयोजना गरियो । प्रमुख जिल्ला अधिकारी निवासबाट निकालिएको सरोकारवालाहरुको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गर्दै जिल्ला समन्वय समितिमा पुगेर अन्तरकृयामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लागू औषधमा कम उमेरका किशोर(किशोरी समेत फँस्न थालेको बताए । यसबाट बच्न सबैले ध्यान दिनुपर्ने बताउँदै उनले भने ‘अभिभावक तथा शिक्षकहरुले यसतर्फ खास चासो दिईनुपर्दछ ।’ लागूऔषध ओसारपोसार गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यक्ता रहेको बताउँदै यसमा सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी भावेश रिमालले लागूऔषधको अवस्था भयावह भएको भन्दै प्रहरी यसलाई न्यूनिकरण गर्न लागि परेको बताए । खासगरी सीमा नाकामा प्रहरी लागूऔषधबारे कडा निगरानी बढाएको बताउँदै लागूऔषध ओसारपसार गर्ने व्यक्तिबिरुद्ध प्रहरीले शून्य सहनशिलताको नीति लिएको जानकारी दिए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निरन्जन प्रसाद यादवले लागूऔषधले व्यक्तिको शरीरमा गरिने प्रभावको बिषयमा प्रकाश पारे ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी प्रह्लाद पोखरेल, अन्तरपार्टी महिला संजालकी जिल्ला अध्यक्ष सुनिता साह, नागरिक संजालका अध्यक्ष सुखराम यादव, सवल नेपालका अशोक साह लगायतले मन्तव्य व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय, सप्तरी युथ नेपाल र सवल नेपालको समन्वयमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी पौडेलले गरे । सञ्चालन सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देवले गरेका थिए ।
यसअघि दिवसको अवसरमा सप्तरी युथ नेपाल र सबल नेपालले सिमावर्ती तिलाठी भन्सारमा लागू औषध विरुद्धको हेल्प डेस्क स्थापना गरेका थिए । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयले महिला स्वास्थ्य स्वयंसेविका मार्फत् जनचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । 

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: लागु औषध विरुद्ध विभिन्न कार्यक्रम
लागु औषध विरुद्ध विभिन्न कार्यक्रम
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjugO3mih8ZWo1UM69e78FLuZUIeyVVVpK0yEdt6YZQMEc_ZXTGS7vJHKgVNGfX7Tcx3chAPYHrdf7WSKbc-9dBQ6sZgqixhnrDJRPydaZxQRkdBzNt74B2ilyUReiWh_4gN8asTsuZzzs/s320/Rally-Saptari-Youth-2.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjugO3mih8ZWo1UM69e78FLuZUIeyVVVpK0yEdt6YZQMEc_ZXTGS7vJHKgVNGfX7Tcx3chAPYHrdf7WSKbc-9dBQ6sZgqixhnrDJRPydaZxQRkdBzNt74B2ilyUReiWh_4gN8asTsuZzzs/s72-c/Rally-Saptari-Youth-2.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/07/blog-post_39.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/07/blog-post_39.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy