राजकुमार पासवान कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका ८ हुलाक कार्यलय नजिकबाट अपहरणमा परेका ३३ बर्षिय भारतीय व्यापारी अमितकुमार शारदालाई...
राजकुमार पासवान
कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका ८ हुलाक कार्यलय नजिकबाट अपहरणमा परेका ३३ बर्षिय भारतीय व्यापारी अमितकुमार शारदालाई ६ दिन पछि प्रहरीले सकुसल मुक्त गरेको छ । प्रहरीले अपहरणमा संलग्न तीन जनालाई दुई थान कटुवा पेस्तोल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कंचनरुप न.पा.७ का पशुपति भनिने पुस्कर महतो,वडा नं.४ का अमरनाथ विश्वास तथा वडा नम्बर ६ का शैलेन्द्रकुमार गुप्ता रहेका छन ।
सिमावर्ती भिमनगर ग्राम पञ्चायत वडा नं. १० घर भएका चण्डीका बस्त्रालयका मालिक अमितकुमार शारदालाई २९ गते आईतबार कञ्चनपुर हटिया जानेक्रममा अपहरण गरेको थियो । कञ्चनपुर ब्यापारी तथा कञ्चनपुर हटियामा खुद्रा ब्यापारीसँग रकम असुलीका लागि आउने क्रममा उनी अपहरणमा परेका थिए ।
कंञ्चनपुर बजारबाट रकम असुल गरेर कञ्चनपुर हटियाका केही ब्यापारी रकम उठाउदैं चन्द्रनहरको बाटो हुदै कञ्चनपुर बेरियरमा बस चढन जानेक्रममा डिएल थ्री सि एए ८९५६ नम्बरको भारतीय नम्बर प्लेटको सेन्टूो कारमा बसेका अपहरणकारीले शारदालाई अपहरण गरी चुरे पहाडतिर लगेको थियो ।


जिल्ला प्रहरी कार्यालय सप्तरीमा शनिबार पत्रकार सम्मेलनमा अपहरणमा संलग्न तीन जनालाई सार्वजनिक गर्दै अपहरणमा परेका ब्यापारी शारदालाई समेत उनको परिवारको जिम्मा दिएको बताए । ब्यापारी शारदासँग ३ करोड फिरौती माग गर्ने र आएको रकम आफुहरुले बाडफाड गर्ने योजना अपहरणकारीहरुको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
असुलीमा आएको भाई नफर्केपछि दाजु जुगलकिसोर शारदाले असोज २९ गते आईतवार देखि बेपता भएको भन्दैं इलाका प्रहरी कार्यालय कञ्चनपुर तथा जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गराएको थियो ।
अपहरीत ब्यापारी शारदाको ब्यान
म अपहरणमा पर्छु भने अनुमान गरेको थिइन । अपहरण किन गरियो, मलाई केही थाहा छैन । म कञ्चनपुर बजारका ब्यापारीहरुसँग रकम असुली गर्दै कञ्चनपुर हटियाका केही ब्यापारीसँग रकम उठाउदैं नहरको बाटो हुदै कञ्चनपुर बेरियरमा बस चढन जादाँ खेरी बिच बाटोबाट डिएल थ्री सि एए ८९५६ नम्बरको भारतीय नम्बर प्लेटको सेन्टूो कारमा जबरजस्ती कोची कहाँ लगिरहेको थाहा पाईन । पछि हेर्दा मलाई अपहरण गरी पहाडतिर लगिएको थाहा पाए । दुई दिन खाना समेत दिएनन्, त्यस पछि गाँउ(घर तिर ल्याईयो । अपहरणकारीहरुले म सँग घरको सम्र्पक नम्बर मागीराखेको थियो । तर म सम्र्पक नम्बर दिईराखेको थिइन । उनीहरुले मसँग रहेको नोकिया मोवाईल र असुली गरिएको ११ हजार ३ सय रुपैया खोस्यो । मोवाईलमा लक लागेको मेरो घरको नम्र पता लगाउन सकेन ।
अपहरकारीहरुले कसरी सम्र्पक नम्बर खोज्ने,फिरौती कति माग्ने सल्लाह गरिरहेको थियो । उनीहरुले ३ करौंड फिरौति माग गर्ने सल्लाह गर्दै गरेको मैले सुनेका थिए ।
COMMENTS