सहकारी सञ्चालन गर्न कर्मट,ईमान्दार,लगनशिलता हुनु पर्ने ः सांसद डा. यादव

राजकुमार पासवान कञ्चनपुर,२९ पुष ।  सप्तरी निर्वाचन क्षेत्र नं. १ का सांसद डा. सूर्य नारायण यादवले सांसद डा. यादवले सहकारीमा सञ्चालक समिति...

राजकुमार पासवान
कञ्चनपुर,२९ पुष ।
 सप्तरी निर्वाचन क्षेत्र नं. १ का सांसद डा. सूर्य नारायण यादवले सांसद डा. यादवले सहकारीमा सञ्चालक समिति कर्मचारी बिच पारस्पारिक सम्बन्ध राख्नु पर्ने तथा सहकारी सञ्चालन गर्न कर्मट,ईमान्दार,लगनशिलता रहेमा सहकारी अगाडी बढने बताउनु भएको छ ।
शनिवार बालबोध माध्यमिक विघालय कञ्चनपुरको प्राङ्गनमा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप न.पा. ८ कञ्चनपुर को १० औं बार्षिक साधारणसभामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै सांसद डा. यादवले सो कुरा बताउनु हो । सांसद डा. यादवले“ सहकारीमा राजनिती राजनिती गर्न हुदैंन् राजनितीबाट दुरी राख्न आग्रह गर्दै सहयोगीे सहकारी मार्पmत एम्बुलेन्स सेवा, रेमिटेन्स सेवा र सना किसानलाई सहुलियत दरमा  ऋण उपलब्ध गराएर ठूलो सहयोग गरेको छ । 
सो साधारणसभामा तिरहुँत गाउँपालिकाका अध्यक्ष हेमन्त बहडखेर(मनोज)ले सहयोगी सहकारीले बचत तथा ऋण लगानीका साथ साथैं समय समयमा बाढी पिडित,अग्न पिडित,सहिद परिवारलाई राहत वितरण लगायक्त अन्य समाजिक काम गर्दै आएकोमा धन्यवाद दिनु भएको छ । 
कृषि सेवा केन्द्र कञ्चनपुरका प्रतिनिधि बेचन सढौक यादवले बचत तथा ऋण सहकारी हुदा हुदै कृषिमा लगानी गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नु साथैं कृषि तर्फ लगानी बढाउन सुझाव दिनुभयो । नेपाल बैंक लिमिटेड शाखा कार्यालय कञ्चनपुर सप्तरीका शाखा प्रबन्धक सुभाषचन्द्र झाले कम समयमा ठुलो प्रगती भएकाले सहयोगीले उदाहरणिय सहकारी भएको चित्रण गर्दै लाख देखि करौंड र करौंडबाट अर्ब पुगौंस भन्ने शुभकामना दिनु भएको छ ।  
समाजसेवी खिखर प्रसाद साहले “सहयोगी सहकारीले कामकाज राम्रो गरेकोले नै छोटो समयमा आफनो पहिचान कायम गर्न सफल भएको बताउनु भयो”। उहाँले कार्यसमिति तथा सञ्चालक समिति र अध्यक्षको कार्यशैली राम्रो रहेकोले गर्दा सहयोगी अगाडि बढिरेको बताउनु भयो ।
सहयोगीका व्यवस्थापक विनोद कर्णले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै भने “गाउँ घरमा साहु माहजन ३६ प्रतिशत देखि १०० प्रतिशत सम्म निमुखा गरिब जनतालाई ऋण दिने गरेको ६÷६ महिना ब्याज ऋणमा गाभिने गर्ने गरिब जनतालाई शोसन गर्ने गरेकोमा हामी त्यसलाई यस सहकारी माध्यमले समाप्त भएको बताउनु भएको छ । 
” व्यवस्थापक कर्णले भने स सना सहकारीहरु धेरै फेलिएको व्यापारीहरुलाई झुकियाएर समस्यामा पारिएको अब डिभिजनमा नभई गाउँपालिका,नगरपालिकामा अधिकार आउने भएकोले यस्ता सहकारीहरुलाई पहिचान गरि खारेजी गर्नुपर्ने बताउदैं भने ठुला ठुला बैंक, फाईनान्सबाट  किसानहरुलाई स सना कर्जा नदिदाँ कृषकहरु मर्का परेकोले सहयोगी सहकारीले सहुलियत ब्याजदर ऋण दिने गरेको बताउनु भयो ।
समाजसेवी धनेश्वर प्रसाद साह,पूर्व शिक्षक बुद्धिसागर चौधरी,नेपाल ग्रामिण विकास बैक लिमिटेड शाखा कञ्चनपुरका अमर ठाकुर,सहायक वन अधिकृत यागेन्द्र यादव,कंकालनी हनुमाननगर नगरपालिकाका उप मेयर सरिता यादव,तिरहुत गाउँपालिका उपाध्यक्ष तिर्थमाया खंग,वडा नं.१ का वडाअध्यक्ष शिवनाराण महतो लगायतहरु सहकारी बारेमा आ–आपनो धारणा तथा शुभकामना व्यक्त गर्नु भएकाृ थियो ।
१० औं साधारणसभामा प्रमुख अतिथि डा. सांसद यादव,विशिष्टि अथितिद्धारा सहयोगी सहकारीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने अतिथि,शेयरधनी,समाजसेवी,सञ्चारकर्मीलाई मायाको चिनो प्रदान गर्नु साथैं बालबोध माध्यमिक विघालय कञ्चनरुप न.पा. ८ कञ्चनपुरका छात्र–छात्राहरुले सांस्कृतिक कला मार्फत सहकारी नाटक,विदेशिक रोजगार गएका भोगेका घटनाहरु प्रस्तुत गरिएको छात्र–छात्राहरुलाई प्रशांसा प्रमाणपत्र, अविर तथा फुलमाला लगाएर हौसला बढाउनु भएको थियो ।
सहयोगी सहकारी लिमिटेडको हाल सम्म आ.ब. २०७३÷०७४ चुक्ता शेयर पँुजी ४९ लाख एक सय,ऋण लगानी ७ करौंड ७९ लाख ६६ हजार ५ सय ९४ रुपैंया,बचत निक्षेप ५ करौंड ३२ लाख ६९ हजार  ६० रुपैंयो आर्थिक कारोबार गरेको छ । सोही साधारणसभा सहकारीका अध्यक्ष अनोज कुमार यादवको अध्यक्षतामा स्वागत मन्त्व्य उपाध्यक्ष संजय खडका तथा सहकाररीका शेयरधनी कृष्णलाल यादवले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 
बालबोघका प्रस्तुती 
बालबोध माध्यमिक विघालय कञ्चनरुप न.पा. ८ कञ्चनपुरका छात्र–छात्राहरुले शनिवार सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप न.पा. ८ कञ्चनपुर को १० औं बार्षिक साधारणसभामा कलात्मक,सहकारी नाटक,बचत गर्ने तरिका,सहकारी पहिचान गरि बचत गर्ने लगायत सांस्कृतिक कार्यक्रमद्धारा प्रस्तुती गरिएको छ ।   
प्रस्तुती गर्ने बालबोघका कक्षा १० का गोपी यादव,सिदार्थ चौधरी,प्रमोद यादव,पुष्पेन्द्र यादव,रोशन यादव,रमेश यादव,धनश्याम मुखिया,नागेन्द्र यादव,नेहा साह,रितु गुप्ता,कक्षा ९ का जगत साह,अनुराग लुईटेल,सोनु विक,पुजा सिंह,प्रिया ठाकुर,कक्षा ८ का जयकान्त चौधरी,कक्षा ७ का कृति सिंह,निलु ठाकुर,कक्षा ६ का अनुषा यादव,सिमन चौधरी,रुची साह,पुजा यादव र कक्षा ५ का पुर्णिमा यादव,मुस्कान ठाकुर रहेका छन ।   

 

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: सहकारी सञ्चालन गर्न कर्मट,ईमान्दार,लगनशिलता हुनु पर्ने ः सांसद डा. यादव
सहकारी सञ्चालन गर्न कर्मट,ईमान्दार,लगनशिलता हुनु पर्ने ः सांसद डा. यादव
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgXWZqGE1bzHTROefVC0YZ7v3KdYLUMO7EQu0HqbvT6O9xiHRXMLS_jHwXE781bAuToYg3JuGS5LCNiVbm7ZwsCVuVzsGRxd52eoJFqelEAA2PgmzPcMl7Q2CNW7iE41lzzLRRR77dpBHU/s320/26940818_1576540595771000_495888795_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgXWZqGE1bzHTROefVC0YZ7v3KdYLUMO7EQu0HqbvT6O9xiHRXMLS_jHwXE781bAuToYg3JuGS5LCNiVbm7ZwsCVuVzsGRxd52eoJFqelEAA2PgmzPcMl7Q2CNW7iE41lzzLRRR77dpBHU/s72-c/26940818_1576540595771000_495888795_n.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/01/blog-post_14.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/01/blog-post_14.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy