कञ्चनपुर । राष्ट्रिय मुसहर उत्थान संघका केन्द्रिय सल्लाहकार गंगा सदाले मुसहर समुदायका यूवाहरुले शिक्षा हासिल गरेर प्राप्त गरेको प्रमाण पत्र...
कञ्चनपुर । राष्ट्रिय मुसहर उत्थान संघका केन्द्रिय सल्लाहकार गंगा सदाले मुसहर समुदायका यूवाहरुले शिक्षा हासिल गरेर प्राप्त गरेको प्रमाण पत्र सिंहदरवारमा लगेर सामुहिक रुपमा जलाउने योजनामा रहेको बताउनु भएको छ ।
दलित सरोकार मञ्च नेपाल र राष्ट्रिय मुसहर विधार्थी केन्द्रको आयोजनामा कञ्चनपुरमा दलित विधार्थीको लागि छात्रवृत्ति सम्बन्धी व्यवस्था र त्यसको कार्यान्वयन विषयक अन्तक्रिया कार्यक्रम सल्लाहकार सदाले उक्त कुरा बताउनु भएको हो । “मुसहर समुदायका विधार्थीले दुःखको पहाड पार गरेर शिक्षा हासिल गर्छ तर राजयले उनिहरुलाई न छात्रवृति दिन्छ न त सरकारि जागिर ।”सदाले भन्नुभयो – “अब एउटा मात्र विक्लप छ, मुसहर समुदायका विधार्थीहरु सामुहिक रुपमा सिंह दरवार गएर शैक्षिक प्रमाण पत्र जलाएर आउने , त्यसको तयारीमा हामी गर्दैछौं ।”कार्यक्रममा बोल्दै मुसहर समुदायका अगुवा बद्री सदाले राज्यले सामाजिक, आर्थिक,शैक्षिक र राजनीतिक रुपमा मुसहर समुदायलाई पछि पारेको बताउनु भयो । वहाँले मुसहर समुदाय संगठित नभएका कारण राज्यले हेपेको बताउनु भयो । मुसहर समुदायका अभियन्ता पंचु माझिले मुसहर समुदायका युवाहरुले अब अरु समुदायको तुलनमा १० घण्टा बढी मेहनत गरे मात्रै यो पुस्तापछिले सुख पाउने बताउनु भयो ।
र्कायक्रममा मोरङ्ग ,सुनसरी ,सप्तरी,सिरहा,धनुषा,महोत्तरी र सर्लाहीका मुसहर समुदायका विधार्थी र सप्तरीका डोम,पासवान लगायत दलित विधार्थीहरुको सहभागिता थियो । र्कायक्रममा पत्रकार भोला पासवानले विभिन्न सरकारी तथा गैर सरकारी निकायले दलितका लागि दिईने छात्रवृत्रि सम्बन्धी नीति र त्यसको कार्यान्वयनबारे प्रस्तुति गर्नुभएको थियो । सरकारले दलित तथा गरिबलाई दिईने छात्रवृतिमा मुसहर समुदायलाई नसमेटिएको गुनासो विधार्थीहरुले गरेको थियो ।
COMMENTS