कञ्चनरुप नपाको कार्यालय बेरियरमै राख्ने पक्षमा स्थानीय

राजकुमार पासवान कञ्चनपुर,३० बैशाख । कञ्चनरुप नगरपालिकाको केन्द्रबारे विवाद बढ्ने संकेत देखिएको छ । नगरपरिषद्बाट नगरपालिकाको कार्यालय हटिय...

राजकुमार पासवान
कञ्चनपुर,३० बैशाख ।
कञ्चनरुप नगरपालिकाको केन्द्रबारे विवाद बढ्ने संकेत देखिएको छ । नगरपरिषद्बाट नगरपालिकाको कार्यालय हटियामा लैजाने निर्णय गरिसकिएको छ । भाडामाको घरमा रहेको कार्यालयमा प्रर्याप्त ठाउँ नभएको भन्दै  केही एमालेका वडाअध्यक्षको  सक्रियतामा कार्यालय हटिया लाने तयारी भइरहेको छ ।
जुन कारण देखाएर नगरपालिकाको कार्यालय हटिया लैजाने तयारी गरिदैँछ,त्यो जायज छैन । हटियामा समेत प्रर्याप्त ठाउँ छैन । कञ्चनरुप नपा ८का एक स्थानीयले भने  – ‘हटिया लगाउनकै लागि प्रर्याप्त ठाउँ अभाव रहेको बेला भएभरको थोरै खाली जग्गा भवन निमार्ण गर्ने उद्देश्य सहित कार्यालय सार्नु गलत हुन्छ,हामी त्यसको प्रतिरोध गर्छौ ।
नेपाली काग्रेसको क्षेत्रिय कार्यसमितिले बुधबार बेरियरमा नयाँ वर्षको शुभकामना अदान प्रदान कार्यक्रममा नेपाली काग्रेसका सक्रिय सदस्य बालकृष्ण मण्डलले मन्त्रिपरिषदले नै नगरपालिकाको केन्द्र बेरियरमा तोकेकोले सरोकारवालासंग छलफल नै नगरी केन्द्र सार्ने नगरकार्यसमितिको निर्णयको विरुद्ध सशक्त प्रतिकार गर्ने बताए ।
नेपाली काग्रेसबाट विजय जनप्रतिनिधिहरुलाई केन्द्र हटिया
मा सार्ने निर्णयमा पुर्नविचार गर्न आग्रह गर्दै मण्डलले केही व्यक्तिको स्वार्थका लागि पायक पर्ने ठाउँबाट नगरपालिकाको कार्यालय सार्न नहुने बताए ।
नगरपालिकाले २०७१ साल मंसिरमा कार्यालयको भवन निमार्ण गर्न जग्गा दान गर्न सूचना जारी गरेको थियो । उक्त सूचनाको आधारमा मनमोहन साहले कार्यालय निमार्णको लागि जग्गा दिने निवेदन नगरपालिकामा दर्ता गरेको थियो । 
जनप्रतिनिधि नभएको अवस्थामा जग्गाा दिएपनि कार्यालय भवन निमार्ण हुने निश्चिता नभएकोले त्यससमयमा जग्गा पास भएको थिएन ।
नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि यस विषयमा वृहत्त छलफल गरिएको छैन । अहिले कार्यालय सार्ने भनिएको ठाउँ हटिया लाग्ने भएकोले व्यापारिक रुपमा स्थापित छ । समयसंगै व्यापार गर्ने व्यापारीको संख्यामा बढोत्तरी भएकोले ठाउँको समेत अभाव छ । नगरपालिकालाई कुनै व्यक्तिले १० कठा जग्गा दान दिन खोज्छ भने त्यसलाई जनप्रतिनिधिले स्वीकार गर्नु पर्ने जनताको मत छ । स्थानीयका अनुसार मनमोहन साहले जनप्रतिनिधिले चाहेमा जग्गा दान गर्न सक्छ । साहले जग्गा दान नगरे अर्का जग्गादाता समेत नगरपालिकालाई जग्गा दिन तयार छ,तर नगरपालिकाका केही व्यक्ति कञ्चनपुरबाट जसरी पनि केन्द्र सार्ने मनसाय साथ काम गरिरहेको छ । एक जना वडाअध्यक्ष समेतले नगरकार्य समितिबाट हतार हतारमा कार्यालय सार्ने निर्णय गरिएकोले यसमा पुर्नविचार गर्नुपर्ने बताए ।


COMMENTS

BLOGGER: 1
Loading...
Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: कञ्चनरुप नपाको कार्यालय बेरियरमै राख्ने पक्षमा स्थानीय
कञ्चनरुप नपाको कार्यालय बेरियरमै राख्ने पक्षमा स्थानीय
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghs7KsJXjBILMepWPCCnqKXPHMT8IFeDPCL-IeXbL3lPs4EaJ-tePbiP_IPUgTgoA2kwWqRw9AQG7N14NQI7pBBgyU9ikpFqdLGYbYp63U6mPJb29orxJz6_lGdQYuKzkCrZBrAL0jz-c/s320/Balkirisan+Mandal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghs7KsJXjBILMepWPCCnqKXPHMT8IFeDPCL-IeXbL3lPs4EaJ-tePbiP_IPUgTgoA2kwWqRw9AQG7N14NQI7pBBgyU9ikpFqdLGYbYp63U6mPJb29orxJz6_lGdQYuKzkCrZBrAL0jz-c/s72-c/Balkirisan+Mandal.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/05/blog-post.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/05/blog-post.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy