राजकुमार पासवान कञ्चनपुर, ५ फागुन । गत मङ्गलवार हात्तीको आक्रमणबाट सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित पथरीका दुई मृतक परिवारलाई शनिवार रा...

कञ्चनपुर, ५ फागुन । गत मङ्गलवार हात्तीको आक्रमणबाट सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित पथरीका दुई मृतक परिवारलाई शनिवार राहत वितरण गरिएको छ ।
कञ्चनरुप नगरपालिकाका प्रतिस्पर्धी मेयर ललन प्रसाद गुप्ताले गत फागुन १ गते मंगलवार दाउरा काट्न कोशी टप्पु वन्यजन्तु आरक्षभित्र जाँदै गर्दा आत्तीको आक्रमणबाट वडा नम्वर–५ पथरीका नारायण साहकी ३५ वर्षिय पत्नी मञ्जुदेवी साह र टिरहा मुखियाकी ४५ वर्षिया पत्नी दुर्गीदेवी मुखियाको मृत्यु भएको थियो । मृतक मुखिया र साहका परिवारलाई चामल ५० केजी प्याकेट, भुजा ५ केजी, एक थान कम्बल, बिस्कुट र फलफुल उपलब्ध गराईएको छ ।
कञ्चनरुप नगरपालिकाका प्रतिस्पर्धी गुप्ताले हात्ती आक्रमणबाट मृत्यु भएको पाँच दिन वित्न लाग्दा अहिलेसम्म कुनै निकायले राहत नदिएको बताउदै दुःख व्यक्त गरेका छन् । देवी प्रकोप सम्बन्धी सरोकार राख्ने कञ्चनरुप नगरपालिका तथा रेडक्रस सोसाईटी समेतले कुनै राहत नदिएको प्रति स्थानीयबासीले समेत दुःख प्रकट गरेका छन् ।
COMMENTS