कञ्चनरुप सम्वाददाता कञ्चनपुर,२० जेष्ठ । निजी विद्यालय संचालकहरुले कञ्चनरुप नगरपालिकामा विगत एक महिनादेखी नियम विपरीत संचालित विद्यालयलाई ...
कञ्चनरुप सम्वाददाता
कञ्चनपुर,२० जेष्ठ ।
‘कक्षा १ को अनुमति लिएर १० कक्षा सम्म चलाउनेसंग विद्यालय संचालकसंग बसेर नगरप्रमुखलाई दुध पिउन पूmर्सद हुने तर हाम्रो जायज कुरा सुन्न ५ मिनेट समेत फुर्सद नहुने ? एक विद्यालय संचालकले भने ‘यसले नगरप्रमुखको समस्या सामाधान गर्न इच्छुक नभएको देखिन्छ ।
कञ्चनपुर,२० जेष्ठ ।
निजी विद्यालय संचालकहरुले कञ्चनरुप नगरपालिकामा विगत एक महिनादेखी नियम विपरीत संचालित विद्यालयलाई कार्यवाही गर्न माँग गरेपनि नगरपालिकाले कुनै पहल नगरेको गुनासो गरेका छन् ।
निजी विद्यालयहरुको संगठन प्याप्सन सप्तरीका सह सचिव संजय खड्गाले वितेको दुई महिनादेखी नगरप्रमुख र नगरपालिका कार्यकारी अधिकृतसंग समस्या समाधान गर्न ५ मिनेटको समय माग्दा समेत नपाएको गुनासो गरे ।

शुक्रबार निजी विद्यालय संचालकहरुले अन्तिम पटक नगरपालिकाको कार्यालय गएर समस्या समाधान गर्न पहल गरी दिन आग्रह गरेका थिए । तर नगरप्रमुखले समय दिएन । कार्यकारी अधिकृत समेतले आपूm पहल गरिरहेको बताए । ‘शिक्षा समिति निमार्ण हुने क्रममा छ,त्यो बनेपछि समितिले एउटा ठोस निर्णय लिएर समस्या समाधान गर्छ । कञ्चनरुप नगरपालिकाका कार्यकारी अधिकृत अम्बिकाप्रसाद चौलागाईले भने ‘ नियम विपरीतका विद्यालयबारे शिक्षा समितिको बैठक बसरे टुग्याउँछौं ।
निजी विद्यालयका संचालकहरुले नगरपालिकाको गैर जिम्मेबारप्रति रुष्ट हुदैँ नगरपालिकाको कार्यालय अगाडी पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । यो साता पनि समस्या समाधानको पहल नथालिए जिल्लाभरीको पत्रकारलाई बोलाएर पत्रकार सम्मेलन गर्ने एक संचालकले बताए ।
COMMENTS