निजी विघालयको मनोमानी,अनुमति कक्षा १को,सञ्चालन कक्षा १० सम्म

कञ्चनरुप सम्वाददाता कञ्चनपुर,२० जेष्ठ । कञ्चनरुप नगरपालिकामा निजी विद्यालयहरुले अनिमति पाएकोभन्दा बढी कक्षा संचालन गरेर सर्वसाधरण अभिभावक...

कञ्चनरुप सम्वाददाता
कञ्चनपुर,२० जेष्ठ ।
कञ्चनरुप नगरपालिकामा निजी विद्यालयहरुले अनिमति पाएकोभन्दा बढी कक्षा संचालन गरेर सर्वसाधरण अभिभावक र स्थानिय सरकारलाई समेत ठगिरहेको पाइएको छ ।
कञ्चनरुप नगरपालिका भित्र संचालित अधिकाश निजी विद्यालयहरुले अनुमतिभन्दा बढी कक्षा संचालन गरेर राज्य तथा अविभावक दुवैलाई ठगेपनि सरकोकारवाला निकाय मौन छ । कञ्चनरुप नपा भित्र कक्षा १को अनुमति लिएर कक्षा १० सम्म चलाउदैँ आएपनि नगरपालिका मुकदर्शक बनेको आरोप निजी विद्यालय संचालकहरुको रहेको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख दामोदर ठाकुरले शुक्रबार कञ्चनरुप साप्ताहिकलाई नगरपालिका भित्र संचालित निजी विदालयहरुले प्राप्त गरेको अनुमति र कक्षा थपका लागि माग गरेको विद्यालयको विवरण उपलब्ध गराएको  छ ( तालिकामा हेर्नुस) ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमनको कार्यक्षेत्र स्थानीय तहलाई तोकेको छ ।
यसमा सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन, नियमन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुमगन, मूल्याङ्कन र नियमन, मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुमगन तथा नियमन, गाभिएका वा बन्द गरिएका विद्यालयको सम्पत्ति व्यवस्थापन, गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन, विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन, विद्यालयको नामकरण, सामुदायिक विद्यालयकोे जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख आदि पर्छन् ।
यसका साथै संरक्षण र व्यवस्थापन, विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण, सामुदायिक विद्यालय शिक्षक एवं कर्मचारीको दरबन्दी मिलान, विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन र नियमन, सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन, आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन, विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन, निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन आदि समेत यसमा पर्छन् ।
तर कञ्चनरुप नगरपालिकाले आपूmले पाएको अधिकार समेत कार्यान्वय नगरेर सर्वसाधरण अविभावकलाई ठगीबाट जोगाउन कुनै भूमिका खेलेको छैन । अनुमतिभन्दा बढी कक्षा संचालन गर्ने निजी विद्यालयहरुले सरकारी विद्यालय मार्फत परिक्षा दिन लगाएर सरकारी विद्यालय

का प्रअसमेतको मिलोमतोमा सरकारी स्रोत साधन समेत दुरुपयोग गरिरहेको छ ।
निजी विद्यालयले विद्यार्थी तान्नका लागि आपूmहरु निजीमा पढाएपनि सरकारीबाट परिक्षा दिन लगाउने र भविष्यमा छात्रवृत्ति र डाक्टर इन्जिनियर पढ्न सजिलो हुनेभन्दै ठगी गर्ने गरेको छ ।
नगरपालिकाको शिक्षा शाखा प्रमुख दामोदर ठाकुरले पनि नियम विपरीत अनुमति भन्दा बढी कक्षा चलाउने विद्यालयलाई नियमन गर्न तयारी भइरहेको जनाए । ‘सबै विद्यालयको स्थलगत निरीक्षण भइसकेको छ,त्यसको प्रतिवेदन पनि तयार भइसकेको छ ,अब चाडै त्यसमाथि छलफल हुन्छ र एउटा टुङ्गो लाग्छ । 
शिक्षा शाखा प्रमुख ठाकुरले सरकारी विद्यालयका सबै प्रअहरुलाई बैठक नै राखेर निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको नाम सरकारी विद्यालयमा दोहरो रुपमा भर्ना गरे कडा कार्यवाही हुने चेतावनी दिइसकिएको बताए ।

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: निजी विघालयको मनोमानी,अनुमति कक्षा १को,सञ्चालन कक्षा १० सम्म
निजी विघालयको मनोमानी,अनुमति कक्षा १को,सञ्चालन कक्षा १० सम्म
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgK8mTErIIFL0mFkuk6Hc1S98Zb_bcZ2wtw9JcefjkDTa5Cex5GZ7jn7T84pG4H9vfVjoKU9X19cNEhGuUrsJ3CQhQakNiJlNLqhVohMCg-6daBWXw7vvg9kFRcBZcfajyMHLc4_NRQxjM/s320/34188970_1724410290984029_1533437894587318272_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgK8mTErIIFL0mFkuk6Hc1S98Zb_bcZ2wtw9JcefjkDTa5Cex5GZ7jn7T84pG4H9vfVjoKU9X19cNEhGuUrsJ3CQhQakNiJlNLqhVohMCg-6daBWXw7vvg9kFRcBZcfajyMHLc4_NRQxjM/s72-c/34188970_1724410290984029_1533437894587318272_n.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/06/blog-post.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/06/blog-post.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy