राजकुमार पासवान कञ्चनपुर २ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखिकरण तथा क्षमत...
राजकुमार पासवान
कञ्चनपुर २ चैत्र ।
नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा सञ्चालित सामुदायिक विकाश कार्यक्रम विश्व खाद्य कार्यक्रम सहयोग तथा कञ्चनरुप नगरपालिका सप्तरीको आयोजनामा कञ्चनरुप नगरपालिका प्रमुख,उप प्रमुख वडा नं. १ देखि १२ वडा सम्मका वडा अध्यक्षहरु,दलित महिला सदस्य,महिला सदस्य,खुल्ला सदस्य लगायतका जनप्रतिनिधिहरु,सल्लहकार,विज्ञहरु तथा कर्मचारीहरु समेतको सहभागितामा तिन दिन सम्म तालिम सञ्चालन रहने बताउनु भएको छ ।
सो अभिमुखिकरण कार्यक्रममा निमित्त प्रशासकिय अधिकृत मनोज निरौला लगायतले आ आपनो मन्त्व्य दिनु भएको थियो । कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षता तथा उप प्रमुख निरु पोखरेल स्वागत मन्त्व्य गरेकी थिईन् । कार्यक्रम सञ्चालन कञ्चनरुप नगरपालिकाका सामाजिक विकाश शाखा प्रमुख राजेश कुमार यादवले गर्नु भएको थियो ।
कञ्चनपुर २ चैत्र ।
सप्तरीको कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखिकरण तथा क्षमता विकास तालिम विहिवार देखि कञ्चन अतिथि धर्मशालामा शुरु भएको छ ।

सो अभिमुखिकरण तथा क्षमता विकास तालिममा संघिय प्रणाली र नेपालको संविधान,संघिय ईकाइहरु बीचको अन्तर सम्बन्ध,शक्ति बाडँफाडँ र जिम्मेवारी,स्थानीय तहको काम,कर्तव्य र अधिकार तथा प्रशासकिय व्यवस्थापन सम्बन्धी बिषयबस्तुहरुलाई समेटेर प्रशिक्षण दिएको थियो । सो अभिमुखिकरणमा प्रमुख प्रशिक्षक संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका उप सचिव बिष्णु दत्त गौतम,प्रशिक्षक विश्व खाद्य कार्यक्रमका क्षेत्रीय संयोजक प्रकाश राई र सप्तरी सिडिपी जिल्ला संयोजक दिनेश आर्यालले प्रशिक्षण दिनु भएको थियो ।

COMMENTS