नगर शिक्षा समिति र विद्यालय व्यवस्थापन समितिमा दलित र अपाङ्ग आउट( कञ्चनरुप नगरकार्यपालिकाले दलितको अधिकार कटौती )

राजकुमार पासवान कञ्चनपुर,२८ जेष्ठ ।  सप्तरीको कञ्चनरुप नगरपालिकाले विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिमामा दलित र अपाङ्गलाई  सदस...

राजकुमार पासवान
कञ्चनपुर,२८ जेष्ठ । 
सप्तरीको कञ्चनरुप नगरपालिकाले विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिमामा दलित र अपाङ्गलाई  सदस्य हुनबाट रोक्ने गरी कार्यविधि बनाएको छ ।
सघिंय ममिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह शिक्षा कार्यविधी २०७४ नमुना कानुन सञ्चालन गर्न स्थानीय तह गाउँ वा नगर शिक्षा कार्यविधी २०७४को परिच्छेद ४ को बुदाँ नं. १ (च)मा स्थानीय समाजसवी वा शिक्षाप्रेमीहरु मध्येवाट नगर शिक्षा समितिबाट मनोनित १ जना दलित र २ जना महिला सहित ३ जना सदस्य रहने र बुदा९ङ०मा सम्वन्धित गाउँ वा नगरपालिका स्थित विशेष शिक्षा,समावेशी शिक्षा वा स्रोतकक्षा सञ्चालन गर्ने विद्यालय वा अपाङ्गता सम्वन्धि शिक्षण संस्था वा अन्य अपाङ्गता सम्वन्धी काम गर्ने संस्थाबाट प्रतिनित्व हुने गरि नगर शिक्षा समितिले मनोनित गरेको अपाङ्गता भएको व्यक्ति १ जना सदस्य रहने नमूना कानुन स्थानीय तहहरुलाई पठाएको थियो ।
तर कञ्चनरुप नगरपालिकाले नगरकार्यपालिकाको पहिलो बैठकले कार्यविधि पारित गर्दा उक्त दुवै समितिमा दलित र अपाङ्गता भएको व्यक्तिको प्रतिनिधित्व कटौती हुने गरी कार्यविधि पारित गरेको छ ।
नगरपालिकाले शिक्षा क्षेत्रमा योगदान पुप्याएको व्यक्तिहरु मध्येबाट अध्यक्षले मनोनित गरेको ३ महिला सहित ४ जना सदस्य रहने गरि कार्यविधी बनाईएको छ । 
स्थानीय तह गाउँ वा नगर शिक्षा कार्यविधी २०७४ को परिच्छेद ४ को बुदाँ नं। १(क)मा गाउँ वा नगरकार्यपालिकाको प्रमुख वा निजले तोकेको एक जना वा नगरकार्यपालिकाको सदस्य मध्येबाट नगर शिक्षा समिति संयोजक रहने प्रावधानलाई कञ्चनरुप नगरपालिकाले कार्यपालिका मार्फत नगरकार्यपालिका प्रमुख मात्र तोकेको छ । 
कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्रले हरेक कार्यक्रम,  मञ्चमा सम्बोधन गर्दा शिक्षा र स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता रहेको बताउदैं आएको छ । सप्तरीमा सरकारी विद्यालयमा अध्ययनरत कूल विद्यार्थीमा दलित समुदायका विद्यार्थी मात्रै ४४ प्रतिशत अध्ययन गर्छ । तर नगरप्रमुखले दलित तथा अपाङ्गता भएको व्यक्तिको अधिकार कटौती हुनेगरी बनाइएको कार्यविधिको दलितहरुले समेत विरोध गर्नुपर्ने दलित अगुवा बच्चु सरवरियाले बताए ।
दलित समुदायको प्रतिनिधित्व सुनिश्चित नभएसम्म उनीहरुको अधिकार र गुणस्तरीय शिक्षा प्राप्त गर्न नक्स्ने भन्दै नगर कार्यपालिकाको उक्त कामप्रति दलितहरुले सामुहिक रुपमा विरोध गर्ने बताए । 
सरकारी विद्यालय ने.क.पा.को भर्ति केन्द बनाउने गरी शिक्षा कार्यविधि पारित
सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन प्रक्रिया हुदाँ विघालयको संस्थापक स्थानीय बुद्धिजिवी,शिक्षाप्रेमी मध्ये नगर प्रमुखले मनोनय गरेर १ जना महिला सहित २ जना पठाउने भनी स्थानीय तह गाउँ वा नगर शिक्षा कार्यविधी २०७४ को परिच्छेद ५ को बुदाँ नं. २७ (ग)मा कतै नगर प्रमुखले मनोनय गर्ने शब्द नरहेको भएपनि नगरकार्यपालिका कार्यविधि पारित गर्दा उक्त अधिकार  नगर प्रमुखलाई दिएको छ । नगरप्रमुखलाई नै मनोनित गर्ने अधिकार दिएपछि प्रत्येक विद्यालयमा कम्तिमा २ जना एमालेको कार्यक्रता भर्ति हुने पक्का छ । 
एमाले निकट वडाअध्यक्ष सहित मेयरका सल्लाहकारले कार्यविधि पारित गर्दा केन्द्रबाट आएको नमूना कार्यविधि जस्ताको त्यस्तै पारित गर्दैछौ,फास्ट ट्रयाक्टबाट पारित गरौं भन्दै कार्यपालिका सदस्यहरुलाई झुकाईएको थियो ।
वडा नम्बर १ का वडाअध्यक्ष करिम शेखले शिक्षा कार्यविधि पारित गर्दा माथिबाट आएको नमूना कार्यविधिमा कञ्चनरुप नगरपालिकाको नाम मात्र परिवर्तन गरिएको भन्दै झुकाएर पास गएको बताए ।
‘हामीलाई झुकाउने काम भएको छ,हामीले नगरप्रमुख र उनका सहयोगीहरुलाई विश्वास गरेका थियौं तर पटक पटक उहाँहरु हामीलाई झुकाउने काम गर्दै आइरहेको छ,अब त्यस्तो हुदैन । वडाअध्यक्ष शेखले भने ‘नेपाली काग्रेसबाट कार्यपालिाका रहेकाहरुले संयुक्त रुपमा उक्त प्रावधान सच्याउने निवेदन दिएको छौं,त्यो प्रावधान सच्याइन्छ । 
 


 

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: नगर शिक्षा समिति र विद्यालय व्यवस्थापन समितिमा दलित र अपाङ्ग आउट( कञ्चनरुप नगरकार्यपालिकाले दलितको अधिकार कटौती )
नगर शिक्षा समिति र विद्यालय व्यवस्थापन समितिमा दलित र अपाङ्ग आउट( कञ्चनरुप नगरकार्यपालिकाले दलितको अधिकार कटौती )
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjexM32q8X-2wxnqDnThN97lVVxVL6j8m9-xRbZgNvb87KZiDmlI_u270g4DlCsGafR4yav14dTY68dMjgaaE5gnvSObFysJThH0xetLEJKEjL15XAL5vQputJ_He4o6gCtHqUZbBhzVbc/s1600/14470445_192403564527530_890321494811425838_n.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjexM32q8X-2wxnqDnThN97lVVxVL6j8m9-xRbZgNvb87KZiDmlI_u270g4DlCsGafR4yav14dTY68dMjgaaE5gnvSObFysJThH0xetLEJKEjL15XAL5vQputJ_He4o6gCtHqUZbBhzVbc/s72-c/14470445_192403564527530_890321494811425838_n.png
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/06/blog-post_10.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/06/blog-post_10.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy