राजकुमार पासवान कञ्चनपुर,२२ असोज । कञ्चनरुप नगरपालिकाका नवर्निवाचित प्रमुख बसन्त कुमार मिश्रले आपूm जनताको सेवक रहेकोले जनतालाई दुःख दिने...
राजकुमार पासवान
कञ्चनपुर,२२ असोज ।
कञ्चनरुप नगरपालिकाका नवर्निवाचित प्रमुख बसन्त कुमार मिश्रले आपूm जनताको सेवक रहेकोले जनतालाई दुःख दिनेलाई छुट नदिने बताउनु भएको छ । असोज १० गते मंगलवार कञ्चनरुप नगरपालिकाका नवर्निवाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण समारोहमा प्रमुख मिश्रले सो कुरा बताएका हुन् । ‘ गल्ती गर्नेलाई कानुनी दायरामा ल्याई कार्यवाही गरिन्छ । प्रमुख मिश्रले भने ‘ कोशी टप्पु आरक्षबाट आएको हातीले नगरभित्र धानबाली,तरकारीबालीहरुको गरिएको क्षति र सर्वसाधारण जनतालाई आक्रान्त बनाएको बारे आरक्ष प्रशासन सँग छलफल गर्छु । प्रमुख मिश्रले नगर भित्रका शिक्षा र स्वास्थ्य संस्थाहरुको अवस्था नाजुक रहेकाले तत्काल सुधार गर्ने,धर्मेश्वर तथा कोशी टप्पुलाई पर्यटकिय स्थल निमार्ण तथा सदुपयोग,गुणस्तरीय शिक्षा र कञ्चनपुर बजार पुरानो बजार भएकोले बजार विकसीत गर्ने कुरामा प्राथमिकतामा रहेको बताउनु भयो । नगरभित्रका १२ वटै वडा अध्यक्ष लगायत वडा सदस्यहरुलाई जनताको काम गर्न तथा नगर विकासमा सहयोग गर्नलाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गर्ने तर नगरभित्रका जनतालाई दुःख दिनेलाई सहन गर्न नसकिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । नवनिर्वाचित सम्पुर्ण जनप्रतिनिधि जनताद्धारा चुनिएर आएको हुदाँ सबै जनता एवंम् जनप्रिय सम्पुर्णलाई स्वीकार गर्न आग्रह समेत उहाँले गर्नुभयो । सोही शपद ग्रहण कार्यक्रममा उप–प्रमुख निरु पोखरेलले कञ्चनरुप नगरपालिकालाई नमुना नगरपालिका बनाउन सबै जनप्रतिनिधिहरु लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । ‘ हामी नगरको समग्र विकास गर्न सबै पक्षलाई सहयोग गर्न अनुरोध गर्छौ । उप–प्रमुख पोखरेल भनिन्–‘ दलित गरिब,असाहय,अपाङ्ग,निमुखा, विधुवा महिला तथा वृद्ध(वृद्धालाई सेवा प्रवाहमा प्राथमिकता दिनुपर्छ ।
शपद ग्रहण कञ्चनरुप नगरपालिकाका निर्वाचन अधिकृत लोकनाथ पराजुलीले प्रमुख,उप– प्रमुख,कञ्चनरुप न.पा. भित्र रहेका १२ वडाका वडा अध्यक्षहरुलाई शपद ग्रहण गराएका थिए त्यसपछि निर्वाचन अधिकृत पराजुलीको उपस्थितीमा प्रमुख बसन्त कुमार मिश्रले वडा सदस्यहरुलाई शपद ग्रहण गराएका थिए । शपद ग्रहण कार्यक्रममा सबै जनप्रतिनिधिहरुलाई अविर माला लगादिई, निर्वाचित भएको प्रमाण( पत्र दिइएको थियो । कार्यक्रम सञ्चालन कञ्चनरुप नगरपालिका निमित्त कार्यकारी अधिकृत राजिव झाले गर्नु भएको थियो । यता विजयादशमीको अबसरमा कञ्चनरुप नगरपालिकाका नवर्निवाचित प्रमुख बसन्त कुमार मिश्रले कञ्चनरुप न.पा. ८ स्थित कञ्चनपुर बेरियरमा दशैंको दसौं दिन विजयादशमी दुर्गा पुजा समितिका युवाहरुद्धारा गरिएको सांस्कृतिक समाहरो समिति तथा कृतन मण्डलीहरुका अगुवाहरुलाई खादाँ ओढाई सम्मान गर्नुभएको छ । दुर्गा पूजा आयोजक समितिका अगुवा बालकृष्ण मण्डल,कृतन मण्डली विजय सिंह,भरत पासवान र बजरंग दलका लक्ष्मण पासवानलाई प्रमुख मिश्रले सम्मान गर्नुभएको थियो ।
कञ्चनपुर,२२ असोज ।


COMMENTS