नगरपालिकाकै संलग्नतामा खेल मैदानको जग्गा अतिक्रमण

बरमझिया(सप्तरी) ३१ असार । कञ्चनरुप नगरपालिका भित्र रहेको एक मात्र खेल मैदानको जग्गा अतिक्रमण गरेर अवैध तरिकाले भवन निमार्ण थालिएपनि नगरपाल...

बरमझिया(सप्तरी) ३१ असार ।
कञ्चनरुप नगरपालिका भित्र रहेको एक मात्र खेल मैदानको जग्गा अतिक्रमण गरेर अवैध तरिकाले भवन निमार्ण थालिएपनि नगरपालिकाले कुनै चासो नलिएको स्थानाीयवासीले आरोप लगाएको छ ।
कञ्चनरुप नपा ३ बरमझिया स्थित उक्त खेल मैदानको पश्चिमपट्टी १६ पिलर भएको भवन अवैध रुपमा निमार्ण थालिएको छ । कञ्चनरुप नपा २का राजकुमार साहले गत फागुन २१ गते नगरपालिकामा उक्त अवैध भवन निमार्णबारे सूचना माँग गर्दै तत्काल रोक्न माँग गरेका थिए । निमार्णधिन भवनको लागि नगरपालिकाले अनुमति दिएको हो कि होइन वा के कस्तो प्रमाणको अधारमा निमार्ण भईरहेको छ वा आपूm खुशी बनाएको हो ? भन्दै नगरपालिकाको ध्यानाकर्षण गरेका थिए ।
सार्वजनिक जग्गा संरक्षण गर्ने अधिकार नगरपालिकालाई छ । तर नगरपालिकाका स्वयम अवैध काम गर्न प्रोत्साहित गरीरहेको आरोप साहको छ । ‘ म चार महिनादेखी नगरपालिका धाइरहेको छु , तर नगरपालिकाले कुनै चासो दिनु भएन र उक्त काम बन्द गर्न कुनै पहल पनि गरेन । राजकुमार साहले भने ‘ वडा नम्बर २का इकाइल शेखले सार्वजनिक जग्गामा ठहरा बनाउन खोज्दा नगरपालिकामा निवेदन पर्दा २४ घण्टा नबित्दै नगरपालिकाले चिठी लेखेर उक्त काम तत्तकाल बन्द गर्न पत्राचार गरेको थियो । तर हामीले सोही ठाउँमा सोही प्रकृतिको मुद्दा उठाउँदा कुनै कार्यवाही नगर्नुले आर्थिक चलखेलको आशंका बढाएको छ ।
इकाइल शेखलाई नगरपालिकाका कार्यकारी अधिकृत अम्बिका प्रसाद चौलागाईले जेष्ठ १५ गते चिट्ठी लेख्दै भनेको छ‘ नगरपालिका भित्र नयाँ संरचना तयार गर्दा नियमानुसार नक्सा पास गरि ईजाजजत पत्र लिएर मात्र गर्नु पर्नेमा सो नगरी आफु खुशी सार्वजनिक एैलानी जग्गामा निमार्ण कार्य गरिरहेको जानकारी प्राप्त भएकोले स्थानीय सरकार संञ्चालन ऐन २०७४को दफा २७को उपदाफा(१)दफा ४२को उपदफा(१)बमोजिम हाल सुचारु रहेको निमार्ण कार्य रोक्का राखी आवश्यक सम्मपूर्ण कागजात एवं प्रमाण सहित ७ दिन भित्र यस कार्यलयमा सम्पर्क गर्न हुन जानकारी गराईन्छ ।
‘निर्धारति समयभित्र कार्यालयसँग समन्वय नगरी निमार्ण कार्य अगाडी बढाएमा प्रचलित ऐन नियम बमोजिम कारवाही भई जाने व्यहोरा समेत यसै पत्र मार्फत जानकारी गराइन्छ ।अन्त्यथा,स्थानीय सरकार सञ्जालन ऐन,२०७४ को दफा ३९को उपदफा(५)बमोजिम पाँच लाख रुपैयासम्म जरिवाना समेत भई जाने व्यहोरा जानकारी गराईन्छ । कसैले नियमविपरीत सार्वजनिक घर बनाएमा भत्काउने समेत अधिकार छ ।
कञ्चनरुप साप्ताहिकसंग कुरा गर्दै कार्यकारी अधिकृत चौलागाईले भने ‘ सार्वजनिक जग्गामा कुनै पनि व्यक्ति वा संस्थाले घर बनाउन पाउदैन । घर बनाउन व्यक्तिको नाममा जग्गा हुनु प¥यो । निवेदक साहले नगरपालिकाको प्रमुख लगायतका व्यक्तिहरुको समेत मनसाय खेल मैदान मास्ने रहेको दावी गरे । 
नगरपालिका भित्र एक मात्र खेल मैदानको जग्गा नगरपालिकाकै संलग्नतामा अतिक्रमण गरी मास्न  खोजेपछि यूवाहरु समेत आक्रोशित भएका छन् । बरमझियाका एक यूवाले भने ‘ गरिब व्यक्तिले झोफडी भत्काउन डोजर चल्छ तर खेल मैदान अतिक्रमण रोक्न कस्ले रोकेको छ ? हाम्रो माँग सुनवाई नभए नगरपालिकाका घेर्न बाध्य हुने स्थानीयहरु बताउछन् । 

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: नगरपालिकाकै संलग्नतामा खेल मैदानको जग्गा अतिक्रमण
नगरपालिकाकै संलग्नतामा खेल मैदानको जग्गा अतिक्रमण
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjm-tysrfQuJblYfjm8Nv6x8wx9X3c3c9PBfbPTWzWORb7xXV6fl1lIIiCh6N70rdRJo5SGOVRDADgpZYZ5Ks4jYhlQ9RHKXJNYhjQl4NkoUeQUP78TNBwRWDD3ihI8TO52FVKl4dq_ZEs/s320/Barmjhiya+Khel+Meidan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjm-tysrfQuJblYfjm8Nv6x8wx9X3c3c9PBfbPTWzWORb7xXV6fl1lIIiCh6N70rdRJo5SGOVRDADgpZYZ5Ks4jYhlQ9RHKXJNYhjQl4NkoUeQUP78TNBwRWDD3ihI8TO52FVKl4dq_ZEs/s72-c/Barmjhiya+Khel+Meidan.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/07/blog-post_15.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/07/blog-post_15.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy