नगरभित्रका सरकारी विद्यालयमा पनि अब अग्रेजीमाध्यबाट पढाई हुने सरकारी विद्यालयमा विद्यार्थी बढ्नु प¥यो र निजीमा घट्नु प¥यो ः नगरप्रमुख मिश्र

कञ्चनरुप सम्वाददाता कञ्चनरुप । कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रले सरकारी विद्यालयको पढाई राम्रो गरी अभिभावकको विश्वास बढाउनति...


कञ्चनरुप सम्वाददाता
कञ्चनरुप । कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रले सरकारी विद्यालयको पढाई राम्रो गरी अभिभावकको विश्वास बढाउनतिर सबैले काम  पर्ने कुरा बताउनु भएको छ । नेवार समुदायले शुक्रबार कञ्चनरुप नगरपालिका १२ बस्तीपुर स्थित नेपाल संवत् ११३८को अवसरमा गरेको शुभकामना अदानप्रदान कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
‘सरकारी विद्यालयप्रति जनताको विश्वास घटेको छ,त्यसलाई शिक्षक,अभिभावक र विद्यार्थीसबै पक्ष मिलेर बढाउनु प¥यो । नगरप्रमुख मिश्रले भन्नुभयो(सरकारी विद्यालयको पढाई राम्रो भएपछि विद्यार्थी बढ्छ,निजी विद्यालयको घट्छ र घट्नु प¥यो ।
यस अघि सोमबार कञ्चनरुप नगरपालिका ३ बनरैत टोल स्थित माध्यमिक विद्यालयले जनप्रतिनिधिको सम्मान र परिचयात्मक कार्यक्रममा पनि नगरप्रमुख मिश्रले अग्रजी शिक्षाप्रति अभिभावकको बढी जोड रहेकोले नगर भित्रका सरकारी विद्यालयमा पनि निजी सरह अग्रेजी विषयमा पढाईको व्यवस्था गर्ने कुरा बताउनु भएको थियो  ।
‘निजी विद्यालयभन्दा सरकारी विद्यालयको शिक्षक योग्यता,क्षमता र पढनसीप तालिम बढी छ ।तर पनि गुणस्तरीयता कम छ । अहिले सर्वत्र सरकारी विद्यालयका शिक्षकहरुको आलोचना भइरहेको भन्दै नगरप्रमुख मिश्रले भन्नुभयो (‘ शिक्षकले राम्रो पढायो भने त्यसको जस शिक्षकलाई नै जान्छ । नराम्रो ग¥यो भने त्यस अपजस पनि ।  
सर्वोदय मावि गुणस्तरयितामा राम्रो भएकाले नै एक समय त्यस विद्यालयमा पढ्न उदयपुर,सुनसरी लगायतका जिल्लाबाट विद्यार्थीहरु आउने गरेको उदाहरण दिदैं भन्नुभयो (‘ विद्यार्थी,शिक्षक र अभिभावकबीचको तालमेल राम्रो नभएकोले गुणस्तरीय शिक्षाको अभाव छ ।  ‘शिक्षकहरुको हातमा विद्यार्थीको भविष्य छ । राम्रो गर्नुभयो भने तपाईको नाम उच्च हुन्छ । तर बिग्रियो र विद्यार्थी जुवाडे,गजेडी बन्यो भने अभिभावकसंगै शिक्षकको पनि बेइज्जत हुन्छ ।
‘हामी अभिभावकलाई शिक्षाको महत्व बुझाउन सकेका छैनौं । हामी यसतर्फ बढी ध्यान दिनु पर्छ । खेतमा लगानी दिएपछि मात्रै ५ मन धान फल्ने उदाहरण दिदैं नगरप्रमुख मिश्रले भन्नुभयो(‘ वैदेशिक रोजगारबाट आउने पैसाले समेत महिलाहरु गरगहना,जमिन जोड्ममा मात्र लगाएका छन्, तर शिक्षामा आवश्यक लगानी गर्दैन ।
‘शिक्षकहरुको हात हातमा मोवाईल छ,विद्यार्थी पढ्न आएन भने अभिभावकलाई फोन गर्नु प¥यो । अभिभावकहरु पनि विद्यार्थी र पढाई लेखाईबारे
विद्यालयसंग खोजीनिति गर्नु प¥यो ।  नगरप्रमुख मिश्रले छात्राहरुलाई थप मिहनेत गर्न जोड दिनु भयो । ‘अभिभावकको धारणा पनि गलत । अरुको घर जाने छोरीलाई किन पढाउने ? छोरीलाई पढाए भने उसको स्तर अनुसार विवाह गर्दा दाइजो बढी दिनु पर्ने भय छ,अभिभावकहरुमा र यो प्रवृत्ति गलत छ ।
‘जंगलबाट ल्याएको पन्छी(सुगा)लाई पढाउदा त सितारात सिताराम पढ्छ भने मान्छेको बच्चालाई पढायो भने अवश्यक पढ्न सक्छ । नगर प्रमुख मिश्रले भन्नुभयो–‘कोशी टाप्पुबाट ल्याएको बाच्छा(गोरु)लाई त हलो जोत्नका लागि सिकाइएपछि सिक्छ । पशुले गर्न सक्छ भने हामी किन गर्न सक्दैनौं । यो सोचको साथ अगडी बढ्यो भने तपाई छात्राहरुपनि विद्यया भण्डारी बन सक्नु हुन्छ । त्यो नभए कमसे कम  राजेश्वरी चौधरी जस्तै प्रअ बन्न सक्नुहुन्छ ।
‘जसको श्रीमती सरकारी जागीर छ,त्यसको श्रीमान पनि घरको काममा सहयोग गर्छ । तर जसको श्रमिति घरासी काम मात्रै गर्नुहुन्छ,जति कामगरेपनि जस छैन,उल्टै राती मादक पदार्थ सेवन गरेर श्रीमानहरु अपशब्द प्रयोग गर्छ । नगरप्रमुख मिश्रले भन्नुभयो(‘ म शिक्षकलाई अनुरोध गर्छु,धेरै अनुरोध गर्छु । जसरी शिक्षकलाई पहिले खुटामा ढोग्ने गर्दथ्यो । तपाईहरुले इमान्दार प्रयास गर्नुभयो भने त्यो फेरी पनि सम्भव छ । 



COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: नगरभित्रका सरकारी विद्यालयमा पनि अब अग्रेजीमाध्यबाट पढाई हुने सरकारी विद्यालयमा विद्यार्थी बढ्नु प¥यो र निजीमा घट्नु प¥यो ः नगरप्रमुख मिश्र
नगरभित्रका सरकारी विद्यालयमा पनि अब अग्रेजीमाध्यबाट पढाई हुने सरकारी विद्यालयमा विद्यार्थी बढ्नु प¥यो र निजीमा घट्नु प¥यो ः नगरप्रमुख मिश्र
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgL6WXg3VKfdtj0ICksHIcBs1mGogy0OigPtQl5_6gp9IUcz8s0sh6HuSEdth-GL3qe1a4QFy32ofy-K0KBMTqVJl4cHpGdBw2ahdbKAAPVrItj1n0On5-F_KQ73-Xx7nCtMt7frwVQ00c/s320/Basant+%2524+Niru+Pokharel.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgL6WXg3VKfdtj0ICksHIcBs1mGogy0OigPtQl5_6gp9IUcz8s0sh6HuSEdth-GL3qe1a4QFy32ofy-K0KBMTqVJl4cHpGdBw2ahdbKAAPVrItj1n0On5-F_KQ73-Xx7nCtMt7frwVQ00c/s72-c/Basant+%2524+Niru+Pokharel.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2017/10/blog-post_26.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2017/10/blog-post_26.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy