कञ्चनरुप सम्वाददाता कञ्चनपुर,२८ जेष्ट । कञ्चनरुप नगरपालिकामा अनुमतिभन्दा बढी कक्षा संचालन गरेर अभिभावक ठग्ने विद्यालयका संचालकहरुले नगरपा...
कञ्चनरुप सम्वाददाता
कञ्चनपुर,२८ जेष्ट ।
गत जेष्ठ २३ गते बुधवार दिन सर्वोदय उच्च माध्यमिक विघालय श्रोत केन्द्र कञ्चनपुरमा सामुदायिक विघालयहरुको प्र.अ. बैंठकमा निजी विघालयका सञ्चालक प्रकाश दासले श्रोत व्यक्ति ठाकुरलाई अशब्द प्रयोग गर्दैं धम्काएको थियो । सञ्चालक दासले कक्षा थप गर्न कति पैसा चाहिन्छ भन्दै के आधारमा पत्रिकामा सुचना दिएको भन्दै धम्काएका थिए ।
कञ्चनपुर,२८ जेष्ट ।
कञ्चनरुप नगरपालिकामा अनुमतिभन्दा बढी कक्षा संचालन गरेर अभिभावक ठग्ने विद्यालयका संचालकहरुले नगरपालिकाको शिक्षा शाखा प्रमुख दामोदर ठाकुरलाई कत्तचनरुप पत्रिकालाई सूचना दिएको भन्दै धम्काएको छ ।

कञ्चनरुप साप्तहिकमा नगरभित्र कुन विद्यालयले कति कक्षाको अनूमति पाएको छ र कति कक्षा संचालन गर्दैछ भन्ने विषयमा शिक्षा शाखा प्रमुख ठाकुरसंग सूच।
ना लिएर समाचार प्रकाशित गरेको थियो
समाचार प्रकाशित भएपछि तनावमा आएका ती विद्यालय संचालकहरुले शिक्षा शाखा प्रमुख ठाकुर सहित निजी विद्यालय संचालन गर्ने केही संचालकलाई समेत धम्काएको छ । कञ्चनरुप साप्ताहिकको कार्यालयबाटै ती विद्यालय संचालकहरुले टेलिफोन गरेर कञ्चनरुपलाई सूचना तपाईले कसरी दिनु भयो रु सूचना लिखीतमा किन दिनुभएन भन्र्दै धम्काएका थिए । कञ्चनपुर स्रोत केन्द्रस्तरीय बैठकमा समेत केही व्यक्तिहरुले ठाकुरले धम्काउनुका साथै पोर्तहा स्कूल काण्ड दोहराउने धम्की दिएका थिए ।
लिटिलफलावर बोडिङ्ग स्कूलका संचालका शान्त अधिकारीलाई कक्षा १को अनुमति लिएर कक्षा १० चलाउनेले नगरप्रमुख आप्mनो पार्टीको रहेकोले ५ मिनेट त के २ मिनेट समय पनि नपाउने ठोकुवा गरे । कञ्चनरुप साप्ताहिकका कार्यालयमा समेत आएर ती संचालकहरुले स–गौरव आपूmहरुले अनुमतिभन्दा बढी कक्षा स।चालन गरेको स्वीकार गरेका छन् । उनीहरुले नगरपालिकाले कक्षा थपको लागि सूचना प्रकाशित नगरेको र थप कक्षा दिन आलटाल गरेर अन्याय गरेको दावी गरे । उनीहरुले कक्षा १० सम्म संचालन गर्ने कतिपय विद्यालय नियम विपरीत संचालन भइरहेकोले त्यसको पनि अनुगमन गर्नुपर्ने बताए ।
अनुमतिभन्दा बढी कक्षा संचालन गर्ने विद्यालयका संचालकहरुले नगरप्रमुख वसन्तकुमार मिश्रलाई एके पटक कक्षा आठसम्मको अनुमति दिन दवाव दिदैंआएका छन् । अनुमति भन्दा बढी कक्षा सचालन गर्ने विद्यालय संचालकहरुले विद्यार्थीहरुको घर घरमा गएर आप्mनो विद्यालयमा पढे सरकारी स्कूलको प्रमाण पत्र पाउने र त्यसले अगामी दिनमा छात्रवृत्ति र नोकरीमा आरक्षण पाउने भन्दै ठगी गर्दै विद्यार्थीहरुलाई भर्ना गराएको छ ।
अनुमति विना र अनुमतिभन्दा बढी कक्षा संचालन गर्ने विद्यालय सम्बन्धमा अदालतले समेत त्यसतर्फ नियामन गर्ने निकायलाई त्यस्तो कार्य दोहरिन सक्ने भन्दै सचेत हुन आदेश गरेको । अदाललतले गरेको आदेश विस्तृत रुपमा पृष्ट ३मा छापिएको छ ।
प्याप्सनका जिल्ला सहसचिव सजय खड्गाले प्याप्सन तथा एन प्याप्सनसंग सम्बन्धित विद्यालयहरु जो अनुमतिभन्दा बढी कक्षा संचालन गर्दैआइरहेको छ,उनीहरु ती कक्षा बन्द गर्न तयार रहेको बताए ।
कक्षा थपको लागि परेको निवेदन माथि आवश्यक प्रक्रिया पुर्याएर विना पार्टीगत भेदभाव नगरी जजसको प्रक्रिया पुगेको छ उनीहरुलाई कक्षा थपको अनुमति दिनुपर्ने र अनुमतिभन्दा बढी कक्षा संचालन गरिरहेकोले पनि ती कक्षा बन्द गर्नुपर्ने बताए । नगरपालिकाका प्रमुखलाई समस्या समाधान गर्न बैशाख महिनादेखी पहल गरेपनि कुनै चासो नलिएको सहसचिव खड्गाको गुनासो छ ।
COMMENTS