कञ्चनरुप । सप्तरीको तिरहुत गाउँकार्यपालिकाले व्यक्तिगत घटना दर्ता नि ः शुल्क गर्ने निर्णय गरेको छ । मंगलवार तिरहुत गाउँपालिका अध्यक्ष ह...
कञ्चनरुप ।
मंगलवार तिरहुत गाउँपालिका अध्यक्ष हेमन्त कुमार बहडखेर(मनोज)को अध्यक्षतमा बसेको गाउँकार्यपालिकाको बैठकले जन्म दर्ता,मृत्यु दर्ता,विवाह दर्ता, लगायत व्यक्तिगत घटनाहरु पञ्जिकरणका सम्पुर्ण कामकाज नि ःशुल्क दर्ता गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बहडखेरले कञ्चनरुप साप्ताहिकलाई बताउनु भएको छ । तिरहुत गाउँपालिकामा सर्पदशंक औषधी ब्यवस्था गरि यस गाउँपालिका अन्र्तगत पाँच वटा स्वास्थ्य चौकी भएकाले उपयुक्त स्वास्थ्य चौकीमा राखिने बताउदैं अध्यक्ष बहडदेरले एम्बुलेन्स ल्याउने प्रक्रिया समेत अघि बढाई सकिएको बताउनु भयो । तिरहुत गाउँपालिकामा बसोबास गदैं आएका निसहाय, दलित, गरिबहरुका उत्थानका लागि विशेष योजना तथा शिपमूलक कार्यक्रम लागु गर्ने अध्यक्ष बहडखेरले बताउनु भयो ।
सप्तरीको तिरहुत गाउँकार्यपालिकाले व्यक्तिगत घटना दर्ता नि ः शुल्क गर्ने निर्णय गरेको छ ।

COMMENTS