कञ्चनरुप नगरपालिकाको प्रथम नगरसभा सम्पन्न, सार्वजनिकीकरण दुई हप्ता पछि

राजकुमार पासवान कञ्चनपुर, ५ फागुन । हाम्रो कञ्चनरुप राम्रो कञ्चनरुप, हाम्रो सप्तरी राम्रो सप्तरी मूल नाराका साथ शिक्षा, स्वास्थ्य, कृषि, पश...

राजकुमार पासवान
कञ्चनपुर, ५ फागुन ।

हाम्रो कञ्चनरुप राम्रो कञ्चनरुप, हाम्रो सप्तरी राम्रो सप्तरी मूल नाराका साथ शिक्षा, स्वास्थ्य, कृषि, पशु तथा गरिब, दलित महिलामा प्राथमिकताका साथ कञ्चनरुप नगरपालिकाको प्रथम नगरसभा सोमवार सम्पन्न भएको छ ।
कञ्चनरुप नगरपालिका सोमवार कञ्चन अतिथि गृह हटिया प्राङ्गणमा मार्फत प्रथम नगरसभा सम्पन्न भएको नगरपालिकाका प्रवक्ता तथा ८ नम्वरका वडा अध्यक्ष राजकुमार साहले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका हुन् । नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य र गरिब,दलित रहेको बताउँदे बजेट तथा नीत, कार्यक्रमलाई ईमान्दारीका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्रले आर्थिक बर्ष २०७४÷०७५ को लागी ४१ करोड, ९६ लाख, ३४ हजार ३७ रुपैयाँको बजेट कार्यक्रम प्रस्तुत गरे । पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको नीती तथा कार्यक्रमले गरिबसँग विश्वेश्वर कार्यक्रम, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, शिक्षा स्वास्थ्य, ऐतिहासिक धार्मिक सम्पदाहरुको संरक्षण पर्यटन विकास र फोहर व्यवस्थापन लगायतका कार्यक्रमलाई बढी जोड दिईएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता साहले दुई हप्ता भित्रमा राजनिती दल, सर्वसाधारण जनता, कर्मचारी, समाजसेवी तथा विष्टि व्यक्तिहरुलाई आमन्त्रणा गरेर प्रथम नगरसभाको आर्थिक बर्ष २०७४÷०७५ नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरिने छ । प्रथम नगरसभामा कञ्चनरुप नगरपालिकाका १ देखि १२ वडासम्मका वडा अध्यक्ष,वडा सदस्य ६० जना, ३ जना मनोनित सदस्य र प्रमुख तथा उप–प्रमुख गरि ६५ जनाको नगरसभाबाट प्रथम नगर सभा सम्पन्न भएको जनाईएको छ ।
नगरपालिकाको कार्यालय अब कञ्चनपुर हटिया
आर्थिक भारको मध्यनजर गरेर, सडक छेउमा तथा पार्किङ्ग समेतको व्यवस्था नभएको कारणले गर्दा नगरपालिका कार्यालयलाई कञ्चनरुप न.पा. ८ स्थित कञ्चन अतिथि गृह, अहिले प्रयोग गरिएको ८ नम्वर वडा कार्यालय, कृषि सेवा केन्द्र, पशु सेवा केन्द्रलाई समेत प्रयोग गर्ने गरि चाँडो भन्दा चाँडो नगरपालिकालाई कञ्चनपुर हटिया सार्ने प्रथम नगरसभाबाट पारित गरिएको छ ।

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: कञ्चनरुप नगरपालिकाको प्रथम नगरसभा सम्पन्न, सार्वजनिकीकरण दुई हप्ता पछि
कञ्चनरुप नगरपालिकाको प्रथम नगरसभा सम्पन्न, सार्वजनिकीकरण दुई हप्ता पछि
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEirJmxKC4RvfisduBVPtF1jIvmazWEhvDJMiZlc3U9BLOlB0VhPyiOZmNCYzQ8oCVV75qIGjoO1vF94ttMhTqM-7_iIwHnYzEMyq1qEXUR3Gkl-bcCmq8svWi72bQYzUfrwa1yS_CGU0p4/s320/Nagar+Savha.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEirJmxKC4RvfisduBVPtF1jIvmazWEhvDJMiZlc3U9BLOlB0VhPyiOZmNCYzQ8oCVV75qIGjoO1vF94ttMhTqM-7_iIwHnYzEMyq1qEXUR3Gkl-bcCmq8svWi72bQYzUfrwa1yS_CGU0p4/s72-c/Nagar+Savha.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/02/blog-post_50.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/02/blog-post_50.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy