न्यायिक समितिले नै गरे अन्याय कुटपिटमा संलग्नलाई कार्यवाही गर्न नगरपालिकाले पत्राचार गर्ने

राजकुमार पासवान कञ्चनपुर,१९ चैत्र । अन्तर्जातीय विवाह गरेका एक जोडीलाई सप्तरीको कञ्चनरुप नगरपालिकाको न्यायिक इजलासमा कुटपिट गरिएको घटनामा...

राजकुमार पासवान
कञ्चनपुर,१९ चैत्र ।
अन्तर्जातीय विवाह गरेका एक जोडीलाई सप्तरीको कञ्चनरुप नगरपालिकाको न्यायिक इजलासमा कुटपिट गरिएको घटनामा संलग्नलाई कार्यवाही गरिने भएको छ । 
गत १३ गते न्यायिक समितिमा परेको उजुरीमाथि छलफल कञ्चनरुप नगरपालिका आएक एक जोडीलाई नगरपालिका कार्यालय हाताभित्र केटाका आफन्तले कुटपिट गरेका थिए । कुटपिट घटनाको विरुद्धमा राजनीतिक दलका नेता तथा दलित अधिकारकर्मीहरुले आन्दोलन गर्ने चेतावनी दिएपछि नगरपालिकाले  पिडीतको घाउँ जाँच गरी कार्यावाहीका लागि प्रहरीलाई पत्राचार गर्ने तयार भएका छन् । दलित अधिकारकर्मी बच्चु सरबरियाले भने कञ्चनरुप नगरपालिका ९ रुपनगरका २० वर्षीय मनिष साह र वडा नम्बर ९ धरमपुरकी १६ वर्षीया कविता रामले फागुन २ गते प्रेम विवाह गरेका थिए । भारदहस्थित कंकालिनी भगवती मन्दिरमा उनीहरुको विवाह भयो । तर, परिवारका सदस्य भने यो विवाहबाट सन्तुष्ट छैनन् । पछिल्लो पटक मनिषका वुवा शिवनारायण साहले दर्ता गरेको उजुरीमाथि छलफल गर्न भन्दै दुवैलाई न्यायिक इजलासमा बोलाइएको थियो । दुवैलाई अगल गर्ने निर्णय इजलाशले गरेपनि मनिष साह आफनो बुवासंग जान नमानेपछि उनको बुवा,दाजु र भाईले कुटपिट गरेका थिए । 
सरबरियाले भने, ‘सँगै जीवन बिताउने योजना बनाएर विवाह गरेका जोडीमाथि अन्याय भइरहेको छ। तर, उनीहरुको पक्षमा न त समाज बोल्छ, न त कानुनी संरक्षण छ।’  आफूले कुटाइ खाएको बताउँदै कविताले भनिन् । ‘मनिषलाई कुटपिट गर्न थालेपछि छुटाउन गएकी मलाई पनि सबै मिलेर कुटे।’ इलाका प्रहरी कार्यालय कञ्चरुपका इन्स्पेक्टर डिल्ली चौहानले न्यायिक समितिमा भएको छलफलका क्रममा केटारकेटी दुवै आ(आफनो परिवारसँग बस्ने सहमति भए पनि केटोले परिवारसँग जान इन्कार गर्दा तानाव भएको बताए।
यता, केटा पक्षले जसरी पनि दुवैलाई छुटाउने नियत राख्दा दुवैमाथि शारीरिक तथा मानसिक यातना बढेको स्थानीयबासी बताउँछन्। पटक(पटक यस्ता घटना दोहोरिन थालेकाले दुर्घटना हुन नदिन समयमै समस्याको समाधान गर्न उनीहरुले आग्रह गरेका छन्। 
यस्तो थियो घटना क्रम 
अनुसार परिवारको सहमतिबिना विवाह गरेका मनिष र कविताले सुनसरीको इनरुवामा गएर घरजम सुरु गरेका थिए। तर, केटाका बुवा शिवनारायणले उनीहरु बसेको स्थान पत्ता लगाएर दुवैलाई जबरजस्ती अलग गराए । 
पतिलाई जबरजस्ती अलग गराएपछि कविताले इनरुवा प्रहरीमा अपहरणको उजुरी दिइन ्। ‘सप्तरीको घटना भन्दै इनरुवा प्रहरीले बेवास्ता गरेपछि सोही निवेदन इलाका प्रहरी कार्यालयमा पनि दिइयो,’ अर्का दलित अधिकारकर्मी राजेन्द्र राम भन्छन्, ‘तर, प्रहरीले स्टेप चाल्नुभन्दा पहिला नै मनिष भागेर फेरि केटीसँगै बस्न आए।’ 
इलाका प्रहरी कार्यालयमा पटक( पटक भएको पञ्चायतिपछि विवाहका लागि केटीको उमेर नपुगेको भन्दै दुवैलाई घर परिवारको जिम्मा लगाउने समहमति भयो। तर, केटाले केटी छोड्न नसक्ने जनाऊ दिएपछि केटा पक्षले कुटपिट र डर(त्रास देखाएर अलग गराउन खोजिरहेको रामको बुझाइ छ । इलाका प्रहरी कार्यालयमा छलफल भएको विषयमा इन्स्पेक्टर चौहानले असहमति जनाएका छन्। 
 दुवैलाई छुटाउन नसक्ने देखेपछि मनिषका बावुले केटीका बावु विनोदराम विरुद्ध फागुनको तेस्रो साता उच्चअदालत जनकपुर, राजविराज इजलासमा शरीर बन्धक तथा अपहरणको मुद्दा पनि दर्ता गरे। तर, आफूहरु दुवै उपस्थित भएर राजीखुसी विवाह गरेको बयान दिएपछि शारीरिक र मानसिक यातनाका घटना दोहोरिन थालेको कविताले दुखेसो गरिन्। 
इजलासको निर्णय ः अलगअलग राख्नू 
मनिषका पिता शिबनारायणले उजुरी दिएपछि न्यायिक समितिले मनिष, उनका पिता शिवनारायण, कविता र उनका पिता बिनोद रामलाई पत्र काटेर बोलाइएको थियो । 
मंगलबार दुबै परिवार इजलास हाजिर भए । छलफलपछि इजलासले निर्णय सुनायो, ‘अहिले केटा र केटीको विवाह गर्ने उमेर नरहेकाले आ(आफ्नो परिवारको जिम्मा लगाउनू ।’ मनिषको उमेर १९ बर्ष र कविताको उमेर १६ बर्ष रहेको भन्दै न्यायिक समितिको इजलासले दुबैलाई परिवारजनले जिम्मा लिने फैसला सुनाएको छ । युवतीको उमेर विवाह योग्य भएपछि युवकको जिम्मा लगाउने निर्णय समितिको छ । 
तर, मनिष र कविता यो निर्णय मान्न तयार छैनन् । तर, स्थानीय तहको न्यायिक समितिको आदेश नमानेको भन्दै मनिषलाई उनका बुबाले कुटपिट गरेका छन् । न्यायिक समितिको कार्य क्षेत्रमा समेत नपर्ने यो मुद्दा किन र कुन उद्देश्यले नगरपालिकाको न्यायिक समितिमा ल्याइयो भने विषयमा नगरपालिकाका जनप्रतिनिधिबीचमै पनि विवाद उत्पन्न भएको बताइएको छ । 
‘उनीहरुले हामी अलग भएर बस्न नसक्ने बताए लगत्तै मनिषका पिता शिवनारायणले इजलासकै समयमा छोरालाई कुट्न थाले’ कविताका पिता बिनादले भने, ‘आफ्नै छोरालाई छतबाट फ्याँक्न लाग्दा केहि व्यक्तिहरुले बचाएका थिए ।’ श्रीमान मनिषलाई बचाउन जाँदा आफूलाई पनि कुटपिट गरेको कविताले बताइन् । मनिषका पितासहितको समूहले आफूहरुलाई कुटपिट गर्दा पनि नगरपालिकाका पदाधिकारीहरुले रोक्ने प्रयास समेत नगरेको उनीहरुको भनाइ छ । ‘साँझतिर आएको प्रहरीको सहयोगमा आफूहरु घर जान सकें’ बिनोदले भने ।
गर्भवती कविता र मनिषको प्रेम 
मनिष र कविताका अनुसार उनीहरु ६ महिनादेखि प्रेममा थिए र तीन महिनाअघि भागी बिहे गरेका हुन् । सुनसरीको इनरुवास्थित राधाकृष्ण मन्दिरमा विवाह गरेपछि कोठा भाडामा लिई दुई महिना सँगै बसे । यस क्रममा मनिषा गर्भवती पनि भइन् । 
छोराले दलित युवतीसँग विवाह गरेर भागेको थाहा पाएका शिबनाराययण उनको खोजी शुरु गरे । इनरुवामा रहेको थाहा पाएपछि उनी आफ्नो छोरालाई नियन्त्रणमा लिई करिब दुई साता सुनसरीमै आफन्तको क्रममा राखे । 
कविताले सुनसरी र सप्तरीका प्रहरीलाई गुहारेकी थिइन् । मनिष जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थित भए । विवाहका लागि उमेर नपुगेपनि कविता गर्भवती रहेको भनेपछि दुबैलाई सँगै बस्न दिइयो । तर, मनिष आफ्नो घर गएनन् । 
बुबाले कुटपिट गर्ने गरेको भन्दै कविताकै घरमा बस्न थाले ।

मनिषका पिता शिबनारायणले भने उच्च अदालत जनकपुर इजलास राजविराजमा आफ्नो छोराको अपहरण गरेको भन्दै कविताका परिवारबिरुद्व रिट दायर गरे । प्रतिउत्तर दिने क्रममा कविताको परिवारले अपहरण गरेको नभई राजीखुसी बिहे गरेको बताए । कविताले आफू गर्भवती पनि रहेको मेडिकल रिपोर्ट पनि पेश गरे ।
अदालतले अपहरणको दाबी अस्वीकार र्गयो । तर, शिबनारायणले अदालत प्राङ्गणमै छोरालाई कुटपिट गरेको भन्दै बिनोदले भने, ‘त्यहाँ उपस्थित भएकाहरुले बचाए ।’ मनिष र कवितालाई अलग पार्ने योजना विफल भएपछि शिवनारायणले नगरपालिकाको न्यायीक समितिमा पुगेका थिए । 
उप प्रमुख भन्छिन् त्यस्तो केहि भएको छैन
इजलासकै समयमा प्रेम विवाह गर्ने जोडीलाई कुटपिट गरिएको घटनाबारे सोध्दा कंचनरुप नगरपालिकाकी उप प्रमुख निरु पोखरेलले भने यस्तो केहि नभएको बताएकी छन् । उनले भनिन्, ‘त्यस्तो केहि घट्ना भएन् । हामीले एकमतका साथ निर्णय सुनायौं ।’ उनले बाँकी कुरा आफूलाई भन्न नमिल्ने र नगरपालिकाका प्रबक्ता राजकुमार साहसँग बुझ्न भनिन् ।

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: न्यायिक समितिले नै गरे अन्याय कुटपिटमा संलग्नलाई कार्यवाही गर्न नगरपालिकाले पत्राचार गर्ने
न्यायिक समितिले नै गरे अन्याय कुटपिटमा संलग्नलाई कार्यवाही गर्न नगरपालिकाले पत्राचार गर्ने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjV4O7HQOigoGI2amMLlB5gLLNk3Z9WUNNvvWcKIss5BgtSaYqzRVTngZk5kxNfHdUZeB0vc4p7iJYsNmfS4q6dEFi4YWK70q50UITJgJVT3fJbh5IaVf8HxVKY6m7mJrf95hdlpu3s-5A/s320/Kabita+Ram.JPG
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjV4O7HQOigoGI2amMLlB5gLLNk3Z9WUNNvvWcKIss5BgtSaYqzRVTngZk5kxNfHdUZeB0vc4p7iJYsNmfS4q6dEFi4YWK70q50UITJgJVT3fJbh5IaVf8HxVKY6m7mJrf95hdlpu3s-5A/s72-c/Kabita+Ram.JPG
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/04/blog-post.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/04/blog-post.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy