राजकुमार पासवान कञ्चनपुर(सप्तरी)४ असार । नेपाली कांगे्रसका प्रभावशाली केन्द्रिय सदस्य तथा पुर्व मन्त्री अर्जुन नरसिंह केसीले लोकतान्त्...
राजकुमार पासवान
कञ्चनपुर(सप्तरी)४ असार ।
नेपाली कांगे्रसका प्रभावशाली केन्द्रिय सदस्य तथा पुर्व मन्त्री अर्जुन नरसिंह केसीले लोकतान्त्रिक आन्दोलनको सुरुवात सप्तरीको हनुमानगरबाटै भएको बताएको छ ।
सप्तरीको संसदीय क्षेत्र नंं. १ कंचनरुप नगरपालिकाको बैरवामा नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिद्वारा शनिवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य केसीले भने ‘लोकतान्त्रिक आन्दोलनको सुरुवात विगतमा पनि मधेशबाट भएको हो र अहिले पनि मधेश नेपालको लोकतन्त्रको खम्बा शक्ति हो ।
उनले पूर्व प्रधानमन्त्री स्व. सुशिल कोइरालाद्वारा जारी संविधानमा भएका त्रुटीको पहिलो पटक संशोधन गरी केही अधिकार दिएको बताए । नेता केसीले नेपाली काँग्रेस मधेशको माग पुरा गर्न संविधान दोश्रो पटक संशोधन गर्न खोज्दा यी कम्युनिष्टहरुले संशोधन गर्न नदिएको आरोप लगाए ।
गाउँ,नगर तथा प्रदेशको अधिकारलाई लत्याएर एकलोटी ढङ्ग संघियता माथि अंकुश लगाएर ने.क.पा.(नेकपा) अधिनायकवाद ल्याउन उद्यत रहेको नेता केसीले आरोप लगाए । नेपाली कांगे्रसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री केसीले मुसलमानहरुको पावन पर्व ईदुल उ फित्र मा दिएको छुट्टी कटौती गरेर अहिलेको कम्युनिस्ट सरकारले मुस्लिम धर्मावलम्बीहरुलाई अवहेलना गरेको आरोप लगाए ।
पुर्व मन्त्री हेमराज तातैडले तत्कालिन विजय गछदार नेत्तृवको नेपाल लोकतान्त्रिक फोरम नेपाली कांगे्रसमा पार्टी एकता त भएपनि अहिले सम्म गाउँ,नगर,जिल्लामा कार्यक्रताहरुलाई पदमा समायोजन नगरिएकोले लोकतान्त्रिकका कार्यक्रताहरु अन्योलमा रहेको बताए ।
कार्यक्रमा पुर्व सांसद सकल देव सुतिहार, सुरेन्द्र प्रसाद यादव, पुर्व राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी काङ्ग्रेसी ईर्साद अन्सारी, दिनेश यादव, उदयपुर सभापती सुशील सेढाई, मुना पौडेल,दिब्यराज सुबेदि, रोजित शेख, जित बहादुर श्रेष्ठ, चन्द्रशेखर चौधरी, कृष्ण प्रसाद ढकाल, राज कुमार न्यौपाने, भरतराज शर्मा, हेमनारायण चौधरी,आशाराम चौधरी, रामदेव साह, सप्तरी जिल्ला सचीव राम कुमार यादव लगायतले जिल्ला कमिटी र पार्टी भित्र रहेको चाकरीतन्त्र, गुटबन्दी र दोषारोपणको समस्याको बारेमा कार्यक्रमका प्रमुख अतिथि केसी समक्ष जिकिर गरेका थिए ।
कार्यक्रममा कार्यकर्ताले राखेको जिज्ञासा् सम्बोधन गर्दै केन्द्रिय नेता केसीले पार्टी भित्र रहेकोे कर्याकर्ता ढुलमुलाउने नीति तथा नेताको चाकरी गर्ने प्रवृत्तिको अन्त्य कार्यकर्ता बाटै हुने बताए । पार्टी भित्र रहेकोे कार्यकर्तालाई गल्ती लाई गल्ती र सहीलाई सही भन्ने साहसको विकास हरेकले गर्नुपर्ने बताए । अहिले को पार्टी भित्रको अवस्थामा कार्यकर्ता लाई नेताको शक्तिको रुपमा नभई सत्यको पक्षमा लागे समस्या समाधान हुने सुझए ।
नेपाली कांगे्रस क्षेत्रीय कार्यसमिति संसदीय क्षेत्र न.१ सप्तरीद्वारा क्षेत्र न १ का क्षेत्रीय सभापति बद्री महतमान को अध्यक्षतामा तथा क्षेत्रीय सचिव कृष्ण प्रसाद ढकाल गरेका थिए भने नेपाली कांगे्रसका युवा नेता तथा कञ्चनरुप न.पा १ का वडाध्यक्ष करिम शेखले स्वागत गरेका थिए ।
प्रकाशित ः २०७५ असार ४ गते सोमवार
समय ः १० ः१५
COMMENTS