प्रधानाध्यापक चौधरीले अनियमितता गरेको पुष्टि,६लाख ७३ हजार बैंकमा जम्मा

कञ्चनरुप सम्वाददाता  कञ्चनपुर,१३ असार ।    सप्तरीको कञ्चनरुप नगरपालिका–३ बरमझिया बनरैतटोल स्थित राष्ट्रिय माध्यमिक विद्यालयकी प्रधानाध्या...

कञ्चनरुप सम्वाददाता 
कञ्चनपुर,१३ असार ।   
सप्तरीको कञ्चनरुप नगरपालिका–३ बरमझिया बनरैतटोल स्थित राष्ट्रिय माध्यमिक विद्यालयकी प्रधानाध्यापक राजेश्वरी चौधरीले विद्यालयको रकम अनियमितता गरेको आरोप पुष्टि भएको छ । 
प्रधानाध्यापक राजेश्वरी चौधरीले विद्यालयको राष्ट्रिय वाणिज्य बैंक लि.राजविराज शाखामा रहेको खाता नम्बर १८०२मा जेष्ठ ३० गते ४ लाख ४३ हजार र ३१ गते २ लाख ३० हजार गरी ६ लाख ७३ हजार रकम जम्मा गरेको छ । विद्यालयको खातामा रकम जम्मा गरेर भौचर समेत कञ्चनरुप नगरपालिकाको वडा नम्बर ३का वडाअध्यक्ष सत्यनारायण साहलाई बुझाएको छ । छानविन टोलीको सहभागितामा विद्यालयमा भएको सर्वपक्षिय भेलामा प्रअ चौधरीले विद्यालयको खातामा ९लाख ४९ हजार रकम तत्काल जम्मा गर्न निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार प्रअ चौधरीले ६ लाख ७३ हजार रकम जम्मा गरेको र बाँकी रकम समेत क्रमश ः बैंकमा जम्मा गर्ने बताइएको छ । 
चौधरीले पैसा जम्मा गरेपछि उनीमाथि लागेको आरोप पुष्टि भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयशियाराम मण्डलले बताए । ‘हामीले आरोप नभई वास्तविक समस्या राख्दा कथित भष्ट्राचार विरोधी नेताहरुले समेत साथ नदिएको र उल्टै कार्यवाही नगर्न समेत दवाव समेत दियो । अध्यक्ष मण्डलले भने ‘ विद्यालयको सम्पती हिनामिना गर्ने र गरिब बालबालिकाहरुका लागि आएको छात्रवृत्ति र पाठ्यपुस्तकको समेतको पैसा अनियमिता गर्ने प्रअ चौधरीले पैसा जम्मा गरेपछि आवश्यक कार्यवाही अघि बढाउनु पर्छ,त्यसो नगरिए हामी अर्को विकप्ल खोज्छौं । 
के भएको थियो विद्यालयमा ः 
विद्यालय व्यवस्थापन समिति,वडाअध्यक्ष र शिक्षक अविभावकसंघका अध्यक्षले संयुक्त रुपमा प्रधानाध्यापक राजेश्वरी चौधरी माथि निवेदन दिदैँ उनीमाथि छानबिन र कारबाहीको माग गरेका थिए । 
अध्यक्षत्रयले बैशाख ३१ गते जिल्ला शिक्षा समन्वय इकाई, इलाका प्रशासन कार्यालय र कञ्चनरुप नगरपालिकामा प्रअ चौधरी विरुद्ध लिखित उजुरी दिँदै कारबाही माग गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयसियाराम मण्डल, वडाध्यक्ष सत्यनारायण साह र शिक्षक अभिभावक संघका अध्यक्ष हरिनारायण यादवले हस्ताक्षर गरी प्रअ चौधरीमाथि कारबाही माग्दै निवेदन दर्ता गराएका थिए । 
प्रअ चौधरीले २०७२ साल कात्तिक १ गतेदेखि हालसम्म विभिन्न शीर्षकमा विद्यालयमा आएको रकम चरम हिनामिना गरेको समितिको आरोप छ । चौधरीले करिब १७ लाख रुपैयाँ अनियमित तवरले खर्च गरेको समितिका अध्यक्ष मण्डलले आरोप लगाएका थिए ।
२०७२ सालदेखि हालसम्म विद्यालयमा छात्रवृत्ति शीर्षकमा आएको ४ लाख १७ हजार रुपैयाँ, कम्प्युटर खरिदका लागि आएको २ लाख ९० हजार रुपैयाँ समेत व्यक्तिगत रूपमा खर्च गरेको व्यवस्थापन समितिको आरोप छ ।
यस्तै पुस्तकालय व्यवस्थापन बापत आएको ७ लाख ४८ हजार, २०७३/७४ र ०७४/७५ मा पाठयपुस्तक बापत आएको ३ लाख ४२ हजार ९ सय ४५ रुपैयाँ र २०७२ सालदेखि हालसम्म विद्यालयको नाममा रहेको खेतको उब्जनीबाट आएको धान, रूख बापत आएको रकम तथा सर्टि्फिकेट लगायतबाट प्राप्त रकम समेत हिनामिना गरेको आरोप लगाइएको छ ।
प्रअ चौधरीले हिनामिना गरेको रकम असुलउपर गराई तत्कालका लागि विद्यालयको खाता समेत रोक्का गरिदिन निवेदनमा माग गरिएको थियो । शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीले जेष्ठ २४ गते विद्यालयको खाता रोक्न बैंकलाई परिपत्र गर्दै विद्यालय निरीक्षक दिपकुमार यादब र स्रोतव्यक्ति दामोदर ठाकुरलाई छानविन गरी समस्या समाधान गर्न खटाएको थियो । ७ दिनको समयमा सिमा दिएको उक्त समितिका संयोजक विनि दिपकुमार यादब नेतृत्वको टोलीले विद्यालयमा आएर शिक्षक,अभिभावक,विद्यालय व्यवस्थापन समिति,वडाअध्यक्ष  र प्रअ चौधरीसंग छलफल गरेको थियो । 
व्यवस्थापन समितिले पटक–पटक प्रअ चौधरीसित हरहिसाब माग गरे पनि उनले नदिएको, ०७४ साल चैत १७ गते को व्यवस्थापन समितिको बैठकले आर्थिक आय–व्ययको लिखित जानकारी दिन सातदिने म्याद दिए पनि अटेर गरेको थियो । 
अध्यक्ष मण्डलका अनुसार बैशाख ३ गतेको स्टेटमेन्ट अनुसार प्रअ चौधरीले विद्यालय खातामा ४२ हजार रकम मात्र बाँकी राखेको बताए ।
समितिले पटक पटक खोजीनीति गर्दा केही समय पहिले विद्यालयमा अविभावक,समिति,वडाअध्यक्ष ,शिक्षक र प्रअ सहितको बैठक बसेको थियो । उक्त बैठकमा प्रअ चौधरीलाई छात्रवृत्ति,पुस्तकालय,कम्प्युटर खरीद वापतको रकम तत्काल जम्मा गर्न समय दिइएको थियो । तर उक्त समयसिमाभित्र रकम जम्मा नगरेपछि कानुनी प्रक्रिया सुरु गरिएको अध्यक्ष मण्डलले बताए ।
उनले आफूखुशी विद्यालयको रकम चलाउन थालेपछि गत वैशाख ८ गते भएको व्यवस्थापन समितिको बैठकले उनीमाथि छानबिन र कारबाहीका लागि अगाडि बढने निर्णय गरेको थियो । 
यसअघि प्रधानाध्यापक चौधरीले आफूले विद्यालयको एक रुपैया पनि अनियमितता नगरेको दाबी गरेकीथिइन । 




COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: प्रधानाध्यापक चौधरीले अनियमितता गरेको पुष्टि,६लाख ७३ हजार बैंकमा जम्मा
प्रधानाध्यापक चौधरीले अनियमितता गरेको पुष्टि,६लाख ७३ हजार बैंकमा जम्मा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhydDZTZ8_ZPFic71kKV-ZmORPDFN1YbrIX79sNJtAkU_Sm4POfHrzl6bdVyouHNGLR8M6HuFyxKu1UHEgrZxqburqmiVoE2gis57xzwmuk3STLfzCXhzKiqZ3kpy1mSffG3_cJi9yAayE/s1600/14470445_192403564527530_890321494811425838_n.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhydDZTZ8_ZPFic71kKV-ZmORPDFN1YbrIX79sNJtAkU_Sm4POfHrzl6bdVyouHNGLR8M6HuFyxKu1UHEgrZxqburqmiVoE2gis57xzwmuk3STLfzCXhzKiqZ3kpy1mSffG3_cJi9yAayE/s72-c/14470445_192403564527530_890321494811425838_n.png
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/06/blog-post_26.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/06/blog-post_26.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy