कञ्चनपुर(सप्तरी), १६ कात्तिक । राजपाले संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धनमा सप्तरीका लागि पाएको सिटमा उम्मेदबार टुँग्याएको छ । ...
कञ्चनपुर(सप्तरी), १६ कात्तिक ।
राजपाले संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धनमा सप्तरीका लागि पाएको सिटमा उम्मेदबार टुँग्याएको छ ।

यस्तै प्रदेश सभातर्फ क्षेत्र पाएको तीन वटा सिटमा पनि फोरम नेपालले उम्मेदबार टुँग्याएको छ । प्रदेशसभाका लागि क्षेत्र नम्बर २ को १ बाट शैलेन्द्र साह तथा क्षेत्र नम्बर ४ को १ मा बिनोद कुमार चौधरी र ४ को २ मा अभिषेक यादवलाई उम्मेदबार बनाउने भएको छ ।
राजपाले हालसम्म उम्मेदबारको टुँगो लगाउन सकको छैन् । उसले पाएको २ प्रतिनिधीसभा र पाँच वटा प्रदेश सभाका लागि हालसम्म उम्मेदबारको नाम सार्वजनिक गरेको छैन् ।
यद्यपी राजपाले क्षेत्र नम्बर ४ बाट मृगेन्द्रकुमार सिंहलाई प्रतिनिधीसभाको उम्मेदबार बनाउने भएको छ । क्षेत्र नम्बर ३ मा राजपाले काँग्रेससँग गठबन्धन गर्ने प्रयास गरिरहेको श्रोतले जनाएको छ ।
प्रदेशसभामा राजपाले क्षेत्र नम्बर १ को १ बाट राजकुमार लेखी, १ को २ बाट नवलकिशोर साह ‘रामबाबु’, क्षेत्र नम्बर २ को २ बाट मनिष सुमन, क्षेत्र नम्बर ३ को १ बाट दिनेश यादवलाई उम्मेदबार बनाउने बताइएको छ । ३ को २ मा अझै उम्मेदबार टुँगो लाग्न सकेको छैन् ।
एमाले–माओवादी गठबन्धनबाट को–को ?
प्रतिनिधी सभा
क्षेत्र नम्बर १ अशोक मण्डल (माओवादी)
क्षेत्र नम्बर २ उमेश यादव (माओवादी)
क्षेत्र नबर ३ ताराकान्त चौधरी (एमाले)
क्षेत्र नम्बर ४ इस्लाम मियाँ (स्वतन्त्र, सुर्य चिन्हबाट लड्ने)
प्रदेश सभा
१ (१) सत्यनारायण मण्डल (एमाले)
१ (२) सकील अली (माओवादी)
२ (१) सरोज मंडल –माओवादी)
२ (२) महेश यादव (माओवादी)
३ (१) महेश चौधरी (एमाले)
३ (२) अब्दुल मजिद साकिर (एमाले)
४ (१) गोबिन्द न्यौपाने (एमाले)
४ (२) शशी यादव÷बालेश्वर यादव मध्ये कुनै एक जनालाई दिइने
COMMENTS