राजकुमार पासवान कञ्चनपुर,८ श्रावण । सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित एक मात्र खेल मैदानको जग्गा अतिक्रमण गरेर अव...
राजकुमार पासवान
कञ्चनपुर,८ श्रावण ।
कञ्चनपुर,८ श्रावण ।
सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित एक मात्र खेल मैदानको जग्गा अतिक्रमण गरेर अवैध तरिकाले भवन निमार्ण थालिएपनि हिरोज स्पोर्टिङ्ग क्लव बरमझियाले नगरपालिकालाई ध्यानाकर्षण गरिएको छ ।
कञ्चनरुप नपा ३ बरमझिया स्थित उक्त खेल मैदान विगत १५० बर्ष देखि यहाँको एउटा इतिहास बोकेको खेल मैदान बरमझियाको रन भनेर जिल्ला भरी परिचित तथा उक्त खेल मैदानमा हिरोज स्पोर्टिङ्ग क्लवका खेलाडीहरुले विगत ५० बर्ष देखि खेलकुद
गर्दै आईरहेको र २०५५ साल देखि “हिरो क
प”फुटबल प्रतियोगिता जिल्लाकै उत्कृष्ट प्रतियोगिता सञ्चालन गर्दै आएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
हिरोज स्पोर्टिङ्ग क्लव बरमझियाका अध्यक्ष विजय कुमार चौधरीद्धारा जारी गरिएको लिखित ध्यानाकर्षण पत्रमा भनिएको छ, कि कञ्चनरुप नगरपालिका भित्र भएको एउटा मात्र सुविधा सम्पन्न खेल मैदानमा केही व्यक्ति र नगरपालिका मातहतका कर्मचारी र केही जनप्रतिनिधिको सहयोगमा अवैध भवन निमार्ण गर्न लागिएको खेल मैदानको किता नं. ३५२ भित्र नै पर्न गएकाले तत्काल नै अवैध भवन निमार्ण भतकाई खेल मैदान सुरक्षित गराइदिनु हुन समेत अनुरोध गरिएको छ ।
सो ध्यानाकर्षण पत्रमा स्थानीय स्वायत शासन ऐन अन्तर्गत अवैध निमार्ण कार्यमा संलग्न व्यक्तिहरु माथी कार्यवाही गर्नुपर्ने भनिएको छ । उक्त ध्यानाकर्षण पत्र २०७५ श्रावण २ गते बुधवार २८ नं. दर्ता गराएको क्लवका चौधरी ताउनु भएको छ ।
COMMENTS