कञ्चनरुप सम्वाददाता कञ्चनपुर,१७ असार । सप्तरीको कञ्चनरुप नगरपालिकामा भित्र एकिकृत मातृ शिशु बाल्यकालिन पोषण र बालभिटा समुदाय प्रवद्धन का...
कञ्चनरुप सम्वाददाता
कञ्चनपुर,१७ असार ।
प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाको सहयोगमा एकिकृत मातृ शिशु बाल्यकालिन पोषण र बालभिटा समुदाय प्रवद्धन तिन दिने अन्तक्रिया कार्यक्रममा मातृ, शिशु तथा बाल्यकालीन पोषणको आबश्यकता,पोषण र यसको महत्व,सामाजिक व्यवहार परिवर्तन सञ्चार र बिरामी अबस्थामा बालबालिकाको खाना र हेरचार लगायत छलफल गरिएको थियो ।
कञ्चनपुर,१७ असार ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा भित्र एकिकृत मातृ शिशु बाल्यकालिन पोषण र बालभिटा समुदाय प्रवद्धन कार्यक्रम लागु हुने भएको छ ।

कञ्चनरुप अन्र्तगत रहेका स्वास्थ्य शाखा प्रमुख र पोषण कार्यक्रम हेर्ने फोकल पर्सन कर्मचारी गरि २२ जनाको सहभागी रहेको र ६ महिना भन्दा माथी र २ बर्ष भन्दा भित्रका बालबालिकाहरुलाई २०७५ श्रावण देखि लागु हुने कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा संयोजक डम्बर प्रसाद गुप्ताले बताउनु भएको छ ।
तिन दिने अन्तक्रिया कार्यक्रममा प्रशिक्षक जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्य अधिकृत कलिदेव साह, कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा संयोजक डम्बर प्रसाद गुप्ता, सह प्रशिक्षकमा स्वास्थ्य सह संयोजक सुरेन्द्र यादव र आन्नद प्रसाद गुप्ता रहेको थियो । साथै कञ्चनरुप नगरपालिका भित्रका प्रत्येक स्वास्थ्य चौकीका अहेव र अनमी गरि २२ जना सहभगीहरुलाई शनिवार देखि दुई दिने शीध्र कुपोषणको एकिकृत व्यवस्थापन तालिम शुरु गरिएको स्वास्थ्य संयोजक गुप्ताले बताउनु भएको थियो ।