राजकुमार पासवान कञ्चनपुर,५ असार । एक वर्ष बित्यो,बाढी विपद् व्यवस्थापनको तयारी के हुदैछ भने बिषयमा मंगलवार अग्नीसाईर कृष्णसरवण स्थित सप...
राजकुमार पासवान
कञ्चनपुर,५ असार ।
एक वर्ष बित्यो,बाढी विपद् व्यवस्थापनको तयारी के हुदैछ भने बिषयमा मंगलवार अग्नीसाईर कृष्णसरवण स्थित सप्तरीको महुलीमा पुर्व भेगका स्थानीय सरकार प्रमुखहरु वृहत छलफल गरेका छन् ।
तन्नेरी चासो काठमाण्डौं तथा दलित सरोकार मञ्च नेपाल सप्तरीको संयुक्त सहकार्यमा मंगलवार सप्तरीका पूर्व भेगका स्थानयि जनप्रतिनिधिहरु वृहत छलफलमा कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्रले भने निदी नियन्त्रण गर्नका लागि हामी स्थानीय प्रमुखहरु मिलेर प्रदेश सरकार र केन्द्रिय सरकार सहयोग डेलिकेशन जानुपर्ने बताउनु भएको छ ।

तिरहुत गाउँपालिका अध्यक्ष हेमन्त बहडखेर(मनोज)ले मधेशका गाउँमा नदी नियन्त्रण गर्न केन्द्रिय सरकारबाट ठोस योजना ल्याई समयमा नै काम गर्नुपर्ने बताउनु भएको छ ।
अग्नीसाईर कृष्णसरवण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले भने सप्तरीको महुली खोला,सुन्दरी खोलालाई बाढीबाट क्षति हुन नदिन ठुला योजना लागु गुर्नपर्ने बताउनु भएको छ । अग्नीसाईर कृष्णसरवण अध्यक्ष चौधरीले भने ठुलो नदिले सानो नदिलाई समेत क्षति पुप्याएकोले यसलाई नियन्त्रण गर्न राज्यले ध्यान दिनुपर्ने बताउनु भएको छ ।
तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले भने चुरे क्षेत्रलाई संरक्षण संबद्धन गरिएयो भने बाढीबाट जोगिने बताउनु भएको छ । कार्यक्रममा तिरहुँत गाउपालिकाकी उपाध्यक्ष तिर्थमाया मण्डल र कञ्चनरुप नगरपालिकाका १ नं. वडाध्यक्ष करिम शेख समेत आपनो धारणा व्यक्त गरेका छ ।
वृहत छलफल कार्यक्रममा तन्नेरी चासो काठमाण्डौंका नविन सिलवाल र अनुसाधानकर्ता तथा पत्रकार भोला पासवानले सहजिकरण गर्नु भएको थियो ।
COMMENTS