राजकुमार पासवान कञ्चनपुर(सप्तरी),४ असार । बिजुली चोरी नियन्त्रण गर्ने अभियान थालेको नेपाल विद्युत् प्राधिकरणले बिजुली चोरेर प्रयोग गरेक...
राजकुमार पासवान
कञ्चनपुर(सप्तरी),४ असार ।
सुरक्षाकर्मीसहित राजविराज वितरण केन्द्र खटिएको टोलीले तिरहुत गाउँपालिका(५ का वडाध्यक्ष चौधरीले हुकिङ गरी तरकारी खेतमा विद्युत् प्रयोग गर्दै गरेको अबस्थामा टोलीले वडाध्यक्षसहित हुकिङ गर्ने तिरहुत गाउँपालिकाका २१ जनालाई समेत पक्राउ गरेको थियो । वडाध्यक्ष चौधरी १५ हजार जरिवाना तिरी शुक्रबार छुटेको प्राधिकरण राजविराजले जनाएको छ । प्राधिकरणले चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको तथ्यांक सार्वजनिक गरेको छ । बिजुली चोरीका कारण मुलुकले राजस्व गुमाउँदै आएको प्राधिकरणको भनाइ छ ।
कञ्चनपुर(सप्तरी),४ असार ।
बिजुली चोरी नियन्त्रण गर्ने अभियान थालेको नेपाल विद्युत् प्राधिकरणले बिजुली चोरेर प्रयोग गरेको भेटेपछि बिहीबार वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको थियो ।
चोरी नियन्त्रणका लागि बिहीबार खटिएको विद्युत् प्राधिकरणको टोलीले सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, गृहसचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बुधबारको बैठकले विद्युत् चोरी नियन्त्रणलाई परिणाममुखी बनाउने निर्णय गरेको थियो । यही निर्णयका आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले संयुक्तरुपमा चुहावट नियन्त्रण कार्यायोजना बनाएर काम सुरु गरिसकेका छन् ।
विद्युत् चोरी नियन्त्रण ऐन २०५८ र नियमावली २०५९ मा विद्युत् चोरी गरेर प्रयोग गरिएका उपकरणलाई लाग्ने लोडका आधारमा हिसाब गरी एक वर्षको अनुमानित जरिवाना तिराउने व्यवस्था छ । यही व्यवस्थाअनुसार निर्धारण गरिएको जरिवाना तिरी तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रमानन्द चौधरी छुटेका हुन् । यसअघि बर्दियाको मधुवनी नगरपालिका(२ का वडाध्यक्ष पहाडी थारू पनि विद्युत् चोरीमा पक्राउ परी जरिवाना तिरेर मुक्त भएका थिए ।
COMMENTS